झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि…

Read More

झापा, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयको सुरुवात गरेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतका साथ विजयी भएकी हुन् । विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् ।

Read More

झापा, २२ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ । मधेस प्रदेशको तराई भूभागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना…

Read More

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार झापा क्षेत्र नं. १ को मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ । झापा क्षेत्र नं. २ को मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा, झापा क्षेत्र नं. ३ का लागि मतगणना जिल्ला समन्वय समिति भवनमा हुने निश्चित भएको छ। यस्तै झापा क्षेत्र नं. ४ को मतगणना कन्काई नगरपालिका कार्यालयमा सम्पन्न गरिनेछ भने, झापा क्षेत्र नं। ५ को…

Read More

झापा, २१ फागुन । झापामा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाभर ६५ प्रतिशत मत खसेको जनाएको छ । झापा ५ मा भने सबैभन्दा धेरै ७० प्रतिशत मत खसेको अनुमान गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई फेस एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ । पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना…

Read More

झापा, २१ फागुन । झापाका पाँच सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले उम्मेदवार प्रतिस्पर्धामा छन् । हेभिवेटदेखि स्वतन्त्रसम्म चुनावी मैदानमा रहेका बेला मतदाताले कसलाई विश्वास गर्ने हो ? आगामी केही दिनभित्रै थाहा हुनेछ । दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । को को छन् उम्मेदवार ?झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, श्रम संस्कृति पार्टीबाट केवलराम राई, नेकपा (एमाले) बाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की, नेपाली काँग्रेसबाट केशवराज पाण्डे, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु कुरुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय…

Read More

झापा, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ । बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा…

Read More

झापा, २१ फागुन । आज बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले मतदान कार्य सुरक्षित र मर्यादित बनाउन यस्तो व्यवस्था गरेको हो। एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चार, खानेपानी तथा विद्युत् मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र आयोग वा जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ। हवाई यात्रुका लागि भने विशेष सुविधा दिइएको छ। आन्तरिक वा अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुहरूले विमानस्थलसम्म जान वा फर्किन निजी वा एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न सक्नेछन्। यसअघि आयोगले निर्वाचनलाई…

Read More

झापा, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन बुधबार देशभर विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ चपली र नागार्जुन नगरपालिका–२ मा राखिएका शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले देशभर १४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको जानकारी दिए। उनका अनुसार ती सबै वस्तु आतङ्कित पार्ने उद्देश्यले राखिएका ‘होक्स’ मात्र थिए । कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र…

Read More

झापा, २१ फागुन । आज फागुन २१ गते बिहीबार मुलुकभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा मतदान हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। यस निर्वाचनमार्फत प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुनेछन्। आयोगका अनुसार एक करोड ८९ लाखभन्दा बढी मतदाता (९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य) मतदानमा सहभागी हुनेछन्। उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था…

Read More