
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, ३ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एक हजार पाँच सय जना भन्दा बढीलाई पार्टीमा स्वागत गर्नुभएको छ । एमाले कचनकवल गाउँकमिटीले हिजो आयोजना गरेको ‘वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश’ कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो । नयाँ पार्टी सदस्यलाई स्वागत गर्दै अध्यक्ष ओली आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताउनुभयो । “आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ”, अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकमा समृद्धि र विकास ल्याउन एमालेको सरकार अपरिहार्य छ ।” कार्यक्रममा नवप्रवेशीहरुको नामावली पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अध्यक्ष ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।
काठमाडौं , ०१ भदौं । नेपाल तमू ( गुरुङ ) विद्यार्थीको एघारौ राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पार्न पत्रकार सम्मेलन सम्पन्न गरेको छ । आगामी भदौ २४ र २५ गते हुन गैईरहेको एघारौ महाधिवेशन तयारीवारे जानकारी दिन पत्रकार सम्मेल आयोजना गरिएको हो । विद्यार्थीको एघारौ महाधिबेशन आगामी भदौ २४ र २५ गते काठमाडौमा हुनलागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।सो कार्यक्रममा देशको ५२ जिल्लाबाट करिव पाँच सय विद्यार्थी प्रतिनीधि, पर्यवेक्षक तथा सहभागी हुने संयोजक गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिलाई आवास, खानाखाजाको लागि तमु होटल व्यावसायी संघ तथा विभिन्न तमु संघसंस्थाले व्यावस्थापन गरी मातृ संस्थाले संयोजन गरिने र कार्यक्रम सम्पन्न…
बिर्तामोड, २ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघ र प्रदेशको चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओली त्यस्तो बताउनुभएको हो । “हामी गठबन्धन गर्दैनौं”, उहाँले भन्नुभयो, “गठबन्धन भन्ने कुरा नै मन पाउँदैनौं ।” गठबन्धन अपवित्र कुरा भन्दै उहाँले गठबन्धनको कुनै गन्तव्य नहुने उल्लेख गर्नुभयो । “हामी आफैँ चुनाव लड्छौं, आफैंँ जित्छौँ”, उहाँले भन्नुभयो, “एक्लै चुनाव लड्ने क्षमता एमालेमा मात्र छ ।” पार्टी सक्षम र सुदृढ हुनुका साथै जनलहर पनि पार्टीतर्फ भएकाले एमालेले एक्लै चुनाव लड्ने उहाँको भनाइ छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तपाईंलाई…
झापा, २ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले मापदण्ड तय गरेको हो । २४ साउनमा आयोगले ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको थियो । यसमा भएको उमेरको मापदण्ड पाँच वर्षपछि कार्यान्वयनमा आउने आयोगले जनाएको छ । सबै विधाका शिक्षक (फ्याकल्टी) को उमेर ७० वर्ष भन्दा बढी हुन नपाउने भएको छ । अब ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ स्वीकृति भएसँगै नयाँ मापदण्ड तय भएको नेपाल…
झापा, २ भदौ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन् । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन । हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।
एजेन्सी । डच बियर कम्पनी हाइनेकिनले हालै स्निकर डिजाइनर र कस्टमाइजर डोमिनिक सिआम्बोन उर्फ द शू सर्जनसँग मिलेर बियरले भरिएको एक विशेष स्निकर बनाएको छ । हाइनेकिनको सबैभन्दा नयाँ उत्पादन, हाइनेकिन सिल्भरको लञ्चको अवसरमा डच ब्रुअरले जुत्ता सर्जनलाई उनीहरुको स्मुद, सजिलै पाउन मिल्ने नयाँ बियरको पहिचानलाई मूर्त रुप दिने जुत्ता बनाउन आग्रह गर्दै आफू भएठाउँ ल्याइदिन पनि भन्यो । हाइनेकिक्स नाम दिइएको उक्त जुत्ता कम्पनीको आइकोनिक कलर स्किम – हरियो, सेतो र रातोमा उपलब्ध हुनेछ । यसमा हाइनेकिनको लोगो, बोतल ओपनर पनि राखिएको छ । तर यो अन्य स्निकरभन्दा यसको जुत्ताको सोल हो । यसको पारदर्शी सोलमा बियरलाई स्पष्ट रुपमा…
झापा, २ साउन । दशैंलाई लक्षित गरेर असोज ७ गते नेपाली फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउने भएको छ । उक्त फिल्म चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ। फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ। फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका…
झापा, २ भदौ । व्यावहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो । परम्परागत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्र प्राप्त गर्ने प्रकृतिको भएकाले प्रदेश सरकारले व्यवहारिक शिक्षालाई जोड दिइरहेको र त्यसै अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धि विषय समावेश गर्न मन्त्रालयले कार्यक्रमको आयोजना गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताउनुभयो । ‘विद्यार्थी विद्यालयबाट निस्केपछि बाटोमा सुरक्षित हुनुप¥यो, पानीमा सुरक्षित हुनुप¥यो, आगोमा सुरक्षित हुनुप¥यो, भूकम्पमा सुरक्षित…
झापा, २ भदौ । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो । केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले शुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरिने जानकारी दिए । उनका अनुसार आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टून, डोरीलगायतका सामग्री तयारी गरेको छ। प्रवक्ता आचार्यका अनुसार भदौ २० गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुँदै छ। इपाइ केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा हुनेछ…
झापा, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार प्रकाशन भइसकेको छ। राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्। साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सरकारसँगको परामर्शका आधारमा सम्भावित कार्यसूची तय गरिएको बताए। सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो। गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि…