
झापा, ९ फागुन । च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको कराचीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।
पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


