
झापा, २८ असार । झापाको कनकाई नगरपालिका–१ मा सञ्चालित शिव निर्माण सेवा (अलकत्रा उद्योग)मा युवा संघ झापाले लगाएको ताला आज खोलिएको छ ।
गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै युवा संघले उक्त उद्योगमा गत असार २२ गते तालाबन्दी गरेको थियो । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति झापाको रोहवरमा उद्योग सञ्चालकसँग भएको वार्तापछि उद्योगमा लगाइएको ताला खोलिएको युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँले सो उद्योगबाट उत्पादित अलकत्रा प्रयोग गरी निर्माण गरिएका सडकको गुणस्तर जाँच गरिने, उद्योगले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिने सहमति भएको बताउनुभयो ।
त्यस्तै, झापाको लक्ष्मीपुर सडक, जयपुर, धरमपुर र कनकाई गरी चार स्थानमा गरिएको कालोपत्रेको नमूना परीक्षणका लागि सडक डिभिजन कार्यालय इटहरी र काठमाडौँ पठाइको युवा संघ झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

