
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
विराटनगर, २० असार । झापा, सुनसरी, धनकुटा र उदयपुरबाट लागू औषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सनिश्चितता अभियान अन्तरगत लागू औषध नियन्त्रण गर्ने कार्य योजना अनुसार सम्बन्धित एरिया इलाकाहरुबाट परिचालन भएको प्रहरी टोलीले पक्राउ परेका व्यात्तिहरुको साथबाट १४ ग्राम ७ सय ५४ मिलिग्राम ब्राउन सुगर र ६० किलो ६५ ग्राम ७२० मिलिग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
विराटनगर, २० असार । विराटनगर बसपार्कमा शुक्रबार रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लागेको छ। स्थानीयका अनुसार को १ ज ३०२३ नम्बरको म्याजिक जिपमा आफैँ दनदनी आगो सल्किएको हो। विराटनगर बसपार्कको पूर्वतर्फ जाने बाटोमा रोकिराखेको म्याजिक ब्यान्डमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ। अहिलेसम्म क्षति तथा घटनाको विस्तृत विवरण आइसकेको छैन।
मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् । स्वस्थकर खाना – जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल, सागसब्जी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ । यसका अलावा अन्य पोषक तत्वको पनि जरुरत पर्छ । गीतसंगीत – बिभिन्न ब्यस्तताका कारण मस्तिष्कमा अनावश्यक भार पर्ने गर्छ । त्यसैले मस्तिष्क स्वस्थ राख्नको लागि समय समयमा बिभिन्न किसिमका गीतसंगीत सुन्नु जरुरी हुन्छ । यसले मन प्रशन्न…
फिल्म ‘कुम्भ’ मङ्सिर १२ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट यो मिति तय गरेको हो । फिल्म रन्धिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी गरेर दुई भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय छ। एक्सन विधामा निर्माण भएको ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका छ। छायाङ्कन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेको फिल्ममा द्वन्द्व निर्देशन सम्राट् बस्नेतको छ। रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश शाहको…
सुनसरी, २० असार । नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ। प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता यही असार ३० गते समापन हुनेछ। नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ। साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन्। रासस
भद्रपुर, २० असार । झापाको भद्रपुर नगरपालिकाले १४ जना छात्रलाई छात्रवृत्ति प्रदान गरेको छ । भद्रपुर-७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत कक्षा-११ का १२ जना छात्रालाई जनही १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । नगरले प्रदान गरेको छात्रवृत्तिले उनीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग मिल्ने नगरप्रमुख गणेश पोखरेलले विश्वास व्यक्त गर्नुभयो । उच्च शिक्षा हासिल गरेर विद्यार्थीले भविष्य निर्माण गरे उनीहरूको सफलता नै नगरको सफलता हुने उहाँले बताउनुभयो । नगरपालिकाले १४ जना छात्रालाई १ लाख६८ हजार छात्रवृत्ति बापत वितरण गरेको हो ।
झापा, २० असार । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपाल प्रवेश गर्ने क्रममा लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिहीबार राति ९ः०० बजे मे.८ प. १५८५ नम्बरको टीभीएस मोटरसाइकललाई शंका लागि मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिक चेकजाँच गरिएको थियो । सो क्रममा मोटरसाइकलको च्यासिस भागमा विशेष रूपमा बनाइएको प्वालभित्र सेतो प्लास्टिकको पोका फेला परेको थियो । डिजिटल तराजुबाट तौल गर्दा सो पोका प्लास्टिकसहित ५ ग्राम र प्लास्टिक बाहेक ४ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ रहेको पुष्टि भएको प्रहरीको भनाइ छ। घटनासँग सम्बन्धित मोटरसाइकल चालक झापा मेचीनगर–१४ धाइजन गोलबारीका २६ वर्षीय सरोज लामिछानेलाई…
सुर्खेत, २० असार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
सन्तोष शर्माझापा, २० असार । कोशी प्रदेशमा चिया क्षेत्रको प्रबद्र्धनका लागि चिया सम्बन्धी ऐन–कानूनसँगै चिया विकास बोर्डको माग गरिएको छ । चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बितामोडले बिहीबार यहाँ आयोजना गरेको ‘प्रदेश स्तरीय चिया समन्वय तथा अन्तरक्रिया’मा सहभागीले कोशी प्रदेशको कूल उत्पादनमा रू ११ अर्बको योगदान पु¥याउने चिया क्षेत्रको प्रबद्र्धनका लागि चिया सम्बन्धी ऐन–कानून र प्रादेशिक चिया विकास बोर्डको माग गरिएको हो । कोशी प्रदेशका खानेपानी, सिञ्चाई ऊर्जा मन्त्री एकराज कार्कीले चिया ऐन बनाउँदा केलाई टेकेर बनाउने भन्ने अन्योल रहेको बताउनुभयो । “संविधान र संघले बनाएको ऐन–कानूनमा नबाझिने गरी प्रदेश सरकारले ऐन–कानून बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “संघले ऐन–कानून नबनाएसम्म…
झापा, २० असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिनमा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । त्यस्तै आज रातमा कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा…