झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रुपेश अधिकारी युएई, २३ साउन । आममाफी प्रक्रियामा सहभागी हुने नेपालीहरुको सहजताका लागि नेपाली दूताबास अबुधाबीले सक्रियता बढाएको छ। दूताबासले मंगलबारदेखि युएईका विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत गैरकानूनी रुपमा रहेका नेपालीका लागि कानूनी तथा परामर्श सेवा दिने छ। शिविर अबुधाबीको अलसामा एम्नेस्टी सेन्टर, दुबईको अलअविर इमिग्रेशन र शारजाहको शारजाह इमिग्रेशनबाट बिहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालन हुने दूताबासले जनाएको छ। शिविर सञ्चालन भएको स्थानबाट ट्राभल डकुमेन्ट तत्काल उपलब्ध गराइने छ। यस्तै राहदानी बनाउनु पर्ने स्थितिमा दूताबासमा पुगेर सेवा लिन सहजीकरण गरिने कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले बताए। कार्यवाहक राजदूत फुयाँलको नेतृत्वमा दूताबासको टोलीले उक्त स्थानबाट घुम्ती सेवा प्रदान गर्नेछ। शिविरमा दूताबासबाट…

Read More

दमक, २३ साउन । किराँत राई यायोक्खा झापाले मंगलबार दमकमा आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान गर्दै मनाएको छ । यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको अध्यक्षता र यायोक्खा केन्द्रीय उपाध्यक्ष एबम् यायोक्खा प्रदेश नं १ का संयोजक पारसमणी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा यायोक्खाका केन्द्रय उपाध्यक्ष पारसमणी राईले आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति र पहिचानसहित यायोक्खाले आफ्नो सामाजिक तथा साँस्कृतिक पक्षमा महत्वपूर्ण योगदान गरिरहेको बताए । उनले काठमाण्डौमा सिमित राई अग्रजहरुले सिमित स्रोत र साधनमा स्थापना गरेको यायोक्खा ३१ वर्षमा देशभर र देश बाहिरका मुलुकहरुमा रहेका राईहरुले यायोक्खा मार्फत सामाजिक तथा साँस्कृतिक कार्यहरु सञ्चालन…

Read More

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने गरेको हो । संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिको यही साउन १८ गतेको बैठकले मतदानमार्फत बहुमतले अस्वीकृत गरेको थियो । बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउनु भएका काँग्रेस जिल्ला कार्यसमिति…

Read More

गौरादह, २३ साउन । झापाको गौरादहमा एकीकृत शहरी विकास योजनाको तयारी सम्बन्धि १दिने परियोजना गोष्ठी सम्पन्न भएको छ । गौरादह नगरपालिकाको वडा नं. १ को वडा कार्यालय सभाहलमा सञ्चालन गरिएको गोष्ठिमा नगरपालिका भित्रका जनप्रतिनिधिहरु सहभागी भएका थिए । नेपाल सरकार शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा सञ्चालन गरिएको गोष्ठीमा गौरादह नगरपालिकामा नगरको शहरी विकासका लागि तथ्यांक संकलन गरि विकास निर्माण सहज बनाउने अवधारणा सम्बन्धि प्रशिक्षण दिएको थियो । शहरी विकासका परामर्शदाता डा. प्रदिप पौडेलले एकीकृत शहरी विकास योजना, परिचय, अवधारणा, कार्यक्रम, जिम्मेवारी र कार्ययोजनाका विषयमा र विर्ख क्षेत्रीले योजना निर्माणका लागि संकलन गरिने सूचनाहरु सम्बन्धि…

Read More

झापा, २३ साउन । नेपाल भारत मैत्री संघ झापाको पाँचौं मैत्रीसभा भदौ ९ गते शनिबार हुने भएको छ । संघको मंगलबार बसेको बैठकले भद्रपुरमा भदौं ९ गते शनिबार नयाँ जिल्ला कार्यसमिति चयन गर्ने गरी मैत्रीसभा गर्ने निर्णय गरेको हो । संघका झापा अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा बसेको बैठकले हालसम्म संघले गरेको कार्यक्रमहरुको आयव्यय विवरणसमेत पास गरेको छ । समितिले नयाँ कार्यसमिति चयन गर्न एक निर्वाचन समिति चयन गरेको छ । झापा वारका अध्यक्ष सुरज खत्रीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा माधव विद्रोही र गोपाल गिरीलाई चयन गरिएको संघका अध्यक्ष हुलासचन्द्र सरियाले बताए । उनका अनुसार संघको ५ वटा शाखा समिति…

Read More

बिर्तामोेड, २३ साउन । झापाको शैक्षिक क्षेत्र सुधार गर्न मंगलवार बृहत छलफल भएको छ । शैक्षिक क्षेत्रको सुधारका लागि भइरहेको आन्दोलनको विषयमा सर्वपक्षीय छलफल भएको हो । पछिल्लो समय जिल्लाका शैक्षिक क्षेत्रमा भइरहेको तालावन्दी र विकृति अन्त्य गर्न छलफल केन्द्रीत रहेको अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्लीले जानकारी दिए । जिल्ला शिक्षा समितिको पहलमा भएको छलफलले विधार्थी संगठनले जिल्लाका विभिन्न विधालयमा गरेको तालावन्दी खोल्ने सहमति भएको अध्यक्ष सोमनाथ पोर्तेलले बताएका छन् । उनका अनुसार विधार्थी संगठनसँगको वार्ताबाट समाधानको लागि पहल गरिएको हो । विधार्थी संगठनले विधालय शुल्क निर्धारण निर्देशिका –२०७२ बमोजिक शुल्क निर्धारण नगरेको भन्दै संस्थागत विधालयका नेताले सञ्चालन गरेको विधालयमा…

Read More

बिर्तामोड, २३ साउन । मेयर पकेट बंगुर साटासाट कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका–६ बुट्टाबारी दक्षिणमा १५ परिबारलाई ३० थान बंगुरका पाठा वितरण गरिएको छ । नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता उप मेयर पबित्रा महतारा प्रसाईले गरेकी थिइन् भने कार्यक्रममा नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, स्थानीय देबीप्रसाद नेपाल, बिष्णुप्रसाद भट्टराईले कार्यक्रमको उद्देश्यबारे मन्तब्य राखेको नगर पशुसेवा अधिकृत सानुमाया श्रेष्ठले जानकारी दिइन् ।

Read More

झापा, २२ साउन । एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । उहाँका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।” भारतीय पक्षले निकासी हुने सूचीमा गोलभेँडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्रीवितरण प्रभावित भएको थियो । केही दिनअघि बजार प्रवद्र्धन तथा…

Read More

जीतबहादुर भण्डारी पाँचथर, २२ साउन । भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण…

Read More

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् । पिंकविलाको रिपोर्ट अनुसार, भंसालीले प्रियंकालाई आफ्नो फिल्म ‘गंगूबाई कोठेवाली’का लागि कास्ट गरेका थिए । दुवै चाँडै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए । प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ का कारण ‘बाजीराव मस्तानी’ फेम्ड निर्देशकको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् ।

Read More