
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २८ वैशाख । भत्केको लामो समयसम्म ठेक्का लाग्न नसकेको शनिश्चरे-खुदनाबारी खण्ड अन्तर्गत बिरिङ नदीमा पुल निर्माणका लागि झापाका जनप्रतिनिधिको टोली सिंहदरबार पुगेको छ। बिरिङ नदीमा पुल निर्माणार्थ झापा क्षेत्र नम्बर २ की सांसद इन्दिरा राणा मगर र अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन लगायत जनप्रतिनिधिको टोली सिंहदरबार पुगेको हो । बिरिङ खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौँ बासिन्दाले सास्ती भोग्दै आएका छन् । निर्माण कार्यलाई चाँडोभन्दा चाँडो सुचारु गर्नका लागि झापाका जनप्रतिनिधि सिंहदरबार पुगेका हुन् । ‘बिरिङ खोलामा पुल बनाउनका लागि जग्गाको समस्या छैन’, नगरप्रमुख गोम्देनले भन्नुभयो, ‘पुल निर्माण गर्दा कसैलाई क्षति पुग्ने र क्षतिपूर्ति दिनुपर्ने अवस्था पनि…
झापा, २८ बैशाख । प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीयस्थल महेन्द्र राजमार्गको विर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्र भइसकेको…
धरान, २८ बैशाख । सुनसरीको धरानमा आज दिउँसो छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेल छुरा प्रहारबाट शक्त घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार दिउँसो करिब १ः४५ बजे स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको थियो । घाइते भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम रेफर गरिएको प्रहरीले…
झापा, २८ बैशाख । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई अवलोकन भ्रमण गराएको छ । संस्थाले सदस्यहरु समेतको लागत सहभागितामा सदस्य र कर्मचारी गरी १७५ जनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराएको हो । बैशाख २० गते सुरु भएको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण २५ गते सम्पन्न भएको थियो । संस्थाले आफ्ना सदस्यलाई बर्सेनि पालो मिलाएर धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउँदै आएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनुभयो । जनकपुरधाम, देवघाट धाम र पोखराभित्र रहेका पुम्दिकोट, डेभिडफल्स, गुप्तेश्वर महादेव, महेन्द्र गुफा, फेवाताल, तलबराही मन्दिर, बिन्दबासिनी मन्दिर आदि घुमाइएको सहभागी झलनाथ कडरिया…
झापा, २८ बैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र…
झापा, २७ बैशाख । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन् । आज बिहान करिब १०:०० बजे स्थानीय तेज बहादुर खवासको घरमा जंगलबाट ल्याएको च्याउ पकाई खाँदा उनीहरू बिरामी भएका हुन् । बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवास लगायत अन्य ८ जना बालबालिका रहेका छन् । बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो । प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ। बिरामीमध्ये २ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ।
झापा, २७ वैशाख । झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको ‘मामा भान्जा होटल एण्ड लज’बाट प्रहरीले पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । होटलमा शंकास्पद व्यक्तिहरू बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार दिउँसो करिब ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो । त्यसक्रममा दुई जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने एक कर्मचारी तथा दुई जना भारतीय पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट WB73R5148 नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, २७ बैशाख । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–८ बाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९६० मिलिग्राम ब्राउनसुगरसहित भद्रपुर नगरपालिका–१० का पवन खड्का र भद्रपुर नगरपालिका–८ का रुमिलुङ राईलाई पक्राउ गरेको हो । त्यस्तै, इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम र कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी। मोरङको प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–६ स्थितबाट सोही स्थानकी सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गेको…
झापा, २७ बैशाख । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सहकारीले करिब एक सय ५० बचतकर्ताको १५ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।
सप्तरी, २७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा आगलागी हुँदा १२ वटा घरगोठ जलेर नष्ट भएको छ । गएराति स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक–एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रारम्भिक अनुमान छ…