
झापा, १० माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकप २०२६ मा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने भएको छ ।
सुरक्षाको कारण देखाउँदै बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा टोली पठाउन अस्वीकार गरेपछि आईसीसीले टी–२० विश्वकपमा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको छ ।

प्रतियोगिताका लागि बङ्गलादेश सरकारले टोलीलाई भारत पठाउन नदिएको बीसीबीले जानकारी गराएपछि आईसीसीले हिजो बेलुकी बीसीबीलाई निर्णयको बारेमा जानकारी गराएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
बीसीबीले सुरक्षा कारण देखाउँदै आईसीसीलाई आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गरेको थियो । तर आईसीसीले बीसीबीको अनुरोधलाई अस्वीकार गरेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

