झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रबाट यसको निर्माणपक्ष आशावादी देखिएको छ । चलचित्रमा गौरी मल्ल, विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, राजेश ढुंगाना, एनि कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यो चलचित्रबाट दर्शक सन्तुष्ट हुने दाबी यसको निर्माणपक्षको छ । चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रबाट कलाकार विनोद न्यौपाने लभर ब्वाइको रुपमा चलचित्र क्षेत्रमा उदाउने निर्देशकको दाबी छ । यो चलचित्रका निर्माता तथा निर्देशक अधिकारीले आफू चलचित्र क्षेत्रका लागि नयाँ भएकाले पनि पर्याप्त हल नपाएको बताउँछन् । आफूले ३ बर्ष…

Read More

राजाराम कार्की काठमाडौँ, २८ असार । असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ वर्षमा दुई पटक हुन्छ । चैतमा चैते धान र असारमा वर्षे धान । असारमा धान रोपाइँका लागि तीन करोड १० लाख ४९ हजार ३८० रोपनी जग्गा प्रयोग हुने गरेको छ । खेतीपातीका लागि ६ करोड १८ लाख २० हजार रोपनी…

Read More

सन्तोष शर्मा झापा, २८ असार । झापाको मेचीनगर–१४ चारआलीस्थित प्रगति सामुदायिक वनमा रहेको पाउपाथिभरा मन्दिर धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । वन संरक्षण गर्ने उद्देश्यले २०७० सालमा स्थापना गरिएको पाउपाथिभरा यतिबेला धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको हो । ‘वनको विजोग भएपछि संरक्षणका लागि मन्दिर स्थापना गरेका थियौँ’, पाथिभरा मन्दिर सञ्चालक समितिका अध्यक्ष हरिचरण बानियाँले भन्नुभयो, ‘मेरो अगुवाईमा मन्दिर स्थापना भएको हो ।’ झापा बाहुनडाँगीका तान्त्रिक हरिश्चन्द्र दाहाललाई वनमा ल्याएर देखाउँदा एउटा रुख देखाउँदै त्यसमा भद्रकाली देवी, सरस्वती र शिवको बास भएको बताएको अध्यक्ष बानियाँले बताउनुभयो । ‘रुख देखाए लगत्तै ठूलो पानी प¥यो’, उहाँले मन्दिर स्थापनाको क्षण…

Read More

भद्रपुर, २८ असार । झापा मुलुकको ५०औँ पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ । झापाको भद्रपुरमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला भएको घोषणा गर्नुभयो । खोप नैसर्गिक अधिकार भएको बताउँदै उहाँले भविष्यको कर्णधारका रुपमा रहेका कुनै पनि बालबालिका खोपबाट बञ्चित हुनु नहुने बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य झापाका बरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै २५३ वटा खोप केन्द्रबाट झापामा बर्सेनि १९ हजार ८३५ जना बालबालिका खोप लगाउने जानकारी दिनुभयो । ‘सरकारको बहुबर्षिय खोप योजना अन्तरगत ९० प्रतिशत भन्दा बढी बालबालिकालाई खोपको पहुँचमा ल्याउने लक्ष्य लिएको छ’,…

Read More

झापा, २८ असार । झापाको कनकाई नगरपालिका–१ मा सञ्चालित शिव निर्माण सेवा (अलकत्रा उद्योग)मा युवा संघ झापाले लगाएको ताला आज खोलिएको छ । गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै युवा संघले उक्त उद्योगमा गत असार २२ गते तालाबन्दी गरेको थियो । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति झापाको रोहवरमा उद्योग सञ्चालकसँग भएको वार्तापछि उद्योगमा लगाइएको ताला खोलिएको युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिनुभयो । उहाँले सो उद्योगबाट उत्पादित अलकत्रा प्रयोग गरी निर्माण गरिएका सडकको गुणस्तर जाँच गरिने, उद्योगले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिने सहमति भएको बताउनुभयो । त्यस्तै, झापाको लक्ष्मीपुर सडक, जयपुर, धरमपुर र कनकाई गरी चार…

Read More

चितवन, २८ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताएका हुन् । मुद्दाको अर्को पक्षले के गर्छ भन्ने उहाँहरुकै कुरा भएको भन्दै उनले भने, ‘योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।’ फरक प्रसंगमा उनले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भने, ‘एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।’ प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई…

Read More

विर्तामोड, २८ असार । सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो । सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो । त्यस्तै अढाइ वर्षीया बालिकाको पनि डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Read More

फिनल्याण्डको सोन्काजार्भी शहरमा शनिबार श्रीमती बोकेर दौडिने प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा ५३ जना पुरुषहरु आफ्नी श्रीमतीलाई बोकेर एकघण्टा दौडिए र उक्त दृष्यलाई हेर्दै हजारौँ दर्शकहरुले मज्जा लिए । वल्र्ड वाइफ क्यारिङ्ग च्याम्पियनसीपअन्तर्गत योपटक भएको प्रतियोगिता २३ औँ हो । हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ । ४२ सय जनसंख्या भएको उक्त शहरमा हुने श्रीमती बोक्ने प्रतियोगिता हेर्न विश्वभरका हजारौँ मानिसहरु आउने गरेका छन् । अमेरिका, बेलायत, स्विडेन, इस्टोनियालगायतका विभिन्न १३ देशबाट छनोट चरण पार गरेका ५३ जोडीहरु फाइनल चरणको प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य ५२ प्रतिस्पर्धीलाई पछि पार्दै लिथुआनियाका भिटाउटास किर्कलियाउस्कासले यो वर्षको स्वास्नी बोक्ने प्रतियोगिताको उपाधि…

Read More

यकिना अगाध  देशमा लोकतान्त्रिक गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो । केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउँ गाउँ पस्यो । पहिला रावण आयो र सीता पुत्री हरण गरेर लग्यो । लगतै राम आयो र हनुमान पुत्र लिएर गयो । त्यसपछि कहिल्यै न रावण, न राम, न सीता, न हनुमान कोही पनि फर्केर गाउँ आएनन् । बेलाबखत खबरहरु मात्र सुनिन्छन् । कहिले सुनिन्छ– रावण पक्षको जीत भएको छ र राक्षसीराज्य गर्दैछन् । कहिले सुनिन्छ– राम पक्षको जीत भएको छ र रामराज्य चलाउँदै छन् । यता गाउँमा…

Read More

जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलको सही भविष्यवाणी गर्ने एउटा चिनिया बिरालोको मृत्यु भएको छ । उक्त बिरालोको असामयिक निधनपछि चिनियाँ सोसल मिडियामा हजारौँ मानिसहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् । बैडियानएर नामको उक्त सेलिब्रेटी बिरालोका सुन्तला रङको भुत्ला थिए । यो बिरालो बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्राहलय परिसरमा बस्दथ्यो । यो बिरालोलाई विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो । त्यसक्रममा उक्त बिरालोले ६ वटा खेलको सही भविष्यवाणी गरेको थियो । सही भविष्यवाणीका कारण बिरालो चर्चित बनेपछि संग्राहलयले बिरालोको नाममा चिनियाँ सोसल साइट वेइबोमा अकाउन्ट समेत खोलिदिएको थियो…

Read More