
झापा, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ ।
यस्तै आजको दोस्रो खेलमा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरमा हुने यो खेल बेलुका पौने ८ बजे शुरू हुनेछ ।
कोलकाता ४ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौं र लखनउ ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ । यस्तै ३ खेलमा ४ अङ्क रहेको पन्जाब चौथो र ४ खेलमा २ अङ्क रहेको चेन्नई नवौं स्थानमा छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।