
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
राबाश भद्रपुर, २९ असार । २१२ औं भानु जयन्ती उत्साहप्रद रूपमा यहाँ भव्य सहभागिताका साथ आज सम्पन्न भएको छ । भद्रपुर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजना र देवकोटा स्मृति भवनको सहकार्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल प्रमुख अतिथि र उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको स्थानीय भानु चोकस्थित शालिकमा माल्यार्पण गरेर गरिएको थियो । त्यसपछि भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको साहित्यिक कार्यक्रमको शुरुवात बटुकहरूद्वारा रामायण पाठ गरेर गरिएको थियो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो साहित्यिक सभामा प्रा.डा. गंगाप्रसाद अधिकारी तथा साहित्यकारहरू होम सुवेदी, चूडामणि…
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला फैलाएको आरोप लगाएका छन् । आइतबार दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता प्रचारप्रति जवाफ दिन आवश्यक नरहेको बताए । विश्व बैंकको सहयोगमा निर्माण भएको उक्त ४.८६ किमी सडक नेपालभरका १७ गौरवका आयोजनामध्ये एक हो । रु ४४ करोड २४ लाख लागतको सडक समयमै सम्पन्न भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको लहर ल्याउने अभियानअन्तर्गत यो आयोजनालाई नमुना परियोजनाको रूपमा उल्लेख गरे । उनले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माणको घोषणा गर्दै,…
मोरङ, २९ असार । कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले झण्डै ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ। गए राति कटहरी प्रहरी चौकीबाट खटिएको टोलीले को.१ ख. ४५१८ नम्बरको ट्रक जाँच गर्दा १०५ बोरा गाँजासहितको उक्त ट्रक फेला परेको हो। प्रहरीलाई देख्नेबित्तिकै ट्रक चालक फरार भएको जनाइएको छ। हाल फरार चालकको खोजी कार्य तीव्र पारिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बिर्तामोड नगरपालिकाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी सूचना
देवेन्द्र किशोर ढुङ्गानातिम्रो यो कोमल मुस्कानम कसम खान्छु, मेरो ज्यान लिन्छ।तिम्रो मुस्कान,मेरो शान्तितिम्रो मुस्कानमा मेरो सबैथोक छजबम तिमीलाई सम्झन्छु,मलाई सम्झन्छुतिम्रो मुस्कानजसलेमलाई प्रेममा पार्छ तिम्रो मुस्कान,मानौं कसैले सुमधुर धुन बजायोर हृदयमा शान्तिले भरिएको मुस्कान। मानिसहरू मनको शान्तिको लागि धेरै कुरा गर्छन्तिनीहरू मन्दिर, मस्जिद, चारै धाम जान्छन्कोहीअल्लाह भन्छन्,कोही राम भन्छन्तरतिम्रो एउटा मुस्कान मेरो लागिपर्याप्त छl जसले जीवनलाई जीवन दिन्छमनको आँधीबेहरीबाट राहत पाउँछ।तिम्रो साथ र त्यो सधैं परिचित मुस्कानम हृदयकोकुरा बुझ्छुतिम्रो मनमाके भइरहेको छके तिमी खुसी छौ कि कुनै कुरालेदुखी छौ lजब तिमीदुःखी हुन्छौ,जीवन उजाड लाग्छतिम्रो मुस्कानले जीवन मधुवन जस्तो लाग्छ lभद्रपुर, झापा
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी सबै समस्या समाधान हुने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई शनिबार जग्गा धनीपूर्जा वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले भूमिसम्बन्धी कानूनी र व्यावहारिक दुवै प्रकारका समस्या समाधान गरिने बताउनुभयो । केही कानूनी जटिलताले काम गर्न समय लागेको बताउनुहुँदै उहाँले अब सबै प्रकारका जटिलताको समाधान गरिने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिको अधिकतम् प्रयोग गर्न जोड समेत दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्दै अधिकतम् लाभ लिनुपर्नेमा जोड दिनुभयो । “आधुनिक ढंगले कृषि कसरी गर्ने ? नयाँ नयाँ बाली कसरी लगाउने ? बढी प्रतिफल दिने बाली कसरी…
झापा, २८ असार । भारत मध्य प्रदेशको बैतुल जिल्लाको माछीस्थित एक प्राथमिक विद्यालयमा शनिबार कक्षा ५ का दुई विद्यार्थी पुरानो मोबाइल फोनको ब्याट्री प्रयोग गरी बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, विस्फोटमा एक विद्यार्थीको दाहिने हातका दुई औँला क्षतविक्षत भएका छन् भने एउटा औँला भुइँमा खसेको छ। अर्का विद्यार्थी पनि घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा विद्यार्थी अलकेसले फोहोरमा फेला परेको पुरानो ब्याट्री विद्यालय ल्याएको खुलासा भएको छ। खाजा खाने समयमा अलकेस र उनका साथी भावेशले तार जोडेर बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको हो। प्रधानाध्यापकका अनुसार घाइते विद्यार्थीलाई झल्लरको सरकारी अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा भर्ना…
झापा, २८ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई नेपालीमा भावानुवाद गरेर प्रस्तुत गरेको ‘रामायण’ नेपाली जनतामाझ लोकप्रिय छ। उक्त रामायण अझै पनि घरघरमा सस्वर पाठ गरिन्छ। नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्ने काम राजा पृथ्वीनारायण शाहले गरेझैं, भानुभक्तले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट सांस्कृतिक एकीकरण गर्नुभएको मानिन्छ। उहाँ विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएको थियो। रामायण र भानुभक्तको प्रेरणाभानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने प्रेरणाबाट रामायण नेपालीमा रचना गर्ने उत्साह मिलेको मानिन्छ।…
झापा, २९ असार । आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । त्यस्तै, आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।…
झापा, २८ असार । पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा योगदान पुर्याएको भन्दै न्यूज सञ्जाल डटकमका सम्पादक एवं नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष रमेश समदर्शी राईसहित मोरङ र सुनसरीका सञ्चारकर्मी अभयकुमार राई, सुमन सुस्केरा तथा रमा दाहाललाई कोशी प्रदेश खेलकुद विकास बोर्डले जनही रु १० हजारसहित सम्मान गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीलाई पनि जनही रु ५ हजारदेखि रु १२ हजारसम्म नगदसहित सम्मान गरिएको थियो। राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश तथा राष्ट्रियस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरियो। निजी क्षेत्रबाट खेल प्रवर्धनमा योगदान पुर्याएको भन्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई जनही रु ११…