jhapaonline add

झापा, ४ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१४ धुवागढी निवासी ४० वर्षीय विरबहादुर भुजेलको उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक १ गते दिउँसो आफ्नै एक तले घरको छतबाट अचानक लडेर गम्भीर घाइते भएका भुजेलको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहेका क्रममा कात्तिक ३ गते साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मृत्युपछि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कास्की, ४ कात्तिक । प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरूबाट नगद रु छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरूलाई निगरानी गरिरहेको छ ।” प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ । यसैगरी…

Read More

कैलाली, ४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाइएमा कानुनी कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्। किसानहरूबाट समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोनमार्फत सम्पर्क गरी तत्काल अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले किसानले सरकारले तोकेको मूल्य पाउनैपर्नेमा जोड दिँदै व्यापारीले उल्लंघन गरे कारवाही गर्न स्पष्ट निर्देशन दिएका छन्। २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्वीन्टल रु ३,४६३.८१ र मध्यम धानको मूल्य रु ३,६२८.३३ निर्धारण गरिएको जानकारी दिएका थिए। उक्त मूल्यमा धान खरिद बिक्री गर्न र…

Read More

झापा, ४ कात्तिक । दीपावली सकिएलगत्तै नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न नसकेका चार उद्योगको विद्युत् आपूर्ति रोक्दै लाइन काटेको छ । तीमध्ये प्रमुख रूपमा घोराही सिमेन्ट (सगरमाथा सिमेन्ट) को लाइन आज बिहान ६ः२० देखि ७ः०० बजेसम्मको बीचमा काटिएको हो। प्राधिकरणका अनुसार, घोराही सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत लिएको विद्युत् सेवाको प्रिमियम महसुल तिर्न बाँकी रहेको छ। कुल बक्यौता रकम ५० करोड ८५ लाख रुपैयाँ पुगेको छ। यसअघि प्राधिकरणले २१ दिनको अन्तिम अल्टिमेटम दिएर बक्यौता भुक्तानी गर्न आग्रह गरेको थियो। तर, कम्पनीले किस्ताबन्दीमा तिर्ने सरकारी प्रस्तावमा चासो नदेखाएपछि लाइन काटिएको घोराही विद्युत् प्राधिकरणका प्रमुख दिवाकर प्याकुरेलले…

Read More

झापा, ४ कात्तिक । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ नेपाली नागरिकका परिवारलाई सरकारले १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा किरिया खर्च उपलब्ध गराएको छ। गृह मन्त्रालयका अनुसार तीमध्ये ४९ जनाका परिवारले सहायता प्राप्त गरिसकेका छन् भने बाँकी ४ जनालाई बुझाउने प्रक्रिया जारी छ। भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र ५ लाख रुपैयाँ किरिया तथा अन्य खर्चका लागि दिने निर्णय गरेको थियो। आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीहरूलाई भने यो सहायता लागू नहुने स्पष्ट गरिएको छ। परिवारको आग्रहअनुसार मृतकका शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम जिल्लाहरूमा हेलिकप्टरको व्यवस्था…

Read More

वीरगञ्ज, ४ कात्तिक । दीपावलीको मुख्य आकर्षण लक्ष्मीपूजा सम्पन्न भएसँगै वीरगंजसहित तराई मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी उत्साहपूर्वक सुरु भएको छ। भोजपुरा संस्कृतिको केन्द्र मानिने वीरगंजमा दीपावलीपछि छठ पर्व विशेष उमङ्गका साथ मनाइने परम्परा छ। आज बिहानैदेखि वीरगंजको घण्टाघर र माइस्थान क्षेत्रमा छठ पर्वमा प्रयोग हुने माटाका सामग्री—जस्तै दियो, पाला आदि—बेच्नेहरूको भीड लागेको छ। बजारमा नयाँ कपडा, जुत्ता, फलफूल, बासका सामानहरू पनि तिव्र रूपमा विक्री भइरहेको छ, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ। वीरगंज महानगरपालिका तथा विभिन्न सामाजिक संघसंस्थाहरूले छठ पर्वका लागि घाटहरूको सरसफाइ र शृङ्गारको काम सुरु गरिसकेका छन्। विशेषतः घडिअर्वा पोखरी परिसरलाई आकर्षक रूपमा सजाउने कार्य तीव्र गतिमा…

Read More

कञ्चनपुर, ४ कात्तिक । इजरायलमा हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको मंगलबार महाकाली आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट सुरु भएको शवयात्रा महाकाली आर्यघाटमा पुगेर सम्पन्न भयो। जोशीको पार्थिव शरीरमा उनका पिता महानन्द जोशीले दागबत्ती दिनुभयो भने सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्‍यो। दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससहित इजरायली प्रतिनिधिमण्डलको सहभागिता थियो। साथै, पूर्वपरराष्ट्र मन्त्री एनपी साउद, पूर्वसांसदहरू, प्रदेश सरकारका मन्त्री तथा सांसदहरू, स्थानीय जनप्रतिनिधि र हजारौँ नागरिकहरूले जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे। विपिनको शव सोमबार साँझ ८ः१५ बजे महेन्द्रनगरस्थित घरमा ल्याइएको थियो। फ्लाई…

Read More

झापा, ३ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध, नगद र सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाको सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दोलखा झ्याकु गाविस–५ का नङ्गबहादुर बस्नेतलाई आइतबार लागुऔषध, नगद र सुनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा बस्नेतको साथबाट ब्राउनसुगर जस्तो देखिने ४०.१८ ग्राम खैरो पदार्थ, रू १० लाख ५१ हजार एक सय २० र ९०.५४० ग्राम सुन (१ थान सिक्री र २ थान औंठी) बरामद गरिएको उहाँले बताउनुभयो…

Read More

ताप्लेजुङ, ३ कात्तिक । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्नमा व्यस्त छन्। मुख्य टिपाइ सिजन चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन्। बिहानदेखि बेलुकीसम्म बगानमै खटिने किसानहरू रात पनि भट्टिमै बस्न थालेका छन्। फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईवस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् भने बाँकी सबै बगानमै बास बस्छन्। ‘अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जान्छ,’ उनले भने। फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा त झन एक महिनादेखि बगानमै बसिरहेका छन्। दसैँ परिवारसहित बगानमै मनाएका उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन्। ‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ,’…

Read More

बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोडमा ‘इको म्युजिक फेष्ट’ कार्यक्रम हुने भएको छ । चाहना समूह बिर्तामोड–५ र इभन एन संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते इको म्युजिक फेष्ट कार्यक्रम हुने भएको हो । स्वर पूर्ण राई दाजुभाईहरु ब्याण्डको विशेष प्रस्तुती रहने म्युजिक फेस्टमा गेष्ट आर्टिस्टका रुपमा अर्नभ वन रहने छन् । आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लागुऔषध दुव्र्यसनीमा फँसेका युवालाई समाजमा पुनस्र्थापित गर्ने उद्देश्यले इको म्युजिक फेष्ट गर्न लागिएको कार्यक्रम संयोजक जीवन भण्डारीले जानकारी दिनुभयो । बिर्तामोड नगर क्षेत्र पछिल्लो समय लागुऔषध प्रयोगकर्ता र कारोबार बढेको बताउनुहुँदै लागुऔषधको दलदलमा फँसेका युवालाई दलदलबाट निकाल्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । कार्यक्रमबाट…

Read More