jhapaonline add

झापा, १३ मंसीर । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२-८३ को प्रथम चौमासिक अवधिमा रु १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएको हो । गत आव २०८१–८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएको छ । गत आव २०८१र८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा रु १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएको छ ।

Read More

झापा, १२ मंसीर । झुम्का कारागार सुनसरीबाट फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका झापा शिवसताक्षी नगरपालिका–११ शेर्माटोलका ४५ वर्षीय डम्बर बहादुर मगर (शम्भु मगर) लाई शुक्रबार दिउँसो करिब १२ः१० बजे नियन्त्रणमा लिइएको हो । कर्तव्य ज्यान कसुरमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका मगरलाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मगरलाई पुनः झुम्का कारागार सुनसरी पठाइने प्रहरीले जानकारी दिएको छ ।

Read More

झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–५ सिटी सेन्टरस्थित अनुकुल इलेक्ट्रोनिक्स पसलमा आज बिहान आगलागी भएको छ । प्रहरीका अनुसार अर्जुनधारा–६ बस्ने सुनिल क्षेत्रीले सञ्चालन गर्दै आएको उक्त पसलमा बिहान करिब ८ः३० बजे सीसी क्यामेराको तार सर्ट भई आगो लागेको हो । आगलागीबाट करिब १ लाख बराबरको इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ। स्थानीयवासीको सहयोगमा करिब ८ः५० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रालि उद्योगको कामदार बस्ने दुईतले पक्की घरमा शुक्रबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार साँझ करिब ६ः४० बजे भुइँ तल्लाको भान्सा कोठाबाट ग्यास लिक भई अचानक आगो लागेको हो । स्थानीयबासीको सहयोगमा करिब ७ः२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट भान्सा कोठा र त्यससँगै टाँसिएको सुत्ने कोठा पूर्ण रूपमा जलेको छ । साथै, कामदारहरूको नगद रु १ लाख ५० हजार, लत्ताकपडा, तीन थान मोबाइल फोनसहित करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको…

Read More

झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–३ सैनिक मोडमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंसीर १० गते साँझ करिब ६ बजे सोही स्थानका ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका पारेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो । डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लाष्टिकसहित ६ ग्राम ८५० मिलिग्राम र प्लाष्टिक बाहेक ४ ग्राम रहेको प्रहरीले जनाएको छ। राजवंशीको साथबाट नेपाली नगद ८२० रुपैयाँ र भारतीय नगद २ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रणमा लिइएका राजवंशीलाई थप अनुसन्धानका…

Read More

झापा, १२ मंसीर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।

Read More

झापा, १२ मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

झापा, ११ मंसीर । झापाको बुद्धशान्ति–३ निवासी मृर्गौला पीडित पूर्वमेनपावर व्यवसायी किरणकुमार राईलाई बिर्तामोडका वैदेशिक रोजगार व्यवसायीहरुले आर्थिक सहयोग गरेका छन् । दुवै मिर्गौला बिग्रिएर उपचाररत किरणकुमारको उपचारमा सहयोग गर्ने उद्देश्यले बिर्तामोडका व्यवसायीबाट संकलित १ लाख ७७ हजार रुपैयाँ प्रदान गरिएको वैदेशिक रोगजार व्यवसायी संघका उपाध्यक्ष प्रकाश राईले जानकारी दिनुभयो । किरणकुमार हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ । अस्पतालमै पुगेर बुधबार उहाँलाई व्यवसायी कुमार लिम्बू र सुनिल अधिकारीले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । “सुख–दुःखमा हामी सबै व्यवसायी एकठाउँमा छौं”, उपाध्यक्ष राईले भन्नुभयो, “उहाँको उपचारमा थप सहयोग चाहिन्छ, सबै व्यवसायीलाई सहयोग गर्न म आग्रह गर्छु ।”

Read More

झापा, ११ मंसीर । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लम्बाइको कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले पप्पु महादेव खिम्ती संयुक्त उपक्रम ९जेभी०सँग भएको ठेक्का सम्झौता बिहीबार अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो। ३१ जेठ २०६८ मा ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पुल ३० जेठ २०७२ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर पाँचपल्ट म्याद थप्दा पनि ५६ प्रतिशत मात्र प्रगति भएको छ। ठेक्का रद्दसँगै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिनेछ। योजना कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार…

Read More

झापा, ११ मंसीर । जेनजी आन्दोलन र आर्थिक मन्दीका कारण कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष आन्तरिक राजस्व ३४.६ प्रतिशतले घटेको छ। गत वर्ष कात्तिक मसान्तसम्म १ अर्ब ११ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष ७२ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। यो वार्षिक लक्ष्यको मात्र १३।२ प्रतिशत हो । राजस्वमा आएको गिरावटका पछाडि घरजग्गा रजिस्ट्रेसन दस्तुर र सवारी साधन कर मुख्य जिम्मेवार देखिएका छन् । घरजग्गा दस्तुरमा १७ प्रतिशत कमी आउँदा…

Read More