झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिकाले नगरका दुई जना उत्कृष्ट गणित शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन सफल शिक्षकलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा सामुदायिक विद्यालयतर्फ वडा नम्बर २ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक चुडामणी पौडेल र संस्थागत तर्फ वडा नम्बर ७ को कञ्चन अंग्रेजी बोर्डिङ स्कूलका शिक्षक सागर कोईराला हुनुहुन्छ। शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार कक्षा ८ को परीक्षामा साङ्गवेद संस्कृत माविले औसत स्तरीकृत अंक ३.२५ र कञ्चन बोर्डिङले ३.६२ हासिल गरेका थिए। नगरपालिकामा आयोजित ‘शैक्षिक सत्र २०८३…

Read More

झापा, २३ जेठ । झापाको मेचीनगरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको फर्सीको बिया प्रहरीले बरामद गरेको छ । शुक्रबार साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–७ गैरीगाउँ क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको फर्सीको बिया बरामद गरेको हो । प्रहरीका अनुसार १६० केजी फर्सीको बियाको अनुमानित मूल्य रु १ लाख २८ हजार रहेको छ। बरामद गरिएको सामान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २३ जेठ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। शुक्रबार साँझ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर नगरपालिका–१० निवासी ३२ वर्षीय सुरेन्द्र गुरुङलाई शंकाको आधारमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा गुरुङले बोकेको छाताको डन्टीभित्र प्लास्टिकको पोकोमा लुकाई–छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकबाहेक ३ ग्राम १२० मिलिग्राम रहेको छ । लागुऔषधसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, २२ जेठ । भद्रपुर नगरपालिका–५ नयाँबजारस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने २२ वर्षीया पुष्पा परियारलाई शंकाको आधारमा नियन्त्रणमा लिएर जाँच गरेको थियो। जाँचका क्रममा परियारले पेटमा प्लास्टिकको पोकोभित्र लुकाइछिपाइ राखेको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकबाहेक २ ग्राम २०० मिलिग्राम रहेको छ। पक्राउ परेकी परियारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

झापा, २० जेठ । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि चेकजाँच गरेको थियो। सो क्रममा झापा दमक नगरपालिका–१० निवासी ३२ वर्षीय सुरज रायको साथबाट कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ६ ग्राम १ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम सोही प्रकारको पदार्थ फेला परेको थियो। दुवै जनाको साथबाट बरामद भएको लागुऔषधको कुल परिमाण…

Read More

बिर्तामोड, २० जेठ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक डेरा कोठाबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मङ्गलबार साँझ करिब ७ बजे भानुभक्त उप्रेतीको घरमा डेरा गरी बस्ने व्यक्तिहरूले लागूऔषध बिक्री–वितरण गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा डेरा कोठाभित्र रहेको जेब्रा झोलामा प्लास्टिकका चार वटा पोका बनाई राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ डिजिटल तराजुबाट तौल गर्दा ५ किलो ९० ग्राम रहेको थियो। प्रहरीले गाँजासहित अर्जुनधारा नगरपालिका–७ निवासी ३० वर्षीय बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ खैरान घर भएका अन्दाजी…

Read More

झापा, १९ जेठ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले जेठ ८ गते सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकसँग लिखित सुझाव माग गरेको थियो। सोही आह्वानअनुसार देशभरबाट उल्लेख्य संख्यामा सुझाव प्राप्त भएका हुन् । कार्यदलका सदस्य–सचिव लिलाधर सुवेदीका अनुसार १९ हजार २३९ सुझाव इमेलमार्फत र २५ हजार ३७४ सुझाव ह्वाट्सएपमार्फत प्राप्त भएका छन् ।संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गरिएको कार्यदलले जनाएको छ । नागरिकहरूले कार्यकारी राष्ट्रपति प्रणाली, संघीयताको पुनरावलोकन, संवैधानिक निकायहरूको पुनःसंरचना,…

Read More

झापा, १९ जेठ । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । सोमबार साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा शंकास्पद अवस्थामा रहेका भारतको किशनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ निवासी अन्दाजी २० वर्षीय युबेद राजालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान जाँच गर्ने क्रममा प्लास्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। साथै BR32V6909 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेका युवकलाई थप अनुसन्धानका…

Read More

झापा, १९ जेठ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो । विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्ने छ । संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ ।…

Read More

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ । अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि…

Read More