jhapaonline add

खोटाङ, २४ बैशाख । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उनले भने,“हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको हो ।” गाउँपालिकाको कार्यालय खोटेहाङले वडा…

Read More

बिर्तामोड, २४ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने भएको हो । योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज शिलान्यास गर्नु भयो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटवन्धन गरिने भएको जनाईएको छ । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अहिले २ अर्बभन्दा बढिका योजनाहरु सञ्चालन भईरहेको बताउनु भयो । उहाँले बुट्टाबारी-प्याकुरेल चोक…

Read More

सरोज भट्टराईशिवसताक्षी, २४ बैशाख । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ । वडाले आर्थिक वर्ष २०८१÷ ०८२को बजेटबाट कृषि उत्पादन बढाउन १३ सय जनालाई मकैको वीउ वितरण गरेको छ । कृषकलाई चालु आ.व.को ३ लाख बराबरको मकैको वीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ। त्यस्तै शिवसताक्षी १० का कृषकलाई उत्पादन मुखी बनाउने कार्यक्रम अन्तर्गत वडाले ११ जना कृषकलाई सिचाईको लागि ३ इन्चको पानी तान्ने मोटर वितरण गरेको छ । कृषकको २५ प्रतिशत लागत सहभागितामा मोटर वितरण गरेको वडाध्यक्ष हर्क सिगुले बताए । वडाध्यक्ष सिगुका अनुसार वडाले अग्र्यानिक सब्जी खेतीतर्फ कृषकलाई आकर्षण…

Read More

शिवसताक्षी, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग सम्बन्धी एक दिवसीय अभिमूखीकरण गरिएको छ । बर्षात्को मौसम नजिँकदै गर्दा डेंगुको सक्रमण बढ्ने भएकाले नगरको स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय अभिमूखिकरण गरिएको हो । नगरका स्वास्थ्य कर्मी, वडाका जनप्रतिनिधी र सरोकारवाला निकायहरुलाई उपस्थित गराई डेंगुको प्रकोप, रोकथापन र डेंगु रोगबाट बच्चका लागि के कस्ता उपाय अपनाउनु पर्ने भन्ने विषयमा अभिमूखिकरण गराइएको नगरका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । अभिमूखिकरणमा नगर प्रमुख मेगाहाङ्ग थोप्राले डेंगु रोकथाम र न्यूनिकरणका लागि नगर सबै स्वास्थ्यकर्मी, रेडक्रस, स्काउटरका विद्यार्थी र सरोकार वाला निकायहरुलाई परिचालन गरिने बताए । उनले शिवसताक्षी नगरपालिका पहिलेको भन्दा रोगकको संक्रमण…

Read More

झापा, २४ बैशाख । झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो । झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको हो । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री एकराज कार्कीले…

Read More

बिर्तामोड, २४ बैशाख । झापा जिल्ला सहकारी संघको आठौं अधिवेशनबाट नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका छन् । आज बिर्तामोडमा आयोजित ‘सपथ ग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रमका बीच नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका हुन् । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । सोही कार्यक्रमका बीच निवर्तमान अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमकुमार कोइरालालाई संघको माइन्युट हस्तान्तरण गर्दै पदहस्तान्तरण गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित समितिले निवर्तमान समितिलाई सम्मान समेत गरेको छ । कार्यक्रममा…

Read More

बिर्तामोड, २४ बैशाख । किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण सामान पाइने व्यावसायिक प्रतिष्ठान सांकेन क्रिएसन झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । ‘किराती पहिचान, हाम्रो अभियान, मौलिक पहिरन, हाम्रो सान’ भन्ने नाराका साथ किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण भेषभूषा, गरगहना, बाजागाजा, खाद्यन्न लगायतका सम्पूर्ण सामग्री एकैथलोमा पाइने सांकेन क्रिएसन सञ्चालनमा आएको हो । बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले आज एक कार्यक्रमका बीच सांकेन क्रिएसनको उद्घाटन गर्नुभएको छ । प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले पहिचान झल्कने सामग्रीको पसल बिर्तामोडमा मात्र नभई जिल्लामै पहिलो हुन सक्ने बताउनुभयो । पसलले बजारमा छुट्टै पहिचान बनाएर फस्टाउने उहाँले विश्वास व्यक्त गर्नुभयो…

Read More

काठमाडौँ, २४ वैशाख । अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार स्वयम्भूबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो। अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो। काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ…

Read More

एजेन्सी, २४ वैशाख । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन् । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । घटनामा ३५ जना घाइते भएका छन् ।

Read More

विष्णुप्रसाद पोखरेलदमक, २४ वैशाख । झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३ कठ्ठा, लिलामाया गौतमको ३ कट्ठा, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको मकै खेती पूर्णरूपमा नष्ट गरेको हो । हात्तीको विषयमा जानकार स्थानीय शङ्कर लुइटेलका अनुसार समूह बनाएर हात्तीहरू मकै खान आउने गरेका छन् । हात्तीका लागि मकै राम्रो र मनपर्ने आहार भएको उहाँले जनाउनु भएको छ । पछिल्लो समयमा बाहुण्डागीमा…

Read More