jhapaonline add

राजेश ढुंगाना मलाईयुगौँदेखि उसको हैकमलेमान्छे बन्नबाट रोकेको छउसले मलाईमात्र एक थाल भातमाथन्क्याएको छपिंजडाको सुगा पनिबोल्नस्वतन्त्र होला बरुमेरो भनेजिब्रोबाट आवाज थुतेरबोलीबन्द गराइएको छहोअहिलेसम्मनिरन्तर सदैवम बाटमेरो म खोसिएको छमलाईएक अंगुल बचाएरएक हात मारिएको छ् !

Read More

झापा, ८ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितबाट लागू औषध ब्राउनसुगरसहित २ जनालाई र नियन्त्रित औषधीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी, मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाइकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउँदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाइकल चालक मोरङको…

Read More

झापा, ८ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन…

Read More

भद्रपुर, ८ कात्तिक । क्लब बांग्ला भद्रपुरद्वारा आयोजित ९ औं श्री सार्वजनिक काली पूजा स्थलमा शुक्रबार भएको निःशुल्क आँखा शिविरमा २८२ जनाले सेवा लिएका छन्। शिविर मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । जाँचका क्रममा २८ जनामा मोतीबिन्दु देखिएको अस्पतालले जनाएको छ। ती बिरामीहरूको निःशुल्क शल्यक्रिया मेची आँखा उपचार केन्द्र भद्रपुरमा गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिए। शिविरमा नेत्र अधिकृत तथा ओपिडी इन्चार्ज सन्तोष कर्ण, नेत्र सहायक चन्द्रराज साह, दुर्गा राजवंशी लगायतले बिरामीहरूको आँखा परीक्षण गर्दै निःशुल्क औषधि वितरण गरेका थिए। पूजा समितिका संयोजक विजय साहका अनुसार क्लबले धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै…

Read More

झापा, ८ कात्तिक । शुक्रबार साँझ ७ बजे झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेचीपुल क्षेत्रमा लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका स्थानीय अशोक राजवंशी (२१ वर्ष) र रिचार्ड श्रेष्ठ (२२ वर्ष) लाई संकास्पद अवस्थामा देखेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा अशोक राजवंशीको साथबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषध २ ग्राम ३०० मिलिग्राम र रिचार्ड श्रेष्ठको साथबाट ३८० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैको साथबाट कूल २ ग्राम ६८० मिलिग्राम लागुऔषध (प्लास्टिक बाहेक) बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका…

Read More

झापा, ८ कात्तिक । आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि झापासहित देशभ नदी तथा तलाउहरुमा घाट यतिबेला सिँगार्ने काम भइरहेको छ । झापाको भद्रपुर–५ स्थित मेची नदीमा पूर्वको सबैभन्दा ठूलो छर्व हुने गर्दछ भने बिर्तामोडको अदुवा खोला, कनकाईको बिरीङ, कन्काई माई, मेचीनगरको टाङटिङ निन्दा लगायतका दर्जनौं खोला–नदीहरुमा समेत छठ पूजा गर्ने गरिएको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर छन्। आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायतको पिठोबाट छठको सामग्री बनाउने गरिन्छ। त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेको बजारमा अहिले भीड लागेको छ ।…

Read More

झापा, ८ कात्तिक । यतिबेला देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ। महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी…

Read More

बिर्तामोड, ७ कात्तिक । झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको…

Read More

जेरुसेलम, ७ कात्तिक । इजरायली र अमेरिकी वैज्ञानिकहरूको संयुक्त टोलीले मानव कोशिकाको न्युक्लियसमा प्रवेश र निर्गमन नियन्त्रित गर्ने सूक्ष्म ‘गेटवे’ प्रणालीबारे अभूतपूर्व खोज गरेको छ। उक्त खोजले क्यान्सर, अल्जाइमर र एएलएस जस्ता गम्भीर रोगहरूको अध्ययनमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ। अनुसन्धानको घोषणा जेरुसेलमस्थित हिब्रू विश्वविद्यालयले गरेको हो। हिब्रू विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोको क्वान्टिटेटिभ बायोसाइन्सेज इन्स्टिच्युट (क्युबिआई), द रकफेलर युनिभर्सिटी र अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका वैज्ञानिकहरू संलग्न उक्त टोलीले कोशिकाको न्युक्लियसमा हुने आणविक आवागमनलाई नियन्त्रित गर्ने संरचना—न्युक्लियर पोर कम्प्लेक्स (एनपिसी)—बारे नयाँ मोडेल प्रस्तुत गरेका छन्। एनपिसीहरू मानव कपालको चौडाइको करिब पाँच सयौँ भाग बराबरका सूक्ष्म संरचना हुन्, जसले…

Read More

मोरङ, ७ कात्तिक । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरी मनाइरहेको छ। छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले हालसम्म छ महिना पूरा गरिसकेको छ। भारतको बिहार राज्यका कमलेश शर्मा परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन्। इलामको कन्याममा भेटिएका शर्माले यसपटकको भ्रमण सहज र रमाइलो भएको अनुभव सुनाए। “पहिले साथीहरूसँग नेपाल आएको थिएँ, तर यो पहिलोपटक परिवारसहित आएको हुँ,” उनले भने। शर्मा भन्छन्, “सस्तो मूल्यमा स्तरीय होटलमा बस्न पाइएको छ, अरु भारतीय पर्यटक पनि नेपाल घुम्न रुचाउँछन्।” पर्यटन वर्षको सुरुआती तीन महिनामा (वैशाख, जेठ, असार)…

Read More