
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मोरङ, २० पुस । मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा रहेका ३१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । महारानी ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो । नासिर आउटसोर्सिङ कन्सल्टेन्सीको आर्थिक सहयोगमा अनाथ, विपन्न तथा आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका सचिव विष्णु उप्रेतीले जानकारी दिनुभयो । पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जाडोयाममा न्यानो कपडाको अभावका कारण बालबालिकालाई विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद…
भद्रपुर, २० भदौ । झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । झापाका आम उद्योगी–व्यवसायीहरुको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो । सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरुको थप प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ ०७ गतेदिेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा आयोजना गर्ने गरी महोत्सवको तयारी गरिएको संघका महासचिव स’मन्त मैनालीले जानकारी दिए । यसै सन्दर्भमा संघले आज संघकै सभाहलमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक…
सुरुङ्गा, २० पुस । संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरण समेत भोगेका आदिवासी नेता स्व। तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । २९औं तुर्सा हेमरम स्मृति दिवसका अवसरमा आइतबार तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसर कनकाईमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोग्नु परेको कठोर यातना त्याग र बलिदानको स्मरण गर्दै मुलुकमा उत्पन्न बिषम पिरिस्थितिको निकासका लागि तुर्सा हेमरमहरुको आदर्शलाई कहिल्यै भुल्नु नहुने धारणा राख्नुभयो । त्यसैगरी राष्ट्रिय सभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व। तुर्सा हेमरमको योगदानलाई सुरक्षित गर्न र समाजमा उहाँको…
बिर्तामोड, २० पुस । झापा बिर्तामोड नगरपालिका–६ स्थित बुट्टाबारी अहिले साँझ ५ः१५ बजेको समयमा आगलागी भएको छ । सोही स्थानका होममणि बस्नेतको टिनको छानो बासको टाटिबेरा भएको १ तले गोठ गुवालीमा खोले पकाउने क्रममा अचानक आगोलागि भएको हो । स्थानीयबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो ५ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट काठपात टिन र गुवालीमा राखिएको ट्याक्टरको पाठपूर्जा पूर्ण रुपमा जल्दा १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, २० पुस । झापाको बिर्तामोडमा ५ रुपैयाँमा भरपेट खाना खान पाइने भएको छ । बिर्तामोड–५ स्थित सिटी सेन्टर नजिकै विपन्न नागरिकलाई लक्षित गर्दै सामाजिक संस्था केजीएफले ५ रुपैयाँमा भरपेट खाना खुवाउन लागेको हो । ५ रुपैयाँमा सादा खाना खान पाइने छ । कोही पनि भौकै नरहुन् भन्ने उद्देश्यले ५ रुपैयाँमा खाना खुवाउन लागिएको अभियानका संयोजक विक्रम सुब्बाले जानकारी दिनुभयो । खानाको स्टलको भोलि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र बिर्तामोडकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्ने उहाँले बताउनुभयो । सबैलाई बाँच्ने अधिकार भएको र मानव कल्याणका लागि एक छाक ती गरिव निमुखालाई भन्ने नाराका साथ सोमबारदेखि खाना अभियान…
बिर्तामोड, २० पुस । ‘एकका लागि एक अभियान’ले विपद्मा सहयोग गर्ने दाताहरुmलाई सम्मान गरेको छ । गत असोज १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । उक्त विपद्को समयमा एकका लागि एक अभियान अन्तरगत पीडितलाई राहत उपलब्ध गराउन सहयोग गर्ने विभिन्न ४४ वटा संघ–संस्था एवम् दाताहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको हो । अभियानले आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी उनहिरुलाई सम्मान गरेको हो । कार्यक्रममा झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई विशेष सम्मान गरियो । उहाँले उक्त विपद्का बेलामा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै अभियानले विशेष सम्मान गरेको हो । हाल…
सन्तोष शर्माझापा, २० पुस । झापाको कनकाई नगरपालिकाबाट पछिल्लो अढाइ वर्षको अवधिमा सुदुर भविष्यको खोजीमा विदेशिएका चार जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ देखि चालू आव २०८२÷०८३ को हालसम्म वैदेशिक रोजगारीमा गएका चार जनाको मृत्यु भएको कनकाई नगरपालिकाको रोजगार शाखाका रोजगार संयोजक सरोज मैनालीले जानकारी दिनुभयो । मृतकमध्ये दुई जनाको दुर्घटना र दुई जनाको रोगका कारण मृत्यु भएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्युपश्चात वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्रदान गरिएको छ । मृतकमध्ये तीन जनाको परिवारले बोर्डबाट प्राप्त हुने १० लाख रुपैयाँको दरले आर्थिक सहायता प्राप्त गरिसकेका छन् भने एक जनाको बोर्डमा पेश…
झापा, २० पुस । झापाको कनकाई नगरपालिका–४ कनकाई पुलको पूर्वी भागमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको अरिदमन गण चारआलीको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ । हिन्दु राज्य, राजसंस्था स्थापना आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार लगायातको विभिन्न मागहरु राखेर सनातन सुरक्षा सेना नेपाल नाममा भूमिगत संस्थाले राखेको बम शनिबार बिहान नेपाली सेनाको अरिदमन गणले डिस्पोज गरेको हो । विहानैदेखि कनकाई माई पुलमा राखिएको बमका कारण स्थानीयवाशी त्रसित भएका थिए भने केहिवेर पुर्वपश्चिम सवारी साधन समेत आवगमन बन्द गरिएको थियो । झापाको कनकाई नगरपालिका–४ कोटीहवन क्षेत्रमा कालो ब्यागभित्र प्रेसर कुकरभित्र तार जोडिएको र उक्त ब्यागमा सनातन सुरक्षा सेना नेपालको…
कनकाई, २० पुस । झापाको कनकाई नगरपालिकामा श्रम संस्कृति पार्टीले श्रम महाअभियान सञ्चालन सुरु गरेको छ । युवा नेता दिलिप राईको नेतृत्वमा पार्टीले नगरसमिति बनेको समाचार समेत प्रकाशन नगरी आफ्नो परिचयकै दौरानमा श्रम कार्य सुरु गरेको हो । शनिबार कनकाई नगरपालिकाको पुरानो बजार दुर्गापुर बजार क्षेत्रको सरसफाईको थालनीसँगै श्रम सस्कृति नगर कार्यसमिति सार्वजनिक गरेको श्रम सस्कृति पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमन पोखरेलले बताउनुभयो । २१ सदस्यीय श्रम संस्कृति पार्टीको अध्यक्षमा दिलिप राई रहनुभएको छ भने उपाध्यक्षमा डिबि सिलास राई, विष्णुमाया लिम्बू र गणेश परियार रहनुभएको छ । यसैगरी, सचिवमा अभिषेक मगर रहनुभएको छ । सफा रहौ स्वास्थ्य रहौ भन्ने नारा…
झापा, १९ पुस । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ तीनसय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले बताए । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका हुन् । घाइते…