jhapaonline add

सन्तोष शर्माझापा, २० जेठ । झापाको कमल गाउँपालिका–३ मा गए राति करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ । कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । हात्तीले बिजुलीको पोलमा धकेल्दा मागिको तार सर्ट भएर हात्तीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर सुड र एक वटा दारा जलेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो । कानूनी प्रक्रियाका लागि घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली खटिएको सूचना अधिकारी खड्काले बताउनुभयो । यता, योसँगै झापा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म तीन वटा हात्तीको…

Read More

कनकाई, २० जेठ । झापाको कनकाई नगरपालिकाले यहाँका कृषक कृषि औजार वितरण गरेको छ । नगरपालिकाले सिञ्चाइ मोटर र मकै छोड्याउने मेसिन वितरण गरेको हो । नगर अन्तरगत वडामार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा सिंचाईका लागि मोटर र मकै छोड्याउने मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख समिता सोतीले जानकारी दिनुभयो । सोमबार आयोजित एक कार्यक्रमका बीच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि उपकरणहरु वितरण गर्नुभएको हो । मागका आधारमा सिञ्चाइ मोटर ७६ वटा र मकै छोड्याउने मेसिन ७२ वटा वितरण गरिएको जनाइएको छ । कृषी सामाग्री वितरण कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, कनकाई–३ का…

Read More

झापा, २० जेठ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एक विकेटको रोमाञ्चक जित हात पारेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४९.५ ओभरमा ७ विकेट क्षतिमा २९६ रन बनाएको थियो । निर्धारित ५० ओभरको खेलमा ४९ ओभर सकिँदासम्म नेपालले ८ विकेट गुमाएर २९० रन बनाएको थियो । ६ बलमा ७ रन ल्याउँदा बाँकी रहँदा अन्तिम ५० औं ओभरको पहिलो बलमै मार्क वाटले जर्ज मुन्सीको हातबाट सन्दीपलाई क्याचआउट गरे । त्यसपछि अन्तिम विकेट रिजन ढकाल क्रिजमा आए । स्ट्राइक उनकै थियो । वाटले वाइड बल फ्याँके। दोस्रो बलमा रिजनले रन लिनै सकेनन्। तर तेस्रो बल उनले खेर…

Read More

झापा, २० जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि…

Read More

झापा, १९ जेठ । ‘रुखहरूको जीवित सङ्ग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जङ्गलका दुर्लभ वनस्पति र जीवहरू लोप हुने खतरामा पुगेका छन् । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जङ्गलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व सङ्कटमा छन् । यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो । नेपालमा ६०० भन्दा बढी प्रजातिका रुखहरू पाइन्छन् । जसमध्ये १५५ वटा अर्थात एक चौथाइ प्रजातिका रुखहरू जलथलमा रहेको फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता डा।लिलानाथ शर्माले बताए । धेरै प्रजातिको रुख पाइएकाले यस जङ्गललाई “रुखहरूको राजधानी” पनि भनिन्छ । समुन्द्र सतहबाट ७०…

Read More

झापा, १९ जेठ । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण चैते धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताउनुभयो । पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै कृषक शिवकुमारी मैनालीले एकै रातमा सबै धान सर्लक्कै सुकेर भुससरह भएको बताउनु भयो । फसल भित्र्याउने बेलामा रोगले धान सबै सुकेपछि ठूलो नोक्सानी भएको कृषक सुशीला काफ्लेले बताउनुभयो । नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि…

Read More

शिवसताक्षी, १९ जेठ । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे जानकारी दिन एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार शिवसताक्षी नगरपालिकाको आयोजनामा तथा भूमि समस्या समाधान आयोग झापा जिल्लाको समन्वयमा कार्यक्रम अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया, स्थानीय तह र जिल्ला आयोगको भूमिकाबारे जानकारी दिइएको थियो । भूमि आयोगका सदस्य लक्ष्मीप्रसाद आचार्यका अनुसार आयोगले झापाको बुद्धशान्ति, कनकाई, शिवसताक्षी र दमक नगरपालिकामा भूमिहिन नागरिकलाई धनीपूर्जा वितरणको काम अघि बढाएको छ । हाल बुद्धशान्ति र कनकाई नगरपालिकामा करिब ५ सय धनीपूर्जा वितरणको तयारी भइरहेको छ । कनकाईमा…

Read More

झापा, १९ जेठ । झापाको मेचीनगरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । तेह्रथुम ओयाक्जुङ गाउँपालिका–५ (नेलई) का २८ वर्षीय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति ९ बजे मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित नेपाल बैंक अगाडि भारती शंकास्पद तरिकाले हिँड्डुल गरिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट नेपाली नोट एक १ हजार दरको एक सय थान नोट फेला पारेको थियो । पक्राउ परेका भारतीलार्इ मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत खोटाचलन कसुरमा आज जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको…

Read More

भापा, १९ जेठ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ ।

Read More

सन्तोष शर्माझापा, १९ जेठ । झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम् समर्थन मूल्य पाएका छैनन् । सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू दुई हजार आठ सय ६९ पैसा तोकेको थियो । तर, झापाका कृषकले प्रतिक्विन्टल रू एक हजार सात ५० मा चैते धान बेचिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य…

Read More