झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मुम्बई, १९ चैत । बलिउडका स्टार सलमान खानको प्रतिक्षित फिल्म ‘मातृभूमि’ रिलिज हुनुपूर्व नै चर्चाको शिखरमा छ । फिल्मको रिलिज मिति सरेपछि निकै निराश बनेका फ्यानहरूका लागि अहिले खुसीको खबर आएको छ । यसअघि अप्रिल १० मा रिलिज हुने तय भएको ‘मातृभूमि’ प्राविधिक कारणले पछि सारिएको थियो, जसले सलमानका फ्यानहरूलाई खिन्न बनाएको थियो । त्यति मात्र होइन, फिल्मको नाम समेत परिवर्तन गरिएको छ । सुरुमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको यो फिल्म अब ‘मातृभूमि’ को नामबाट हलमा आउने निश्चित भएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्म अब मे १५ मा सिनेमाघरहरूमा प्रदर्शन हुने तयारीमा छ । फिल्मको बाँकी…

Read More

सुर्खेत, १९ चैत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीसँग रकम लिएर विभिन्न सरकारी काम गरिदिने भन्दै अवैध रूपमा बिचौलियाको भूमिका निर्वाह गरिरहेको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी कुल १६ जनालाई पक्राउ गरिएको हो। सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिई बिचौलियाको काम गरिरहेको गुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालपोत कार्यालयबाट पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–१ प्रगतिशील टोलका ३६ वर्षीय…

Read More

झापा, १९ चैत । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा १६५ रुपैयाँले घटेको छ । चाँदी घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो ।

Read More

झापा, १८ चैत । बिर्तामोड नगरपालिका पालिका सहकारी समन्वय समितिले ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन नगर क्षेत्रभित्रका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आह्वान गरेको छ । बिहीबार बसेको समितिको बैठकले झापा जिल्ला सहकारी सङ्घको आयोजनामा हुने उत्प्रेरणात्मक कार्यक्रम तथा दिवसको पूर्वसन्ध्यामा हुने दीप प्रज्वलन कार्यक्रममा उल्लेख्य सहभागिता सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको हो । समितिका संयोजक सुब्रत न्यौपानेले राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा झापाका विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम राखिएको जानकारी दिँदै बिर्तामोड क्षेत्रका सहकारीकर्मीलाई चैत १९ गते मुक्तिचोकमा भेला हुन अनुरोध गरिएको बताए । झापा जिल्ला सहकारी सङ्घको आयोजनामा बिर्तामोडको मुक्तिचोकमा दीप…

Read More

काठमाडौँ, १८ चैत । भोलि चैत १९ गतेदेखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बिहीबार बिहान ८ बजेदेखि जापानमा एक समेत गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा एकै पटक परीक्षा सुरु हुदैछ । एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । यस वर्ष एसइई मा कूल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी सहभागी हुने जानकारी दिएको छ । परीक्षामा ११ हजार ३ सय ७९ विद्यालयका…

Read More

क्रिमिया, १८ चैत । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ । रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । उनीहरूको दुर्घटनामा परेर ज्यान गएको हो । विमानले नियमित उडान गरिरहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो । उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । सन् २०१४…

Read More

सङ्खुवासभा, १८ चैत । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।

Read More

नयाँदिल्ली, १८ चैत । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ। यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०११ मा गरिएको जनगणनाले भारतको जनसङ्ख्या एक अर्ब २१ करोड रहेको देखाएको थियो । अहिले भने यो सङ्ख्या एक अर्ब ४० करोड नाघिसकेको अनुमान गरिएको छ, जसले भारतलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित गरेको छ ।…

Read More

झापा, १८ चैत । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० बढेर तोलामा दुई लाख ९७ हजार ६०० पुगेको छ भने चाँदी १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९० हजार २०० र चाँदी तोलाको चार हजार ८४५ रुपैयाँ थियो ।

Read More

दमक , १७ चैत । पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको थियो। शनिबार दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा समाजको तेस्रो अधिवेशन आयोजना गरिएको थियो। अदौ क्वोने (घोन्डे , घोताने) समाजका अध्यक्ष भीम बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्लाका अध्यक्ष जगत गुरुङको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत, पश्चिम बङ्गाल गुरुङ एसोसिएसनका फाउन्डर प्रेसिडेन्ट दिलीप गुरुङ, अदौ (घोण्डे ,घोताने) गुरुङ चेली समाजसेवी ध्रुव देवी गुरुङ, सिक्किम राज्यका क्षेत्रीय संयोजक किशोर…

Read More