१. कालो कफि –
कालो कफिलाई कपालमा लगाएर केही समयसम्म राख्ने र सफा पानीले धूने गर्नाले कपाल प्राकृतिक रुपमा कालो बन्दै जान्छ । यो तरिका केही हप्तासम्म गर्नाले कपाल कालो हुनुका साथै सुन्दर र मुलायम हुन्छ ।
२. अमला –
कपालमा अमलाको प्रयोग परापूर्वकाल देखिनै हँुदै आएको पाइन्छ । अमला भिटामिन सी को प्रमुख स्रोत पनि हो । अमलालाई पानीमा उमालेर पेस्ट बनाई कपालको जरामा लगाउनाले कपाल कालो हनुका साथै कपाल झर्नबाट रोक्छ र कपाललाई मजबुत बनाउँछ ।
३. चियापत्ति –
चिया हामीले पिउने गरिन्छ तर कपालमा भने यसको प्रयोग कमै भएको पाइन्छ । चियालाई पानीमा उमालेर त्यस पानीले कपाल धूने गर्नाले प्राकृतिक रुपमा कपाल कालो हुँदै जान्छ र कपाल स्वस्थ र चम्किलो तथा मुलायम देखिन्छ ।
४. मेहंदी –
मेहंदी प्राय सबैले प्रयोग गर्दै आएको हुनु पर्छ । यसले कपाललाई नरम, मुलायम बाक्लो तथा लामो बनाउन मद्दत गर्नुका साथै कपालमा चायाँ हुनबाट रोक्छ । मेहंदीमा त्रिफला, शिकाकाई, अमला, चिया, कालो कफिको मिश्रण हुनछ । जसले कपाल रुखो हुनबाट जोगाउँछ । मेहंदीलाई दहीमा घोलेर लगाउनाले अझ फाइदाजनक हुन्छ ।एजेन्सी



झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


