झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० वैशाख । आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर तोलाको ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

सुनसरी, ६ बैशाख । सुनसरीको धरान उप-महानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR10 PB 2241 नम्बरको गाडीको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको थियो । गाडीबाट लागूऔषध गाँजा बरामद भए संगै चालक भारत सुपौलका सुवोध कुमारसहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।

Read More

झापा, २ बैशाख । झापाको मेचीनगर नगरपालिका–२ मा मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । मेचीनगर–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्ग सडक खण्डमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल मेचीनगर–२ बाहुनडाँगीस्थित बीओपीमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार सचिन तामाङ गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ६ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर…

Read More

झापा, २ बैशाख । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाई गर्न थालेको छ । सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यहाँ कडाई गरिएको हो । यहाँ सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत सीमा नाकामा रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ । भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना…

Read More

झापा, २ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा…

Read More

झापा, १ बैशाख । झापाको गौरीगञ्ज गाउँपालिका–५ मा मोटरसाइलकको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । आज बेलुका गौरीगञ्ज–५ डाँगीटोलास्थित फत्तेपुर–डाँगीटोला भित्री सडक खण्डमा पूर्व फत्तेपुरबाट पश्चिम डाँगीटोला तर्फ जाँदै गरेको प्र१–०१–०१२प२०८२ नम्बरको मोसाले विपरित दिशाबाट जाँदै गरेको साइकलयात्री सोही स्थानका १३ वर्षीय सरोज सिंह गनगाईलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् । घाइते बालकलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । बालकको टाउको, अनुहार र खुट्टामा चोट लाग्दा अवस्था तत्काल बोल्न नसक्ने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक गौरीगञ्ज गाउँपालिका–५ मल्लाह टोलका २५ वर्षीय सुरजकुमार सिंह गनगाई ठक्कर दिई भाग्ने क्रममा मोटरसाइकल…

Read More

इलाम, १ चैत । इलामको देउमाई नगरपालिका–८ आमबोटेमा कुखुराको मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ६० बर्षीय मनबहादुर मगर छिमेकि रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डि अड्किए मृत्यु भएको छ हो । आज बिहान ९ः४५ बजेको समयमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डि अड्किए मृत्यु भएको स्थानियले इलाका प्रहरी कार्यालय मंगलबारे इलाममा जानकारी गराएका थिए । जानकारी पाउना साथ प्रहरी चौकी जितपुर इलामबाट प्रहरी सहायक निरिक्षक जीवन कुमार गिरीको कमाण्डमा २ जनाको प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको थियो । घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलका प्रहरी कार्यालय मंगलबारे इलाम र…

Read More

राजेन्द्र गौतम नयाँ वर्ष !तिमीलाई धुमधडाका स्वागत छतिम्रो रंग बदलिएछहिजो फुस्रो थियौआज पहेँलै भएछौपहिरन पनि फेरिएछहिजो सर्टमा थियौआज टिसर्टमा पुगेछौत्यसैले नयाँ वर्षतिमीलाई धुमधडाका स्वागत छ । हिजोका भुक्के चप्पलर, मरिन्च्यासे अनुहारत्यो पनि बदलिएछहिजोको सफा पहिरनआज कालो भएको छमहेन्द्र शाहसँगबालेन्द्र साहकोपहिरन मिलेको छत्यसैले नयाँ वर्षतिमीलाई धुमधडाका स्वागत छ । हिजो पुगेर कमायौआज कमाएर पुग्यौहिजोकालाई चारसय बीस भन्थ्यौझ्याप्पै घटेछौनिक्कै खुशी लागेको छआज दुई सय बीस भएछौत्यसैले नयाँ वर्षतिमीलाई धुमधडाका स्वागत छ । हिजो किरायाकै भएपनिदौरासुरुवालमा हुन्थ्यौआज त्यो पनि फेरेछौऔपचारिकबाटअनौपचारिक भएछौहिजो प्राडो र पजेरोको चर्चा हुन्थ्योआज सबैसँग रहेछकिन्नै परेन, चर्चै भएनत्यसैले नयाँ वर्षतिमीलाई धुमधडाका स्वागत छ । फेर्छु भन्थ्यौ फेरेछौप्रगति त प्रतीक्षामा छप्रतिशोध…

Read More

झापा, १ बैशाख । झापाको दमक नगरपालिका–८ मा गुडिरहेको मोटरसाकइलमा अचानक आगलागी भएको छ । आज दिउँसो पूर्व–पश्चिम लोकमार्गमा भद्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ८५७३ नम्बरको कालो रङको बुलेट मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक आगलागी भएको हो । आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका–३ घर भई हाल शसस्त्र प्रहरी सिमा सुरक्षा गुल्म भद्रपुर झापामा कार्यरत गणेश जिमी सकुसल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १ बैशाख । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो…

Read More