
झापा, २७ चैत । आज देशभर तर एक(दुई स्थानमा वर्षाको सम्भावना देखिको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भनेको अलिअलि मात्र घाम देखिने सम्भावना छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र देशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
राति भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको एकसाथ प्रभाव परिरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



