झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सप्तरी, २७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा आगलागी हुँदा १२ वटा घरगोठ जलेर नष्ट भएको छ । गएराति स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक–एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रारम्भिक अनुमान छ…

Read More

झापा, २७ वैशाख । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् । प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । उहाँले एक सातायता भारतको आसामबाट…

Read More

झापा, २७ बैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र…

Read More

भद्रपुर, २६ बैशाख । वैदिक समाज झापाको सातौं अधिवेशनले लोकबहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरेको छ । निर्वाचन समिति संयोजक मिरादेवी पौडेलका अनुसार ४ वर्षे कार्यकालका लागि कुँवरको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो । समितिको सचिवमा द्रोण अधिकारी, कोषाध्यक्षमा रेवतीराज घिमिरे निर्विरोध चयन भएका छन् भने सदस्यहरू क्रमशः राजु वराल, डिल्लीरमण नेपाल, पदम दाहाल र प्रशोत्तम कार्की चयन भएका हुन् । यसैगरी, संस्थाको सल्लाहकारमा निर्वतमान अध्यक्ष मिरादेवी पौडेलको संयोजकत्वमा पुरूषोत्तम अधिकारी र दिपेन्द्र भट्टराईलाई छनौट गरिएको छ । नवनिर्वाचित अध्यक्ष कुँवरले संस्थालाई चलायमान बनाउन वैदिक साधना तथा बाल शिक्षा कार्यक्रमलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता…

Read More

झापा, २६ बैशाख । झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक बालक गम्भीर घाइते भएका छन् । आज बिहान स्थानीय कर्ण बहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो । ​घाइते बालकलाई तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ। बालकको अवस्था गम्भीर र बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २६ फागुन । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान यात्रुबाहक बस र टिफर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिफर भित्री सडक खण्डमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ​दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् । घाइतेहरुमध्ये योगमाया निरौलालाई…

Read More

बिर्तामोड, २६ बैशाख । झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यहि २०८३ जेठ १ र २ गते बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिए ।उनका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित र सुदृढ, साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने…

Read More

झापा, २६ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो घटेका अधिकांश मुद्राको भाउ आज बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा थियो । यही वैशाख २३ गते अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा पुगेको…

Read More

झापा, २६ बैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी,…

Read More

झापा, २५ बैशाख । ​झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ परेका छन् । दमक नगरपालिका घर भएका २६ वर्षीय सुमन थापालाई प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको हो । आज दिउँसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा थापाको साथबाट ३० पत्ता (२९४ पिस) ट्रामाडोल हाइड्रोक्लोराइड र ३० पत्तामा (२९५ पिस) डाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट फेला पारेको थियो । प्रतिबन्धित औषधिसहित पक्राउ परेका थापालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More