jhapaonline add

बैंकक, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलका अनुसार आगलागी भएको भवनबाट २७ जनाको शव निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आइतबार मध्यरातपछि आगलागी भएको खबर पाएलगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए। तर त्यतिन्जेलसम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको, मानिसहरू ज्यान जोगाउन भागिरहेको तथा भागदौडका क्रममा केही व्यक्ति लडेको र आगोले…

Read More

झापा, २९ असार । झापा प्रहरीले भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट भन्सार छली गरी लुकाइछिपाइ राखिएको ठूलो परिमाणको खरबुजाको बिउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ६ बजे भद्रपुर–३ ज्ञानेचोक निवासी भिमलाल सुवेदीको घरमा अवैध रूपमा भन्सार छली गरी सामान भण्डारण गरिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक बशुन्धरा खड्काको कमाण्डमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको ५५ सदस्यीय संयुक्त प्रहरी टोलीले छापा मारेको थियो । घरका दुई वटा कोठामा राखिएका बोराहरू जाँच गर्ने क्रममा ९४८ बोरा खरबुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी…

Read More

झापा, २९ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी,…

Read More

झापा, २८ असार । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट २ किलो ९५७ ग्राम गाँजा र ७ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतको अररिया जिल्ला, पलासीका मोहम्मद मुक्तर र नसाद आलमलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । संखुवासभामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित ७० वर्षीय रत्नबहादुर मगरको घरमा…

Read More

झापा, २८ असार । जुड बेलिङघमको दुई गोलको मद्दतमा इङल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न क्वार्टरफाइनलमा सुरुआती अग्रता भने नर्वेले लिएको थियो। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा इङल्यान्डले उत्कृष्ट पुनरागमन गर्‍यो। जुड बेलिङघमले दुई गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। यससँगै इङल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो। विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनल पुगेको नर्वेको यात्रा भने अन्तिम आठमै टुंगिएको छ । यसअघि सम्पन्न अर्को क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान…

Read More

झापा, २८ असार । अतिरिक्त समयमा दुई गोल गर्दै अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर। रोड्रिगेजमार्फत बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा भने…

Read More

झापा, २८ असार । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ । हिमाली तथा पहाडी…

Read More

भद्रपुर, २८ असार । झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर पुस्तकालयको पुनःसञ्चालनका लागि अभियान शुरु गरिएको छ । जीर्ण अवस्थामा रहेको पुस्तकालय भवन पुनःनिर्माण गर्नुका साथै युग अनुकूलको पुस्तकालय बनाउने योजनासहित अभियान शुरु गरिएको हो । प्रेस क्लब भद्रपुरको पहलमा शनिबार भद्रपुर–८ स्थित डे–ग्लोमा भएको भद्रपुर पुस्तकालयको जीर्णोद्वार, पुनरूत्थान तथा सुसञ्चालनका लागि सार्वजनिक विमर्शका सहभागीले २००७ सालमा स्थापित भद्रपुर पुस्तकालय नगरको ऐतिहासिक धेरोहर रहेको बताउँदै त्यसको संरक्षण गर्नुका साथै युग सुहाउँदो पुस्तकालय सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यका लागि सेवा निवृत्त सहप्राध्यापक चिन्तामणि दाहालको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको भेलाले बढीमा नौ…

Read More

झापा, २८ असार । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सुन्तला रङ दिँदै आज बाढीको उच्च जोखिम रहेको जनाएको छ । आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ । बाढी महाशाखाले सचेत गराउँदै भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा…

Read More

झापा, २७ असार । पोखराको पर्यटकीय क्षेत्र सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित स्थानीय जीवन श्रेष्ठको घरमा सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा कोठा भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। पक्राउ पर्नेमा भारतका भुपा मानपुर निवासी ३४ वर्षीय सत्यम सिंहसहित २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र, २४ वर्षीय सत्यम राजपूत तथा दार्चुलाका ३१ वर्षीय दिनेश सिंह…

Read More