
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, १७ असार । लायन्स बर्षको पहिलो दिन अर्थात जुलाइ १ को अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लियो क्लबअफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा सुरुङ्गामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन बर्ष सुरुवात अर्थात आफ्नो कार्यकालको पहिलो दिनलाईनै बिशेष बनाउदै लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लियो क्लब अफ कनकाई सुरुङ्गाले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार बिभाग बिर्तामोडको प्रविधिक सहयोग लिएर मंगलबार सुरुङ्गामा रक्तदान कार्यक्रम गरेको हो । हाल देशका सबै जसो अस्पतालमा हरेक दिन बिरामीहरुलाई रगतको आवाश्क परिरहदा रगतको अभाव भईरहेको अवस्थामा स्थानीय छेत्ररहेका बिरामिलाई थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले क्लबले रक्तदान कार्यक्रम गरेको लायन्स बर्ष २०२५/२०२६…
झापा, १७ असार । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले सहजै पराजित गर्दै शानदार प्रदर्शन गरेको छ। मलेसियास्थित सेलाङ्गोर टर्फ क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। रौनक श्रीवास्तवले आक्रामक शैलीमा १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए। जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ र सुगम बुढाथोकीले ३५ रन जोडिदिए। भुटानका सञ्जय दोर्जेले ३ विकेट लिँदा तेन्जिन लोडेले १ विकेट लिए। ३५९ रनको लक्ष्य पछ्याउन उत्रिएको भुटान ३२।४ ओभरमै ६० रनमा समेटियो। सुजन दावाले १४ र…
झापा, १७ असार । गृहमन्त्री रमेश लेखकले आमाको नाममा नागरिकता पाउन समस्यामा परेका किशोर–किशोरीलाई लक्षित गरी सरकारले नयाँ नेपाल नागरिकता ऐन ल्याई प्रतिनिधिसभाबाट पारित गरेको जानकारी दिनुभएको छ। राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले शान्ति, सुरक्षा र सुशासनलाई प्राथमिकता दिँदै मन्त्रालयलाई बजेट छुट्याइएको बताए। परराष्ट्रमन्त्री डा. आरजु राणाको तर्फबाट मन्त्री लेखकले विदेशस्थित नेपालीहरूसँग सहकार्य र गैरआवासीय नेपालीको सीप प्रयोग गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिएको स्पष्ट गरे। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रशासन सुधार र बहुक्षेत्रीय पोषण योजनाका लागि तीन तहका सरकारबीच समन्वय भई बजेट प्रयोग भइरहेको बताए। भूमि…
झापा, १७ असार । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल र सात वटा गोठमा क्षति भएको छ भने १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ । यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन्…
झापा, १७ असार । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड नगरपालिका-४ का ३२ बर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का २६ बर्षीय बिर बहादुर राजबंशीलाई ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर–१५ स्थितबाट मोरङको शनिश्चरे–८ का ३२ बर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको…
सन्तोष शर्माझापा, १७ असार । झापामा कोभिड–१९ विरुद्धको १५ हजार डोज खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिड–१९ विरुद्धको १५ हजार डोज फाइजर खोप आएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं”, उहाँले भन्नुभयो, “अब नयाँ तालिका अनुसार खोप कार्यक्रम अघि बढ्छ ।” नयाँ खोप तालिका अनुसार पाँच प्रकारका जनसंख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताउनुभयो । त्यस्तै, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिका उमेरका अन्य…
सन्तोष शर्माझापा, १७ असार । झापा लागुऔषध ब्राउनसुगरसहित करिब पाँच सय जना पक्राउ परेका छन् । जिल्लामा चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार १२ गतेसम्ममा लागुऔषध ब्राउनसुगरसहित चार सय ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये चार सय ६७ जना (चार सय ४५ जना पुरुष, २२ महिला) नेपाली रहेका छन् भने २७ जना (२६ जना पुरुष, एक जना महिला) भारतीय नागरिक रहेका छन् । जिल्लामा लागुऔषध ब्राउनसुगर बरामद हुने क्रम बढेको छ । पछिल्लो तीन वर्षमा जिल्लामा छ किलो एक सय ३७ ग्राम ८१९ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।…
बिर्तामोड, १७ असार । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्ड कालोपत्रे गरिएको छ। संघीय सरकारको रु १ करोडको बजेटमा उक्त सडक स्तरोन्नति गरिएको हो । कास्कीस्थित खप्तड कन्स्ट्रक्सन प्रा।लि।ले ठेक्का लिएर सडक निर्माणको काम सम्पन्न गरेको हो । झण्डै ४० वर्ष पुरानो सो सडक पहिलोपटक कालोपत्रे भएको हो । लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण समस्या भोग्दै आएका स्थानीयवासी कालोपत्रे सडक सञ्चालनमा आएपछि खुसी व्यक्त गरेका छन् । सडकको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल लगायतले अनुगमन गर्नुभयो…
शिवसताक्षी, १७ असार । झापाको शिवसताक्षी नगरपालिकामा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्वयम्सेविकाको रुपमा योगदान पुर्याएका दुई महिला स्वयमसेवीकालाई सम्मानसहित विदाई गरिएको छ। नगरपालिकामा विसं. २०५६ सालदेखि कार्यरत बृन्दादेवी पोख्रेल र २०४६ सालदेखि कार्यरत तुलसा घिमिरेलाई औपचारिक रुपमा विदाई गरिएको हो। अनिवार्य अवकास प्राप्त गरेका उनीहरूलाई नगरपालिकाले नगदसहित सम्मान प्रदान गरेको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले संयुक्त रूपमा दुबै स्वयमसेवीकालाई सम्मान गरेका थिए। नगरपालिकाले उनीहरूलाई जनही रु। १ लाख पुरस्कार राशी प्रदान गरेको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङफेले लामो समयसम्म समाज र समुदायको सेवामा समर्पित भई स्वास्थ्य क्षेत्रमा…
ताप्लेजुङ, १७ असार । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् । बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।