झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कुमार चौलागाई काठमाडौँ, १९ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, वसन्त रेगमी र दिपेन्द्रसिंह एैरीले समान एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा…

Read More

बिर्तामोड, १९ साउन । नेपालबाट यसवर्ष हजका लागि १ हजार २ सय जना हजयात्री साउदी अरबको मक्कामदिना सरिफमा सहभागी हुने भएका छन् । झापाबाट आठ जनासहित देभभरबाट उक्त संख्यामा नेपाली हजयात्री मक्कामदिना जह गर्न सहभागी हुने जमिअत उलमा ए झापाका अध्यक्ष एजाज अहमद अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार झापाबाट बसिर अहमद मियाँ, जुवेदा खातुन, हजरततुल्ला खान, कमालुद्दिन, नुर महम्मद लगायत आठ जना रहेका छन् । मक्का र मदिना सरिफ मुस्लिम समुदायका लागि विश्वकै सबैभन्दा ठूलो तीर्थस्थल हो । नेपालबाट हजका लागि जाने हजयात्रीलाई यो वर्ष एयर अरेवियामार्फत् नेपाल हज कमिटीले ल्याउने र लैजाने व्यवस्था मिलाइएको नेपाल हज कमिटिका सदस्य…

Read More

मेचीनगर, १९ साउन । देशका विभिन्न भागमा भइरहेका बलात्कार र महिला हिंसा विरुद्ध शुक्रबार झापाको मेचीनगरमा बृहद प्रदर्शन गरिएको छ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन काँकरभिट्टा इकाई कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले वृहद प्रदर्शन गरेका हुन् । व्यचलर क्याम्पस कमिटी अध्यक्ष हरिप्रसाद भट्टराईको व्यवस्थापनमा काँकरभिट्टा माध्यमिक विद्यालय परिसरबाट बलात्कारीलाई कारवाही गर, महिला हिंसा विरुद्ध एक हौ, महिलाको सम्मान गरौलगायतका नारा लेखिएका प्ले कार्ड र व्यानरसहित निस्केको र्यालीले क्याम्पस रोड, मुख्य राजमार्ग, वडा कार्यालय परिसर, गुरास पथ, बाहुनडाँगी रोड, इलाका प्रहरी कार्यालय परिसर तथा काँकरभिट्टा बजारको मुख्य मुख्य भागको परिक्रमा गरी मेची भन्सार कार्यालय काँकरभिट्टाको पुरानो यात्रु…

Read More

बिर्तामोड, १९ साउन । झापामा विद्यार्थीको हितको लागि भन्दै बिभिन्न समयमा हुने विद्यार्थी आन्दोलन संस्थागत भन्दा पनि संगठन भित्रका केहि व्याक्तिको स्वार्थका लागि हुने गरेको पाईएको छ । वर्षेनी जिल्लाका ठुला सामुदायिक र निजी विद्यालयमा विद्यार्थीलाई जथाभावि शुल्क लिएको भन्दै ताला लगाउने देखि जिल्लामा सञ्चालित कन्सलटेन्सि बन्द गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गर्ने र रकम लेनदेनमा सहमति गर्ने गरेको तथ्य फेला परेको छ । नयाँ शैक्षिक सत्र सुरु भएर विद्यार्थी भर्ना हुनसाथ विद्यालयले जथाभावि शुल्क लिएको भन्दै ताला लगाउने र सामुदायिक विद्यालय र निजि विद्यालयको छाता संगठन प्याप्सन सँग निस्चित रकम लिएर ताला खोल्ने क्रम यो वर्ष पनि चलिरहेको स्रोतले…

Read More

झापा, १९ साउन । छिल्लो समय देशभर घुसहित सरकारी कर्मचारी पक्राउ पर्ने क्रम बढेको छ । यसले कर्मचारीमा अतिरिक्त कमाई गर्ने मोह उच्च रहेको देखिन्छ । जसले गर्दा जनतालाई सास्ती र कर्मचारीलाई मस्ती भएको छ भने बेतिथिले जरो गाडेको छ । यसैबीच, हालै मात्र तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयबाट आएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको…

Read More

बिर्तामोड, १९ साउन । ट्याक्टरको ट्रलीजडान गर्न १८ हजार रुपैयाँ घुस रकम लिएका झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले आफ्नो कर्तुत लुकाउन अर्को नयाँ नाटक मञ्चन गरेका छन् । लेखा शाखाका कर्मचारीद्धय कल्पना न्यौपाने र नारायण प्रसाद दुलालले मंगलबार घुसबापत लिएको रकम अनावश्यक शिर्षक राखी जरिवाना भन्दै राजश्वमा दाखिला गरेका छन् । दमकस्थीत ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखा शाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस लिएको प्रमाण सहितको समाचार सार्वजनिक भएको थियो । बिभिन्न सोरुमका कर्मचारीको मिलेमक्तोमा विगत लामो सयमदेखि निक्कै व्यवस्थित र प्रक्रिया पुराएर हुने गरेको घुस लेनदेनको…

Read More

गौरीगञ्ज, १९ साउन । पश्चिममा रतुवा नदि देखि पुर्व किस्नी खोला सम्म गौरीगञ्ज गाँउपालिका क्षेत्र भित्र भइ रहेको हुलाकी सडकको स्तरोन्नती कार्य अपारदर्शी बन्न थालेको स्थानियले बताएका छन् । यस सडकको स्तरोन्नतीबारे कुनै पनि सुचना सार्वजनिक नहुदा यस योजनामा ठुलै आर्थिक चलखेल रहेको हुन सक्ने स्थानियको आरोप रहेको छ । शहरी बिकास तथा भवन निर्माण शाखा इलाम मार्फत भइरहेको भनिएको लगभग १ करोड बजेटको सो सडक स्तरोन्नती योजना बिना टेन्डर उपभोक्ता समिती मार्फत असारको अन्तिम साता देखि काम शुरु गरिएको हो । शहरी बिकासको योजना भनिएपनि यस योजनको लागि उपभोक्ता समिती भने गौरीगञ्ज गाउँपालिकाले गठन गरेको थियो । पचास हजार…

Read More

भद्रपुर, १९ साउन । झापाको सदरमुकाम भद्रपुरको प्रमुख बजार र व्यस्त चोकहरुमा सीसी क्यामेरा जडान गरिने भएको छ । पछिल्लो समयमा भद्रपुरमा मोटरसाइकललगायतका मूल्यवान वस्तुको चोरीका घटना बढ्दै गएकोले सुरक्षाका लागि संवेदनशील ठाउँहरुमा सीसी क्यामेरा जडान गर्न लागिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसका लागि नगरपालिकाले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघका प्रतिनिधि, बैंक–वित्तीय संस्थाका प्रतिनिधि, स्थानीय प्रहरी–प्रशासन र उद्योगी–व्यवसायीसँग छलफल गरेको छ । शुक्रबार नगर प्रमुख श्रेष्ठकै अध्यक्षतामा नगरपालिकामा भएको सर्वपक्षीय भेलाले सीसी क्यामेरा जडान तथा व्यवस्थापन समिति गठन पनि गरेको छ । भारतसँगको सीमावर्ती मेची पूल, भद्रपुरको प्रमुख बजार क्षेत्र, झापाचोक, सगरमाथा चोकलगायतका…

Read More

काठमाडौँ, १८ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र सचिवहरुले आवश्यक कर्मचारी व्यवस्थापन तथा ऐन÷कानूनको अभावमा कामकारवाही प्रभावित भइरहेको भन्दै गुनासो गरेका छन् । सिंहदरबारस्थित वन मन्त्रालय आज भएको बैठकमा उहाँहरुले तत्काल सांगठनिक संरचना निश्चित गरी आवश्यक कर्मचारी खटाइदिन र ऐन÷कानून निर्माणको काम छिटो गर्ने वातावरण निर्माणका लागि मन्त्रिपरिषद्मा विषय उठान गरिदिन मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले कर्मचारीको सांगठनिक संरचना टुंगो लगाइसकेको जानकारी दिँदै साउन महिनाभित्र मातहतका सबै कार्यालयमा कर्मचारी व्यवस्थापन भइसक्ने बताउनुभएको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । उहाँले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश…

Read More

काठमाडौँ, १८ साउन । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६,…

Read More