jhapaonline add

उदयपुर, ३१ असार। उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी–२ का २९बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थपअनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

Read More

खोटाङ, ३१ असार । खोटाङको बारापोखरी गाउँपालिका–४ की २५ बर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । असार ३० गते बेलुका साढे ९ बजे मोबाईल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रकृया गरीरहेको छ।

Read More

झापा, ३१ असार । झापाको बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३० गते दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ सय ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-३ का १९ बर्षीय लाडला मिया र २० बर्षीय ममताज मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ३१ असार । दमक नगरपालिका–९ निवासी ११ वर्षीय रमन धिमालको शव हराएको एक दिनपछि स्थानीय खोलाको दोभानमा फेला परेको छ।  मिति २०८२ असार ३० गते दिउँसो १२:३० बजे घरबाट “साथीसँग खेल्न जान्छु” भनी निस्किएका बालक रमन धिमाल साँझसम्म घर नफर्किएपछि परिवार तथा छरछिमेकीले खोजतलास सुरु गरेका थिए। खोजीको क्रममा असार ३१ गते बिहान ६:३२ बजे सानुअर्ना खाडीस्थित बेतेनी खोला र भुत्रे खोलाको दोभानमा बालकको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय दमकबाट प्रनाउ राम प्रसाद तिमल्सिनाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। शवलाई पोष्टमार्टमका लागि दमक…

Read More

अर्जुनधारा, ३१ असार । अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ। भोलि असार ३२ गते बुधबार बिहान ११ः३० बजे नगर कार्यपालिकाको कार्यालय, शनिश्चरेमा आयोजना हुने कार्यक्रममा १२८ जना लाभग्राहीलाई धनीपुर्जा प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहनेछन् । धनीपुर्जा वितरण अर्जुनधारा नगरपालिका वडा नं. ११ अन्तर्गत लक्ष्मीधाप टोलका लाभग्राहीलाई लक्षित गरिएको हो । गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो । प्रक्रिया पूरा गरेका लाभग्राहीहरूलाई अब प्रमाणपत्र प्रदान गरिने भएको हो । नगरपालिकाले…

Read More

काभ्रे, ३१ असार । निरन्तरको वर्षाका कारण बीपी राजमार्ग दैनिकजसो अवरुद्ध हुने गरेको छ। सोमबार दिउँसो सञ्चालनमा ल्याइएको सडक आज पुनः अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार सोमबार राति आएको बाढी र पहिरोका कारण रोशी–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडाको फेदीखेला र साङखोला, रोशी–११ कालढुंगा, तथा रोशी–११ र १२ को सिमानाको माम्ती खोलामा सडक कटान भएको छ। साथै, काभ्रे–सिन्धुली सिमानाको बर्खेखोला, रोशीकै पिप्ले र पानीतारे नजिकको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रहरी प्रमुख कार्कीका अनुसार पिन्थलीको लेदो हटाइसकेपछि बिरुवाडाँडाको लेदो हटाउने काम सुरु गरिएको छ। सडक विभाग र एवन निर्माण सेवाको सहयोगमा…

Read More

झापा, ३१ असार । सोमबार साँझ झापाको गौरीगंज गाउँपालिका–४ स्थित नयाँ बजार नजिकको गौरीगंज–अल्टामारी भित्री सडकखण्डमा जन्ती बोकेको स्कुल बस दुर्घटनामा परेको छ । सनकाईन इङ्लिस बोर्डिङ स्कुलको प्र.१–०१–००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार करिब ५० जन्तीमध्ये १३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई तत्कालै गौरीगंज आधारभूत अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्य ५ जनालाई बीएण्डसी अस्पताल, विर्तामोड तथा लाइफलाइन अस्पताल, दमकमा रिफर गरिएको छ। दुर्घटनापछि राति १०स्२० बजे बस चालक सोरेन गिरी (उमेर करिब ४० वर्ष), स्थायी ठेगाना गौरीगंज गाउँपालिका–४,लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलको सडक दुईतर्फी रूपमा पुनः सुचारु…

Read More

झापा, ३१ असार । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइँदै गरेको विभिन्न सामान नियन्त्रणमा लिएको छ । सोमबार बेलुका प्रहरीले चकलेट २९ प्याकेट, पानीपुरी १४ केजी, कचौरा ४८ पिस, सुन राख्ने बट्टा २३२ पिस, स्टेन ६ पिस, हाडे बदाम ४० केजी, सुन राख्ने झोला ५४ पिस, मोटर मेसिन १ पिस, यम सिल ९ पिस गरी करिब ८९ हजार ३०० बराबरको सामान बरामद गरेको हो । ती सामानहरू लुकाई छिपाई भन्सार छली गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ३१ असार । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । “जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो”, उनले भने, “कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराएका हौँ ।” मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए । हात्तीले सुपारीका बोट…

Read More

झापा, ३१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More