
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् । जनतालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै उनीहरु जनताको घरदैलोमा पुग्न थालेका हुन् । यसै सन्दर्भमा नेकपा एमाले अर्जुनधाराका नगर प्रमुख पदका उम्मेदवार बलदेव गोम्देन र उपप्रमुख पदकी उम्मेदवार खड्गमाया पराजुली जनताको घरदैलोमा पुग्न थालेका छन् । जनताको पीरमर्का बुझ्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु मतदानका लागि आग्रहका साथ जनताको घरदैलोमा पुगेका हुन् । यतिबेला उनीहरु अर्जुनधारा वडा नं. ७ का उम्मेदवार गोविन्द खतिवडाका साथ वडाका घरघरमा पुग्दैछन् । आज वडा नं. ७ र ४ मा चुनावी अभियान सञ्चालन भइरहेको छ…
झापा, १३ बैशाख । मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो । सर्वेक्षणले मुलुकको अर्थतन्त्रको आकार, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको सङ्ख्या धेरै रहेको र हाल सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या पनि आदर्श अवस्थाभन्दा बढी रहेको निष्कर्ष निकालेको छ । सर्वेक्षणमा ५० प्रतिशतभन्दा बढी उत्तरदाता ९रेस्पोन्डेन्ट०ले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैङ्क…
झापा, १३ बैशाख । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम) तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए । अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक ९इभ्याकुएसन० सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सहायक सुरुङको…
झापा, १३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ । तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो । अख्तियारले अनुसन्धान गर्दा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाविपरीत अध्यक्षहरूको…
झापा, १३ बैशाख । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ। नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो। परिषद्ले नेपालमा चुरोटको अवैधानिक व्यापारु शीर्षकमा गरेको एक अनुसन्धानपछि सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालले सुर्तीजन्य पदार्थका कारण बेहोर्नुपरेको आर्थिक घाटाबारे जानकारी दिइएको छ। परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने निष्कर्ष निकालेको हो। परिषद्का अनुसार सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र…
झापा, १२ बैशाख । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिएका हुन् । उनले बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको बताए । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले बताए ।
कनकाई, १२ बैशाख । नेकपा एमालेले कनकाईमा प्रमुख र उपप्रमुखमा पुरानै अनुहार दोहो¥याएको छ । नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईंलाई नै पार्टीले दोहो¥याएको हो । पार्टीले आज ४७ जना उम्मेदवारको नाम मनोनयन गराएको छ । मनोनयपछि पोखरेलले आफूले उम्मेदवारी दिनुको प्रमुख कारण जनताको माग र पार्टीको अनुरोध रहेको बताए । आफ्नो नगरले निक्कै महत्वपूर्ण कामहरु गरेको र आफूले थालेका कमहरु अधुरा रहेकोलाई सम्पन्न गरी समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेले मनोनयन दर्ता गराएका वडाध्यक्षका उम्मेदवारहरु १ मा सुशिलकुमार पोखरेल, २ मा बलराम राई, ३ मा युवराज चम्लागाई, ४ मा रोशन सुवेदी, ५ मा कृष्णबहादुर…
झापा, १२ बैशाख । पछिल्लो विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् । यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा…
बिर्तामोड, १२ बैशाख । स्थानीय तह निर्वाचनमा झापामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुखमा १० वटा पालिकामा सहमति गरेका छन् । त्यसमध्ये ९ वटा पालिकाको प्रमुख र एउटाको उपप्रमुख नेपाली कांग्रेसले लिएको छ भने नेकपा माओवादीले ९ वटा पालिकाको उपप्रमुख लिएको छ । दमक नगरपालिकाको प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने गठबन्धनबिच सहमति भएको छ । हल्दिबारी गाउँपालिकाको प्रमख नेकपा माओवादीले लिने गरी छलफल भइरहेको माओवादी केन्द्र झापाका सहइञ्चार्ज सिपी कडरियाले जानकारी दिए । यद्यपी हल्दिबारीमा दुवै दलले आफ्नो तर्फबाट प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । बाँकी पालिकामा मित्रवत…
भद्रपुर, १२ बैशाख । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीका इञ्चार्ज नरेश सञ्जेलसहित १८ जनाले आज पार्टी परित्याग गरेका छन् । स्थानीय तह निर्वाचनको मनोनय दर्ताको आज अन्तिम दिन उनीहरुले पार्टीमा योगदान गर्ने कार्यकर्तालाई पाखा लगाउँदै अवसरवादी, नव धनाड्य र आर्थिक अपचलन गर्नेहरुलाई टिकट दिएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्या गरेका हुन् । भद्रपुरमा आज पत्रकार सम्मेलनको आयोगना गरी उनीहरुले आफूहरु साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरे । ‘हामीले पार्टी भित्र नीतिभन्दा व्यक्ति हावी भएको पायौं’, नगर इञ्चार्ज सञ्जेलले भने, ‘एउटै व्यक्तिलाई आधा दर्जन भन्दा बढी पद दिने र इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भइरहेको छ, त्यसको…