
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, १६ जेठ । झापाको कनकाई नगरपालिकामा पूर्व रिसिइबीका कारण एक युवकमाथि धारिलो हतियार प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे कनकाई नगरपालिका–५ चप्रामारी क्षेत्रमा बाह्रदशी गाउँपालिका–७ निवासी अन्दाजी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि आक्रमण भएको हो । बाटोमा हिँडिरहेका राजवंशीलाई कनकाई नगरपालिका–५ तुलसीबारी निवासी अन्दाजी २५ वर्षीय दीपक बिष्टले दाउ प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर प्रयोग गरिएको दाउसहित आरोपी बिष्टलाई नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।…
झापा, १६ जेठ । झापाको मेचीनगरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् भने केही दिनअघि सवारी दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल जमिनमा अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ ५ः३० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको थियो । हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ ।…
झापा, १६ जेठ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ । आर्थिक विधेयकअनुसार गुड, सख्खर भेलीको अन्तःशुल्क प्रतिक्वीन्टल रु १३८ बाट बढाएर रु १४० पुर्याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल रु ११० बाट बढाएर रु ११५ पुर्याइएको छ । चिनीले छोपेको वा नछोपेको तथा मिठो लेप लगाइएको वा नलगाइएको चुइगम,…
झापा, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली…
कनकाई, १५ जेठ । झापाको कनकाई नगरपालिकामा सहकारी समन्वय समिति गठन गरिएको छ । झापा जिल्ला सहकारी संघ लि.को आयोजनामा जेठ १३ गते कनकाई नगरपालिका सहकारी समन्वय समिति गठन गरिएको हो । कनकाई नगरपालिका सहकारी समन्वय समिति संयोजक कुमारमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने उपप्रमुख आशा शर्मा शिवकोटी विशिष्ट आतिथ्य रहेको थियो । भेलाले गोपाल उप्रेतीलाई (दुर्गापुर साझा सहकारी संस्था लिमिटेड) संयोजकका रुपमा चयन गरेको छ । त्यसैगरी, सहसंयोजकमा रेणुका खतिवडा (सक्षम सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड) र सचिवमा भरत थपलिया (दोमुखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड) चयन हुनुभएको…
भद्रपुर, १५ जेठ । समाजमा बढ्दै गइरहेको लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि भद्रपुरको चन्द्रगढीमा एक दिने सचेतना प्रशिक्षण सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिकाको आर्थिक साझेदारीमा चेतना नेपालको संयोजनमा भद्रपुर–१० का टोल विकास समितिका पदाधिकारीलाई लक्षित एक दिने सचेतना प्रशिक्षण सम्पन्न गरिएको हो । भद्रपुर–१० का वडा सदस्य दुर्गाप्रसाद दाहालको अध्यक्षता तथा नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा १२ वटा टोल विकास संस्थाका पदाधिकारीले भाग लिएका थिए । कार्यक्रमको सहजीकरण चेतना नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओली र प्रशिक्षक कल्पना भट्टराईले गरेका थिए । कार्यक्रममा नेपालमा लागू औषध प्रयोग कर्ताको वर्तमान अवस्था बारे बताउँदै प्रमुख प्रशिक्षक ओलीले…
भद्रपुर, १५ जेठ । झापाको भद्रपुर नगरपालिकामा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरेर ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको छ । भद्रपुर नगर कला साहित्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा नगरभरि रहेका माध्यमिक तहका विद्यार्थीलाई नट्य कलामा पारङ्गत बनाउने उद्देश्यले ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको हो । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षता तथा संरक्षक नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा नेपाल नाट्यकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिप्रसाद पौडेल, भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकर, प्राध्यापक होम सुवेदी, कवि तथा लेखक विरही अधिकारी, लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरे, कार्यपालिका सदस्य सीता गुरागाई, चन्द्रगढी वन उपभोक्ता समितिका…
झापा, १५ जेठ । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ । झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-६…
झापा, १५ जेठ । झापाको गौरीगञ्ज र मेचीनगरबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । गौरीगञ्ज गाउँपालिका–२ आपगाँछी बोर्डर क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आमा–छोरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । बिहीबार साँझ लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोली र बीओपी आँपगाछीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा भारतको किशनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत–४ की करिब ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरीको साथबाट ब्राउनसुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्लाष्टिकसहित २३ ग्राम २९० मिलिग्राम तथा प्लाष्टिक बाहेक २० ग्राम…
झापा, १५ जेठ । नेपाल सरकारले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई पूर्ण अधिकार दिएको छ । सरकारले ‘भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३’ जारी गर्दै अब जिल्ला तहमा गठन हुने ‘जिल्ला भूमि समस्या समाधान समिति’ को नेतृत्व सीडीओले गर्ने व्यवस्था गरेको हो । यससँगै विगतमा राजनीतिक भागबण्डाका आधारमा गरिँदै आएको नियुक्तिको अभ्यास अन्त्य भएको छ । संशोधित नियमको नियम ४१ क (६) अनुसार समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी रहनेछन् । समितिमा प्रमुख जिल्ला अधिकारीले तोकेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, मालपोत कार्यालय प्रमुख, डिभिजन वन कार्यालय प्रमुख…