
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, १३ साउन । नेपाल जेसीजको ५३ औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी पूस ८ देखि १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुने भएको छ । भद्रपुर जेसीजको आतिथ्यमा हुन लागेको महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको आज भद्रपुरस्थित प्रेस क्लबको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको हो । आयोजकका अनुसार, देशभरका करिब २०० शाखाबाट प्रति शाखा सात प्रतिनिधि र पाँच पर्यवेक्षकका दरले गरी करिब ३ हजार २०० जनाको सहभागिता रहने छ । तीमध्ये करिब १ हजार ९ सय जनाका लागि आवास सहितको व्यवस्था गरिएको छ । पूर्वराष्ट्रिय अध्यक्ष, पूर्वशाखा अध्यक्ष तथा वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरू…
झापा, १३ साउन । झापा, सुनसरी, तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार साउन १२ गते झापाको झापा गाउँपालिका–३ बाट प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको संयुक्त टोलीले भारतको किशनगञ्ज निवासी एमडी फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र BR 37AB 5859 नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। त्यसैगरी, सुनसरीको धरान–१५ बाट इलाका प्रहरी कार्यालय धरानले स्थानीय बासु बुढाथोकी र धरान–१० का युकेश मगरलाई इमाडोल र डिकोलिक गरी ४ हजार ६१५ पिस लागूऔषधसहित नियन्त्रणमा लिएको छ। तेह्रथुममा प्रहरी चौकी जिरीखिम्तीको…
कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमध्ये दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्।प्रहरीले…
झापा, १३ साउन । झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान भद्रपुर नगरपालिका–४ स्थित एग्रो कार्यालय नजिक मायालु वन क्षेत्रमा करेन्ट लागेर स्थानीय ६५ वर्षीया सन ज्योति लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बुले आफ्नै बारीमा हाती धपाउनका लागि लगाएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर उनी ढलेकी थिइन् । उनलाई लडिरहेको अवस्थामा उनकी बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे प्रहरी चौकी महेशपुरलाई जानकारी गराएकी थिइन् । सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा लिम्बुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले…
झापा, १३ साउन । झापाको भद्रपुरमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजे भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्कँदै गरेकी भद्रपुर–९ निवासी खड्कालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए। उपचारका क्रममा बिहान ११:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय…
मेचीनगर, १३ साउन । झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बामा फ्रिजको तार सर्ट हुँदा आगलागी भई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ३ः५० बजे स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडाबर्तन, चामल, एउटा मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन । स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो बिहान ४ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप…
झापा, १३ साउन । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा र सम्मानका साथ मनाइँदैछ। ज्ञान, शिक्षा र दीक्षा प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै विभिन्न विद्यालय, गुरुकुल तथा संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। हिन्दू शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिएको छ। त्यसैले शास्त्रमा ‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः’ भन्ने श्लोकमार्फत गुरुको महिमा वर्णन गरिएको छ। गुरुलाई माता–पितासरह सम्मान दिँदै ‘आचार्यदेवो भव’ भन्ने मान्यता पनि प्रचलित छ। यस अवसरमा विद्यार्थी तथा शिष्यहरूले आफ्ना गुरुजनप्रति…
व्यंग्यनारान पाँडे कुलती मोराहरू सधैं त्यस्तै त हुन् नि !… आज चाहिं कमरेड हरिराम बाजे र ऐंसेलु झाँगे बाटैदेखि एकले अर्काेको नाकमा औंला पु¥याउँदै, ठूल्ठूलो लर्बरे स्वरमा, ठोलाबाजी गर्दै आइरहेको पाँडेले बार्दलीबाटै देख्यो । यी दुई यस टोलका, उन्नाइस–बीस फरक भए पनि, दुबै आ–आफ्नै लयका अनौठा खलनायक त हुँदै हुन् ! तैपनि आजको एक्लो र निरस बसाइमा मनले कुनै बहलिने विषय खोजिरहेको थियो र यस्तै बकम्फुसे भनाबैरी सुन्न पनि मज्जै लागेको थियो पाँडेलाई ! ती दुई उत्ति मातेका त थिएनन्, तर नमातेका पनि थिएनन् । ती दुई यसबेला दैनिक नै इण्डिया–बिहारको गलगलिया, खोरीबारी, पीडब्लुडी मोड, अधिकारी, बतासी इत्यादि नामका बजारहरू…
झापा, १३ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र…
झापा, १३ साउन । सरकारले महिला कर्मचारीले पाउने सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने प्रस्ताव अघि सारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। मन्त्रालयले साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार तयार गरिएको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ बमोजिम सार्वजनिक गर्दै सर्वसाधारणको राय तथा सुझाव मागेको छ। इच्छुक व्यक्ति वा संस्थाले साउन १२ गतेभित्र आफ्नो सुझाव पेश गर्न सक्नेछन्। प्रस्तावित संशोधनअनुसार ऐनको दफा १३ को उपदफा (१) मा रहेको ‘कम्तीमा ९८ दिन’ भन्ने व्यवस्थालाई हटाएर ‘६ महिना’ बनाइनेछ। यो…