
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ कार्तिक । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाललाई १ ग्राम १११ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
झापा, २२ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन…
झापा, २२ कात्तिक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन तीव्र गतिमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समय उत्साहजनक सहभागिता देखिएको छ। आयोगले यही कात्तिक ३० गतेसम्म मात्र मतदाता नामावली संकलन हुने स्पष्ट गर्दै सो मितिसम्म अठार वर्ष उमेर पूरा गर्ने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकलाई नाम दर्ता गराउन आग्रह गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने तय भएको छ। सो निर्वाचनमा फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा गरेका दर्ता भएका मतदाताले मात्र मतदान गर्न पाउनेछन्। अत्यधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा…
झापा, २२ कात्तिक । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरी प्रहरी जवान विजय खड्कालाई गम्भीर घाइते बनाइ फरार रहेका अभियुक्त नवराज राईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ का २६ वर्षीय राईलाई खोजतलासका क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले कार्तिक २० गते साँझ ६ बजे भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउपछि राईलाई कार्तिक २१ गते इप्रका अनारमनीमा ल्याई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार आन्दोलनको क्रममा भएको आक्रमणमा संलग्न…
झापा, २२ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
झापा, २१ कात्तिक । भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ साल कात्तिक २१ गते दिउँसो २ बजे बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–६ निवासी २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगरलाई पक्राउ गरेको हो।
बिर्तामोड, २१ कात्तिक । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८२ साल कात्तिक १९ गते साँझ ७:२५ बजे बिर्तामोड नगरपालिका–१ स्थित अञ्जलि अस्पताल नजिकै कन्यामबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले अर्जुनधारा नगरपालिका–४ निवासी ५५ वर्षीय कृष्णबहादुर मगरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि B&C अस्पताल लगिएको थियो। तर कात्तिक २१ गते दिउँसो ३:३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ। मोटरसाइकल चालक सुनसरी जिल्ला दुहबी…
झापा, २१ कात्तिक । झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २० गते झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका–५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैंचा–१० का २८ वर्षीय सुशान्त पोखरेल र पछाडि सवार सुन्दरहरैंचा–९ का ३८ वर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित विराटनगर–१६ बाट पक्राउ गरेको छ । त्यस्तै, झापाको भद्रपुर–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–४ का ३०…
निशान निरौलाझापा, २१ कात्तिक । एचकेआर इन्टरटेन्मेन्टमार्फत नयाँ गीत “मैले गाउने गीतहरुमा” आज सार्वजनिक गरिएको छ । गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको छ। गीतका शब्द मौसम परिवर्तन याकथुङ्बाले लेखेका हुन् भने संगीत दिपराजले भरेका छन् । भिडियोमा नवीन सुवेदी र दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन हिकस राईले गरेका छन् । भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक र श्रोताको मन जित्ने विश्वास लिइएको छ । यो गीत आजबाट एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
झापा, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन…