
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, २८ माघ । मानव अधिकारका लागि महिला एकल महिलाको अध्यक्षमा मिरा कार्की खड्का सर्वसम्मत चयन हुनु भएको छ । भद्रपुरमा एकल महिलाहरुको भेलाले खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गा भट्टराई (मिरा) र तुलसा खतिवडा, सचिवमा बबिता पाण्डे, सहसचिवमा मैया आचार्य र कोषाध्यक्षमा किरण तिम्सिना सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक लक्ष्मी खनाल कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी सदस्यहरुमा दुर्गा महत, राधा निरौला, जमुना खरेल लगायत रहेका छन् । ११ सदस्यीय कार्यसमितिमा बाँकी रहेका सदस्यहरु कार्यसमितिको बैठकले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मनोनयन गर्ने बताइएको छ । त्यसैगरी एकल महिला बहुउद्देश्यीय सहकारी संस्थाको सचिवमा…
हल्दिबारी, २८ पुस । झापाको हल्दिबारी गाउँपालिकामा आजदेखि १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । हल्दिबारी–१ स्थित जनजागृति माध्यमिक विद्यालयमा आजदेखि प्रतियोगिता शुरु भएको हो । १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता आयोजक समितिका संयोजक सन्तकुमार थापाको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लिङदेन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जनजागृति माविका शिक्षक झमक तिम्सिनाले…
झापा, २८ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ मनाइएको छ । स्थापना दिवसको अवसरमा झापाको शिवसताक्षीस्थित गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको छ । महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको विकासका लागि रचनात्मक र प्रभावकारी काम गर्दै महासंघको गरिमा उच्च बनाएको बताए । उनले केन्द्र र…
झापा, २८ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा शनिबार बिहान तीन जनाको शव फेला परेपछि स्थानीय क्षेत्र स्तब्ध बनेको छ । घटनाको स्वरूप अत्यन्तै विभत्स देखिएको छ तर हत्यामा संलग्न व्यक्तिहरु र कारणबारे प्रहरीले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन । मृतक मध्ये एक जनाको पहिचान खुलेको छ । मृतक शुक्लागण्डकी–११ पाल्पालीछापका करिब ४० वर्षीय नारायण विक रहेको र उनी प्रशोधन केन्द्रमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । मृतक एक पुरुष र एक महिलाको पहिचान खुल्न सकेको छैन् । उनीहरु जो फोहोर सङ्कलन गरेर जीविका चलाउँदै आएको बुझिएको छ । दुई पुरुषको पेटमा धारिलो हतियार…
झापा, २८ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्रले सबैभन्दा पहिला विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने छ । बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताउनुभयो । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।
झापा, २८ पुस । झापाको मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रबाट लागुऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–११ स्थित कालिका सिमसारमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आइतबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय बुधवारे र सशस्त्र प्रहरी बेस क्यामप टिमाई झापाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । मेचीनगर–७ का २६ बर्षीय बिमल मेचे र मेचीनगर–११ का २३ बर्षीय प्रबिन राईलाई शंका लागेर चेक जाँच गर्दा बिमल मेचेको साथ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ४ ग्राम ४५० मिलिग्राम फेला परेको थियो ।…
झापा, २७ पुस । आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा नेपालको निर्यात १ खर्ब १६ अर्ब ५१ करोड बराबरको भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात भने क्रमशः ८२.७ प्रतिशत र ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ७३.३ प्रतिशतले कमी भएको नेपाल राष्ट्र बैकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३को पाँच महिनामा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको…
झापा, २७ पुस । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता महानायक राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित इष्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताउनुभयो । “हामीलाई कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँगै छ ।” देशमा केही भएन सरकारले केही गरेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको दोषी भागी जनता पनि हुने उहाँको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा डोहोर्याउने नेतृत्व चयन…
कनकाई, २७ पुस । झापाको कनकाई नगरपालिकाले एकता र सुशासनको आह्वानसहित ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा झण्डोतोलनका साथ नगरप्रहरीद्वारा सलामी अर्पण गर्दै राष्ट्रिय एकता दिवस मनाइएको हो । नगर प्रवेशद्वारमा चार वर्षअघि स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक परिसरमा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा उपप्रमुख आशा शिवाकोटीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा उपप्रमुख शिवाकोटीले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै आजको सन्दर्भमा एकता र सहकार्यको आवश्यकता झन् बढेको उल्लेख गर्नुभयो । उहाँले पृथ्वी जयन्तीलाई केवल स्मरण मात्र नभई राष्ट्र निर्माणको प्रेरणा लिने…
चितवन, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट झन्डै दुई सय मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयवासीले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उहाँका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति…