
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ बैशाख । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिइ अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा अध्यक्ष लिङ्देनसहित सात जनालाई नियन्त्रणमा लिएका थियौँ । अहिले सबै जनालाई रिहा गरिएको छ ।”
झापा, ७ बैशाख । त्रिशूली नदीमा मोटरसाइकलसहित आज दुई जना खसेका छन् । बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित त्रिशुली नदीमा खसेका दुई जनामध्ये एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने अर्का व्यक्तिको खोजी गरिरहेको छ। घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको कमान्डमा गोताखोरसहितको सुरक्षाकर्मी परिचालन भएको थियो । खोजतलासको क्रममा बा प्र ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भएको हो । उद्धार गरिएकाको साथबाट मीनबहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ ।
दुर्गापुर, ७ बैशाख । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनले यही शैक्षिक सत्र २०८२ देखि ‘क्रियाकलापमा आधारित शिक्षण सिकाई’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । फाउण्डेशनले विद्यार्थीलाई व्यावहारिक र युगसापेक्ष शिक्षा दिने उद्देश्यले क्रियाकलापमा आधारित शिक्षण सिकाई सञ्चालनमा ल्याइएको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । विद्यार्थीलाई किताबी ज्ञान भन्दा पनि जीवन उपयोगी शिक्षा दिन जरुरी रहेकाले क्रियाकलापमा आधारित शिक्षण सिकाई पद्धति भित्र्याइएको बताउनुभयो । उक्त कार्यक्रमका लागि नवोदय इनोवेशन सेन्टर हेटौंडासँग सम्झौता गरिएको उहाँले बताउनुभयो । अधिकांश विद्यालयका ४० प्रतिशत भन्दा बढी विद्यार्थीलाई पढ्नै नआउने नवोदय इनोवेशन सेन्टर हेटौंडा प्रबन्धक नरेन्द्रकुमार नगरकोटी बताउनुहन्छ । “जबसम्म विद्यार्थीले राम्ररी किताब पढ्न…
संखुवासभा, ७ बैशाख । संखुवासभाको धर्मदेवी नगरपालिका ४ स्थितबाट अफिमसहित ३ जना र बिराटनगर १५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका ४ का रामबहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका ६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो । यसैगरी, मोरङको बिराटनगर १५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका २ का ३१ वर्षीय सरन डाँगीलाई…
सुनसरी, ७ बैशाख । सुनसरीको दुहबी नगरपालिका ४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । बैशाख ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी ४ मालहट्टी स्थितमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा १ सय १६ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न रहेका कार चालकको खोजतलास तथा अन्य अनुसन्धान कार्य भइरहेको छ ।
झापा, ७ बैशाख । मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४० प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । सोही दिन सुनसरीको इटहरी उप महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाइते भएका कारमा सवार इटहरी-१ का ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु…
वाशिंगटन, ७ बैशाख । अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । झापाली समाज–अमेरिकाको आयोजनामा अमेरिकाको वाशिंगटन डीसी.स्थित होटल डबल ट्री हिल्टनमा यही अप्रिल ११ र १२ तारिख सो सम्मेलन सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा यहाँस्थित नेपाली दुतावासका नियोग उपप्रमुख शरदराज ऐरनको प्रमुख आतिथ्यमा भएको द्विदिवसीय सम्मेलनमा विश्वभरिबाट १५० बढी झापालीहरूको उपस्थिति रहेको महासचिव नगेन्द्र पोखरेल ‘नवीन’ले जानकारी दिनुभयो । झापाली समाज–अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले स्वागत र महासचिव सीता पाण्डे एवम् सचिव तोया पौडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू सहित भव्यताका साथ सम्पन्न भएको थियो । झापा जिल्लाको परिचयात्मक भिडियो…
‘व्यंग्यनारान पाँडे’“हन के छ हओ पाँडेजी ? तपइँ लेटिनको टोइलेटमा पसेको बाटाबडै देखेसि म इँही टोइलेटको फरन्टैमा आ’र पिँढीमा थ्याच्च बसिरछु हए… म क्या त कम्रेट हरिराम पुरेत बाजे !… अन्त, के छ खबर–खाबर ? तपइँ त मसित भामट् गोस्सा भका छौ अरे भन्ने मलाई अस्तिका दिनदेखुन् नै कन्टेनेउली इन्फोरमिसन आइराख्या थ्यो । तपइँ मसित रिसा’र किन गोस्सा अथ्बा इँलिसको ‘ड्यान्जर याङरी’ भको भन्ने किल्लेर पस्टिकर्ण के–के छन्, लु त तिँहीँबड भा नि फटाफट बइन् देऊ त हउ ! म आज अलि बिज्जीमा छु, धेरै पर्खिने ट्याम छैन मेरो । मैले आज्जै, लेट नगरी माथि पाटीको क्यान्द्राँ अर्जेन्ली यो रिपोट…
झापा, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा,…
झापा, ७ बैशाख । बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ । हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो। भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, ‘बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन् ।’ भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले गत महिना संसदमा बताएअनुसार २०२४ मा बंगलादेशमा राजनीतिक उथलपुथल सुरु भएदेखि अल्पसंख्यकहरूमाथि उत्पीडनका २ हजार ४ सय घटनाहरू भएका छन् । यस वर्ष मात्र…