jhapaonline add

झापा, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ मन्त्रीहरूको नाम सार्वजनिक भएसँगै सरकारको मन्त्रिपरिषद् विस्तारको प्रक्रिया तीव्र भएको छ । सिफारिसअनुसारउद्योग मन्त्रालयको जिम्मेवारी सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दिइनेछ।स्वास्थ्य मन्त्रालयमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएकी छन्।कृषि मन्त्रालयको नेतृत्व मदन परियारले सम्हाल्नेछन्।सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेललाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनले सम्हाल्ने भएका छन्। यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ, र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। नयाँ मन्त्रीहरूको चयनमा विविध पृष्ठभूमिका व्यक्तित्वहरूलाई समेटिएको देखिन्छ, जसले सरकारको…

Read More

झापा, ५ भदौ । नेकपा माओवादी केन्द्रले हाल कायम रहेको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। एक नेताका अनुसार अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा राखेका छन्। विशेष महाधिवेशनको तयारीस्वरूप एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव समेत गरिएको छ। पार्टी पुनर्संरचना र संगठन सुदृढीकरणका लागि यो कदम चालिएको बताइएको छ।

Read More

झापा, ५ असोज । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतमा आगलागी भए पनि न्यायको दीप ननिभेको बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले पालमै भए पनि न्यायको उज्यालो कायम राख्ने अठोटका साथ अघि बढिरहेको बताए। पौडेलले भने, “क्षतिका कुरा कति गरौँ ? राष्ट्र नै जलेको थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका—तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्छ। न्यायको दीप निभेको छैन ।” उनका अनुसार अदालतले भदौ २९ गतेदेखि नियमित सेवा सुरु गरिसकेको छ। देशभरका अदालतहरूबाट न्यूनतम सेवा प्रवाह भइरहेको जानकारी उनले दिए। पौडेलले अदालतमा रहेका करिब २५ हजार मिसिलमध्ये…

Read More

झापा, ५ असोज । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ । स्रोतका अनुसार मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ । कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल यसअघि नै मन्त्री बनिसकेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले…

Read More

झापा, ५ असोज । झापाको कनकाई नगरपालिकाले असोज ७ गतेदेखि सेवा सुचारु गर्ने भएको छ । जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएपछि नगरपालिकाको सेवा ठप्प भएको थियो । जतिसक्दो चाँडो सेवा प्रवाह गर्नुपर्ने भएकाले धेरै कुरा मर्मत र थोरै कुरा खरीद गरेर नगरपालिकाको सेवा सुचारु हुने नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । आवश्यक सरसफाई लगायत काम सकिएको उहाँले बताउनुभयो । नगरपालिकाले तय गरेका धेरै योजनाहरु टेण्डर प्रक्रियामा गइसकेको बताउनुहुँदै नगरप्रमुख पोखरेलले भन्नुभयो, “केन्द्रको बजेटका कारण पर्ख र हेरको अवस्था छौं ।” हरेक नागरिकको श्रम र पसिनाबाट बनेको नगरपालिका र वडा कार्यालयहरुमा हालको अवस्थामा आउँदा…

Read More

बिर्तामोड, ५ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं साधारण सभाअन्तर्गत पहिलो र दोस्रो इकाइगत साधारण सभा सम्पन्न गरेको छ । पहिलो सभा असोज ३ गते इलामस्थित गौतम बुद्ध सभागृहमा सम्पन्न भयो । जहाँ इलाम, फिक्कल, नेपालटार, रांके, नयाँबजार, बिब्ल्यांटे मंगलबारे, श्रीअन्तु, पशुपतिनगर, हर्कटे र फिदिम सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी थिए । दोस्रो सभा असोज ४ गते मोरङको मंगलबारेमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष सुभाष भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले दीप प्रज्वलन गरी संयुक्त रूपमा गरेका थिए । अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी ३५ करोड ९१ लाख पुगेको जानकारी दिए…

Read More

झापा, ५ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते चितवन कारागारबाट फरार भएका एक कैदीबन्दी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का ३५ वर्षीय बिकल बानिया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डाँका मुद्दामा चितवन कारागारमा कैद भुक्तान गरिरहेका बानियाँ गत भदौ २४ गते फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले शनिबार दिउँसो भद्रपुर–५ स्थित भद्रपुर बजारबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Read More

झापा, ५ भदौ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह ९आमाको बा०को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश…

Read More

झापा, ५ असोज । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र…

Read More

सिरहा, ४ असोज । यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो । घटनापछि आफन्त तथा स्थानीयले उहाँलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पु¥याएकामा लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिनुभयो ।

Read More