काठमाडौ, ८ साउन ।महिला एसिया कप २०२४ मा नेपालले आज बेलुका भारतको सामना गर्दैछ। अन्तिम खेल अघि नै समूह चरणबाटै बाहिरिने करिव तय भइसकेको नेपाल र अघिल्लो चरण प्रवेश गरिसकेको भारत बेलुका सवा ७ बजे आमनेसामने हुनेछन्।
भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ।
भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ।
पहिलो खेलमा युएईमाथि जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। नेपाल भने पाकिस्तानसँगको फराकिलो पराजयपछि समूह चरणबाटै बाहिरिने संघारमा छ।
पाकिस्तानले त्यसअघि यूएईको सामना गर्दैछ। पाकिस्तानले यो खेल जिते र नेपालले भारतलाई पराजित गरे पनि नेपाल नेटरनरेटमा निक्कै पछाडी छ।
पाकिस्तान युएईविरुद्ध सहज जित नजिक छ। पाकिस्तान बाहिरिन नेपालले भारतलाई ठूलो अन्तरले हराउनुपर्छ तर त्यो सम्भावना निकै कम देखिन्छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।