
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २ बैशाख । भद्रपुर ४ को वडाध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेद्वार भएका राजवंशीले १२ सय ६६ मतका साथ नेकपा एमालेका पुर्णबहादुर खजुमलाई ९ सय ३५ मा सिमित गर्दै निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार रहेका राजवंशी निवर्तमान वडाध्यक्षमा समेत हुन् । यसैगरी वडा सदस्यहरुमा नेकपा एमालेबाट अर्जुन बानिया ८ सय ९८ र माधव प्रसाद अधिकारी ९ सय ४२ मतका साथ विजयी भएका छन् भने महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी सविता पुरी १ हजार २० मतका साथ विजयी भइन् । त्यसैगरी महिला दलित सदस्यमा नेकपा एमालेकी सावित्रा विक ८ सय ६५ मतका साथ विजयी…
हल्दिबारी, २ जेठ । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार शुकलाल राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन् । राजवंशी १२६१ मतका साथ विजयी बनेका हुन् । राजवंशीका निकतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद प्रसाईले ११५५ मत ल्याएका थिए । हल्दिबारी–२ को महिला सदस्य रचना कुलुङ राई, दलित महिला सदस्य अम्विका तोलाङ्गी र खुल्ला सदस्य गणेश मगर माओवादी केन्द्रका तर्फबाटै बिजयी बनेका छन् भने खुल्ला सदस्य नेकपा एमालेका बिष्णुबहादुर राई विजयी बनेका छन् ।
सुरुङ्गा, २ जेठ । सुरुङ्गामा यस क्षेत्रका युवा स्वास्थ्यकर्मीको टोलीले सुभम श्री हस्पिटल संचालनमा ल्याएका छन ।सुरुङ्गाका युवा स्वास्थ्यकर्मी सम्भु शाह समेतको लगानीमा युवा स्वास्थ्यकर्मीहरु अनिल शर्मा,अशोक शर्मा र प्रकाश भण्डारीको समुहले आफ्नै लगानीमा सुविधासम्पन्न अस्पताल सुरुङ्गामा संचालनमा ल्याउनुभएको हो । अस्पतालको विशेष कार्यक्रमका विच शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मुटुरोग विशेषज्ञ डिएम डाक्टर पारस कोइरालाले अस्पतालको उदघाटन गर्नुभयो । सो अवसरमा विभिन्न रोगी विरामीहरुको निशुल्क चेकजाँच र परिक्षण समेत गरिएको थियो । जसमा नेपाल तथा छिमेकी देश भारतका समेत गरि १७३ जना रोगीको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका संचालक सम्भु शाहले बताउँनुभयो । अस्पतालले चौविसै घण्टा विशेषज्ञहरुको सेवा…
भद्रपुर, १ जेठ । झापाको भद्रपुर नगरपालिकामा वडा नं. २ को २२०० मत गणना गर्दा नगर प्रमुखमा रुख ८२४, सूर्य ६२९ र हलो ५४८ मत पाएको छ । त्यस्तै, उउप्रमुखमा हसिया हथौडा ७२९, सूर्य ६१०, हलो ५७६ मत पाएको छ । यस्तै वडा नं. २ को वडाध्यक्षमा रुखले ७३५, सूर्यले ७०५ र हलोले ५५० मत पाएको छ ।
झापा, १ जेठ । नयाँ थपिएको श्रम गन्तव्य मुलुक सर्बियामा नेपाली कामदारको आकर्षण देखिएको छ । वैदेशिक रोजगारीका लागि बाध्यतावश विदेश जाने नेपाली कामदारको रोजाइमा नयाँ श्रम गन्तव्य मुलुक सर्बिया पर्न थालेको हो। अहिले विभिन्न मेनपावरमा पुग्ने युवाले भर्खर थप भएको नयाँ श्रम गन्तव्यमूलक सर्बियामा जाने अवसर मिलाइदिन आग्रह गरिरहेको सम्बन्धित सरोकारवाला एवं वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । उनीहरूले हाल धेरै युवाले भर्खर थप भएको सर्बियामा जाने प्रक्रिया छिटो अघि बढाउन माग गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भर्खर नयाँ श्रम गन्तव्य राष्ट्र सर्बिया थप भएको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले…
दमक, १ जेठ । दमक वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्ष हरी न्यौपानेको प्यानल विजयी भएको हो । मत परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १६ सय ८६ मत ल्याएर विजयी भएभने विपक्षि गठबन्धनका तारा अधिकारीले १६ सय २४ मत ल्याएका छन् । त्यसैगरी महिला सदस्यमा तारा खपतरीले १७ सय १४ र दलित महिला सदस्यमा नविना मोहोराले १७ सय १५ मत ल्याएका छन् । खुला सदस्यमा रघुवीर बुढाथोकीले १६ सय ५८ र राजकर्ण राईले १६ सय १२ मत ल्याएर विजयी भएका छन् । यो वडामा मेयरमा गीता अधिकारीले १७ सय ३२ मत र गठबन्धनका राम…
कनकाई, १ जेठ । झापाको कनकाई नगरपालिकामा कांग्रेसबाट बाघी उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता कायमै राखेका छन् । कनकाईको वडा नम्बर ६ , ७ , ८ र ९ को मत गणना भइरहेको छ । हालसम्म ४ हजार ५७० मत गणना हुदा मेयर पदमा स्वतन्त्र उमेद्वार शेरबहादुर थापा जेब्रा चिन्हले १९ सय ५१ मत ल्याउदै अग्रपंक्तिमा छन भने उपमेयरमा एमालेकी मञ्जु प्रसाईंले १६ सय ९ मत प्राप्त गरेर अग्रता कायमै राखेकी छन । नगर प्रमुखतर्फ एमालेका राजेन्द्रकुमार पोखरेल १३२१, कांग्रेसका रुद्रप्रसाद चिमरिया ५७८, राप्रपाका श्यामसुन्दर ओली २०१ मत प्राप्त गरेका छन् भने उप प्रमुख तर्फ रुख आशा शर्मा १४३०, हलो सचित्रा…
भद्रपुर, १ जेठ । झापाको दक्षिणी गाउँपालिका कचनकवल गाउँपालिका–१ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल–१ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् । लिम्बुले १४४२ मत ल्याएकोमा राप्रपाका लक्ष्मीनारायण यादव १११० मत ल्याएका छन् । यादव निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै, एमालेका धनलाल राजवंशी २८८ र माओवादी केन्द्रका १८७ मत ल्याएका छन् । त्यस्तै, वडा सदस्यहरूमा काँग्रेसका अन्तप्रसाद राजवंशी, उग्र नारायण राजवंशी, सान्जावती राजवंशी र सुनिता दर्जी निर्वाचित भएका छन् ।
झापा, १ जेठ । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ। सङ्कलित नमुनाको तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा अध्ययन गरिनेछ । नेपाल(चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले सङ्कलन…
भद्रपुर, ३१ बैशाख । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित सबै सदस्य जितेको छ । कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका टेकबहादुरसिंह राजवंशी विजयी हुनुभएको हो । उहाँले ५७९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी एमालेका शम्भुसिंह राजवंशीले ५६३, राप्रपाका तेजबहादुर राईले ५३९ र नेकपा माओवादी केन्द्रका भूमिराज थापाले ५३७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, वडा सदस्यमा कांग्रेसकै विजयप्रसाद अधिकारी, सम्पातलाल गिरी, निर्मला राई र गायत्री ऋषिदेव विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिनुभयो ।