jhapaonline add

रोल्पा, २ साउन । अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ सिरवारीका ५७ वर्षीय देउप्रसाद घर्तीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। शनिबार बिहान बाटो हिँडिरहेका बेला सडक माथिबाट अचानक खसेको पहिरोले उहाँलाई पुरेको थियो। घटनाबारे बिहान ५ः३० बजे इलाका प्रहरी कार्यालय पाछावाङमा जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक नरसिंह खत्रीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। बिहान ७ः२० बजे घटनास्थल पुगेको प्रहरी टोलीले घर्तीको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि गरेको हो।

Read More

झापा, २ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै सरकारी कर्मचारीको बढेको तलब साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ । सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउने र महँगीको प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरेको हो । साथै, कार्यसम्पादनका आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था पनि लागू गरिएको छ । नयाँ व्यवस्थासँगै कर्मचारीको कुल पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि भएको सरकारले जनाएको छ । तलब वृद्धिपछि निजामती, जङ्गी तथा शिक्षक कर्मचारीको ग्रेडसहित न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ र उच्च तहको तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

Read More

झापा, २ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा विकसित नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सूचना प्रविधिको प्रभाव बढ्दै गइरहेका बेला सत्यलाई तोडमरोड गरी भ्रम फैलाउने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर गलत सूचना फैलाउने प्रवृत्ति तत्कालीन राजनीतिक विषय मात्र नभई सामाजिक संस्कृति र सभ्यताको संरक्षणसँग समेत जोडिएको रणनीतिक चुनौती भएको बताउनुभयो । अध्यक्ष ओलीले सूचना प्रविधि (आईटी) को प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अब आफ्ना कमजोरी सुधार…

Read More

झापा, २ साउन । दाइजोको विषयलाई लिएर एक महिलाको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ राय रहेका छन् । उनीमाथि २०६५ साल भदौ ३ गते बिहान करिब ९ बजे दाइजोको विवादका कारण २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ । गम्भीर घाइते चन्द्रिकाको प्रारम्भिक उपचारका लागि भारतको बिहार राज्यस्थित पटना लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला…

Read More

झापा, २ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा…

Read More

झापा, १ साउन । झापाको बिर्तामोडबाट ३१ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ करिब ५ः०० बजे बिर्तामोड नगरपालिका–५ स्थित देशाली होटलको कोठा नम्बर ४०४ मा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले होटलको कोठामा बसिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत निवासी ३६ वर्षीय कमल बर्मनलाई पक्राउ गरेको हो । उनको साथबाट प्लास्टिकसहित ३३ ग्राम ५७० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद…

Read More

काठमाडौं, १ साउन । आगामी साताभर देशभर मनसुनी गतिविधि सक्रिय रहने र साताको मध्यतिर विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ। यसका कारण साताभर देशभर वर्षाको गतिविधि सक्रिय रहनेछ। हिमाली क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताको सुरु र मध्यतिर मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको छ। साताको सुरु र अन्त्यमा एक–दुई स्थान…

Read More

काठमाडौ, १ साउन । युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको छ । पूर्वी युगान्डामा शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ । पछिल्ला वर्षहरूमा बालबालिका संलग्न भएका गाडी दुर्घटनाहरूमध्ये यो देशकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो । गएराति कापचोरवा क्षेत्रमा भएको दुर्घटनामा कर्मचारीलगायत अन्य धेरै व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि सङ्ख्या उल्लेख छैन । स्थानीय अधिकारीहरूका अनुसार चेकवाटिट पहाडमा चालकले नियन्त्रण गुमाउनुअघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सडकको यो खण्डमा यसअघि पनि धेरै गम्भीर दुर्घटनाहरू भइसकेका खबरमा उल्लेख छ । विद्यार्थीहरू पर्यटकीय…

Read More

बिर्तामोड, १ साउन । दोस्रो स्थापना दिवसको अवसरमा वैदेशिक रोजगार व्यवसायी संघ झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ। संघका प्रथम उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संघकी महिला उपाध्यक्ष सरिता बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि शर्मा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा बिर्तामोड–१ का वडा सदस्य टेकबहादुर अधिकारीले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गर्दै रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। महासंघका अध्यक्ष गिरीले वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठनले विगतमा बाढी–पहिरोलगायत विभिन्न विपद्का…

Read More

झापा, १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिण्य)को स्मृतिमा प्रदान गरिँदै आएको ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा) लाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले स्थापना गरेको उक्त पुरस्कार यो बर्ष तिम्सिनालाई प्रदान गर्न लागिएको हो । झापाको बिर्तामोडमा शुक्रबार बसेको समितिको बैठकले ठोस खवर डट कमका सम्पादक तिम्सिनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसको अवसरमा बिर्तामोडमा एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने प्रेस सेन्टर नेपाल झापाका सचिव प्रकाश उप्रेतीले जानकारी दिए । प्रत्येक बर्ष प्रदान गरिँदै आएको पुरस्कारको…

Read More