
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २० कात्तिक । सरकारले आज र भोलि (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आज र भोलि देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’…
झापा, २० कात्तिक । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीबाट लुटिएको तीन थान हतियारसहित शिवराज धमलालाई तारकेश्वरबाट पक्राउ गरेको छ । धमला कैलाली टिकापुरका हुन् र पठाओ चालकको रूपमा काम गर्दै आएका थिए । धमलाले पेस्तोल बिक्री गर्न खोज्दा ग्राहक बनेर पुगेको प्रहरी टोलीले उनलाई हतकडी लगाएर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको कोठामा गरिएको खानतलासीमा थप दुई थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । धमलासँग थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए ।
झापा, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य घटेको छ भने कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो । त्यसैगरि…
झापा, २० कात्तिक । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, १९ कात्तिक । धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–२ स्थित विभिन्न एरिया इलाकाको ५ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा हुर्केका ९ हजार ५ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुको करिव…
झापा, १९ कात्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु एक हजार एक सय र चाँदी तोलामा रु २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रु दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
झापा, १९ कात्तिक । झापाको छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १८ गते झापाको भद्रपुर नगपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का राजु माझीलाई ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी बुट्टाबारीले बिर्तामोड नगरपालिका–६ का संजय गिरी र सोम बहादुर राईलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणममा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुन्धान भइरहेको छ ।
झापा, १९ कात्तिक । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्ने विषयमा छलफल सुरु गरेको छ। शिक्षा मन्त्री महावीर पुनको निर्देशनपछि केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ संशोधन गरी अवधारणा पत्र तयार गरेको हो। महानिर्देशक युवराज पौडेलका अनुसार विषय समावेश गर्दा विद्यालयको समय अवधि, क्रेडिट आवर, शिक्षक दरबन्दी र पूर्वाधार व्यवस्थापनबारे विज्ञहरूसँग छलफल भइरहेको छ। कम्प्युटर विषय थपिएमा विद्यालयको दैनिक समय करिब ६ घण्टा ४५ मिनेट पुग्नेछ। देशभरका ७ हजार १ सय माध्यामिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्न ७ हजार १ सय स्थायी शिक्षक आवश्यक पर्ने अनुमान गरिएको छ। शिक्षक दरबन्दी थप गर्न…
झापा, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज घटेको हो । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा थियो। त्यसैगरी, आज युरो १ को खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा छ। हिजो युरो १…
झापा, १९ कात्तिक । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाइँकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको…