
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाण्डौ, २८ असार । नेपालले टी–२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । आज प्रकाशन भएको खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ । नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी(२० आई सिरिज खेल्नेछ ।…
बिर्तामोड, २८ असार । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले बी टेच इन एआई कक्षा सञ्चालन गर्ने भएको छ । मौसलका विद्यार्थीहरुलाई आधुनिक प्रविधिको शिक्षा उपलब्ध गराउने उद्देश्यले महाविद्यालयले यसै शैक्षिक सत्र २०८२ देखि बी टेच इन एआई कक्षा सञ्चालन गर्न लागेको हो । आज आयोजित पत्रकार सम्मेलनमा महाविद्यालयका प्राचार्य डाक्टर रूपकप्रसाद खनालले युग सापेक्ष शिक्षा दिने उद्देश्यले बी टेच इन एआई कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । यस वर्षदेखि सञ्चालन हुने बी टेच इन एआई कक्षामा ४८ जना विद्यार्थी भर्ना हुन सक्ने प्राचार्य खनालले बताउनुभयो । कम आर्थिक अवस्था भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको…
झापा, २८ असार । झापाको कनकाई नगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार आज प्रधानमन्त्री ओलीको हातबाट कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई उद्योग वाणिज्य संघको हलमा धनीपुर्जा वितरण गरिने भएकोह हो । २०७४ सालदेखि सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा दलित समुदायका लागि धनीपुर्जा वितरणको कार्यक्रम सञ्चालन हुँदै आएको नगरपालिकाले जनाएको छ। यसअघि १ सय ६० जनालाई धनीपुर्जा वितरण गरिसकिएको तथ्यांकमा उल्लेख छ। यसपटक वडानम्बर ३ मा भुमिहिन सुकुम्बासी ५३ जना, दलित ३ जना र अव्यवस्थित बसोबासीका आधारमा ७१ जनाले गरी कुल १ सय २७ जनाले…
बैतडी, २८ असार । बैतडीको पाटन–६ खिपालीमा शुक्रबार बिहान साढे ५ बजे जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्नातर्फ गइरहेको सुप प्र ०१–००१ ज १३७२ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, ५१ वर्षीया कलमा धामी, ३२ वर्षीय किरण बोहरा, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट र चालक २४ वर्षीय सन्तोष बहादुर राना घाइते भएका हुन्। प्रहरीका अनुसार चालक सन्तोष राना, कलमा धामी र किरण बोहराको अवस्था…
झापा, २८ असार । बाँकेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बैजनाथ–१ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । स्थानीय तीन जना महिला शुक्रबार बिहान घाँस काट्न भनेर गाउँ नजिकैको बर्दिया निकुञ्जको जंगलमा गएका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्न थालेपछि बुढासँगै रहेका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन् । मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ ।
झापा, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। शनिबार देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम…
बिर्तामोड , २७ असार । गुरुङ जातिको प्रमुख थातथलो रूपमा रहको गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न संवैधानिक व्यवस्थाले कानुनी मान्यता पाएपछि यति बेला देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायमा हर्ष छाएको छ । शुक्रबार झापाको वितामोडको मुक्तिचोकमा पनि एक कार्यक्रमका बीच आज साँझ दिप प्रज्वलन गरि खुशीयाली मनाएका छन् । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला कार्यसमिति , तमुस्यो महिला झापा जिल्ला कार्यसमिति , तमु विद्यार्थी झापा जिल्ला कार्यसमिति, ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर कार्य समिति , अर्जुनधारा नगर कार्य समिति लगाएतको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो…
काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत पत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा मानवसेवा आश्रम, रानीवन सेवा केन्द्र काठमाडौँमा पुगेर उहाँलाई स्मरण गरेका छन्। उनले पत्नीको स्मृतिलाई दिगो राख्न तथा सबैलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले स्मृति दिवसलाई आश्रममा आश्रित मानवहरूसँग मनाएका हुन्। सो अवसरमा २५० सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूका लागि खाद्यान्न सामग्री र रु एक लाख नगद सहयोग प्रदान गरिएको थियो। साथै, अध्यक्ष दाहालले आफ्नै हातले भोजन वितरण गरे। कार्यक्रममा दाहालले प्रधानमन्त्री रहेका बेला हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेका अनुभव स्मरण गर्दै, सरकारको जिम्मेवारी मानवसेवा आश्रमले निर्वाह गरिरहेको…
झापा, २७ असार । रसुवाको माथिल्लो जलाधार क्षेत्रस्थित हिमताल विस्फोटपछि मङ्गलबार आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुई शव फेला परेसँगै यो सङ्ख्या पुगेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार बाढीबाट प्रभावित भई अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका ८६२ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म एक जनाको शव सनाखत भएको छ भने अन्यको सनाखत हुन सकेको छैन। कतिपयको अवस्थाले चिन्न गाह्रो भएको र कतिपय शवमा केवल मानव अङ्गहरू मात्र फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार १९ जना अझै बेपत्ता छन्।…
झापा, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता हुने भएको छ। अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले आज पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सहमति पत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको उल्लेख गरिएको छ। साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै दुबै पक्ष एकताबद्ध हुने सहमति भएको बताइएको छ। एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गरिनेछ। उहाँका अनुसार लामो समयदेखि दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक…