
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, १० बैशाख । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडास्थित बालज्योति प्रतिष्ठान इङ्गलिस स्कूलले आज संस्थापक सदस्य सम्मान र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । स्कूलले आज ‘अभिभावक भेला, पुरस्कार तथा सम्मान, वार्षिक एवम् दीर्घकालीन योजना प्रस्तुत’ कार्यक्रममा उनीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको हो । स्कूलका व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण तायलको अध्यक्षता एवम् भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्कूलका संस्थापक शेयर सदस्य बद्रीप्रसाद उप्रेती, चुडामणि मैनाली, धनपति उप्रेती, विष्णुप्रसाद शिवाकोटी र रंगवीर राईलाई सम्मान गरेको हो । त्यस्तै, स्कूलले उत्कृष्ट अंक ल्याउने आठ जना विद्यार्थी पुरस्कृत समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामप्रसाद दाहाल,…
झापा, १० बैशाख । झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषध ब्राउनसुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम…
झापा, १० बैशाख । वैज्ञानिक प्रणाली अनुसार दुई साताभित्रै पुनः सार्वजनिक सवारी साधनको भाडा बढाउने गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ । गत चैत २५ गते सरकारले यात्रु वाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी मालवाहकमा २१.६८ प्रतिशत र तराई मालवाहकमा १५.७५ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । तर, त्यसपछि डिजेलको मूल्य दुई पटक वृद्धि भई प्रति लिटर १८२ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको छ। वैज्ञानिक कार्यविधिअनुसार इन्धनमा १५ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था छ । हाल डिजेलमा करिब ३० प्रतिशत मूल्य वृद्धि…
झापा, १० बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ । विगत केही दिनदेखि अधिकांश विदेशी मुद्राको विनिमयदर लगातार बढ्दै आएको छ । आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा थियो । यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा…
झापा, १० बैशाख । एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् । घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी ३० लाख रुपैयाँ बजेट दिएका छन् । मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय…
झापा, १० बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षार हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र…
झापा, ९ बैशाख । झापाको अर्जुनधाराबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बेलुका अर्जुनधारा नगरपालिका–११ बगानस्थित लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा लागुऔषध व्युरो काँकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा–११ का २५ को संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ प्लाष्टिक बाहेक २७ ग्राम८३० मिलिग्राम बरामद गरेको छ । उनीहरुसँगै बा ४० प ३९९४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
झापा, ९ बैशाख । झापाको मेचीनगरमा गएराति हात्तीले भन्सा भत्काएर धान खाएको छ । हात्तीले आज बिहानको राति करिब १ बजे मेचीनगर–२ थापाचोकमा सोही स्थानका जगन्नाथ वनको भान्सा घर भत्काएर धान खाएको हो । भान्सा पूर्ण रुपमा क्षति गरी भान्सा घर भित्र रहेको करिब ७ मन धान समेत खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भान्सा घर र धान समेत गरी करिब ३० हजार ५०० बराबरको क्षति भएको जनाइएको छ ।
झापा, ९ बैशाख । पूर्वी नवलपरासीमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। गैंडाकोट नगरपालिका–१० सिस्नेमा बा.२ झ ३८५४ नम्बरको सरकारी गाडी (टाटा सुमो)ले गएराति ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) को भएको खुलेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । सो…
झापा, ९ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर…