
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २३ जेठ । झापाको बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका कर्मचारीलाई सोही संस्थाका ऋण सदस्यले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई सदस्यले ज्यान मार्ने धम्की दिएपछि सहकारीले आपत्ति जनाएको छ । साविक बुधबारे–६ घर भई हाल बिर्तामोड नगरपालिका–१ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको भन्दै शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख ऋण लगेको र…
सन्तोष शर्माझापा, २३ जेठ । झापाको सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित निर्माण कार्य अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन) को निर्माण कार्य शुरु हुने भएको छ । करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य शुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालय मार्फत रू तीन करोड बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । “निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयबाट बजेट प्राप्त भएको छ”, रासससँग नगरप्रमुख पोखरेलले भन्नुभयो, “भवन निर्माणमा रकम अभाव नहोस् भनेर बजेट आएको हो ।” बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम शुरु…
झापा, २३ जेठ । अन्तराष्ट्रिय झापाली समाजले पाँचौ अधिवेशनको आगामी असोज २३ र २४ गते हुने भएको छ । समाजको कार्यसमितिको पूर्ण बैठकले यही असोज २३ र २४ गते (अक्टोवर ९ र १० तारिख) का दिन झापाको बिर्तामोडमा अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो । अधिवेशन अन्तरगत असोज २३ गते बन्द सत्र हुनेछ भने २४ गते अधिवेशन हुनेछ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समितिहरु पनि गठन गरेको समाजका महासचिव नवीन पोखरेलले बताउनुभयो । अधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उहाँले बताउनुभयो । २०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्यहरु…
मोरङ, २३ जेठ । मोरङको केराबारी गाँउपालिका–६ तामाङ टोलका २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तबिर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको छ । हिजो राती साँढे १० बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले गणेश श्रेष्ठको घर कोठा भित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक फेला परेसँगै सोही कोठामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
झापा, २३ जेठ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । बिहीबार भद्रपुर–५ मेचीपुलस्थित जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड–२ का २९ वर्षीय संजय चौधरीलाई पक्राउ गरेको हो । चौधरीसहित तीन युवालाई सोधपुछ गर्नका लागि रोक्न खोज्दा बिर्तामोड–२ का करिब ४० को लोकराज राजवंशी र करिब २८ वर्षीय गणेश राजवंशी भारततर्फ भागेर फरार भएका छन् । प्रहरीले संजय चौधरीलेको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित ३ ग्राम २२० र प्लाष्टिक बाहेक ३ ग्राम ०४ मिलिग्राम फेला परेको छ ।…
झापा, २३ जेठ । आजदेखि देशभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा हुँदैछ। विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोली (जेठ २३ र २४ गते) वीरेन्द्र सभागृहमा सम्मेलन हुँदैछ । संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पहिलोपटक विराटनगरमा हुन लागेको हो । दुई दिने सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवाद तथा मुद्धाहरुलाई थप प्रभावकारी बनाउन अन्तरपालिका अनुभव आदान प्रदान गर्ने, वार्षिक योजना तर्जुमा र योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षको भूमिका बारेमा थप स्पष्टता ल्याउने लगायतका उद्देश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । सम्मेलनमा महानगरपालिका, उप…
झापा, २३ जेठ । बिहीबार उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जना गोताखोरको खोजी तीव्र पारिएको छ । उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउदको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद उद्धार तालिम शिक्षालय कुरिन्टार चितवनबाट पाँच जना गोताखोर खटिएका छन् । उनीहरुको खोजी तथा उद्धारका लागि कुरिन्टारबाट अनुभवी प्रशिक्षक तथा डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु गएराति पौने ११ बजे कुरिनटारबाट गएका हुन् । सशस्त्र प्रहरी…
झापा, २३ जेठ । अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोबाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले बिहीबार एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने घोषणा गरेकी हुन्। टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो । यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्।…
शिवसताक्षी, २३ जेठ । झापाको शिवसताक्षी नगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक लगाइएको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । “शिक्षण संस्था आसपास सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने प्रावधान भए पनि बिक्री वितरण भइरहेको व्यापक गुनासो आइरहेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको स्वास्थ्य र आनीबानीमा नकारात्मक असर परिरहेकाले तुरुन्त सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन निर्देशन दिएका छौं ।” शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथलय र सार्वजनिक स्थलहरुको सय मिटर…
झापा, २३ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली…