
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ साउन । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव देखिएको छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध भएपछि यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्नेमा हालसम्म करिब दुई हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ। त्यसैगरी, करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ। “धानबालीको मुख्य समयमा आवश्यक परिमाणमा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न पाएका छैनन्। यसले…
झापा, ४ साउन । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै १६ वर्षपछि दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई विश्व च्याम्पियन बनायो। दोस्रो पहेँलो कार्डपछि एन्जो फर्नान्डेज बाहिरिएसँगै अर्जेन्टिना १० खेलाडीमा सीमित हुँदा स्पेनले त्यसको पूरा फाइदा उठायो। अर्जेन्टिना हार्नुका प्रमुख कारणहरू:मेस्सीमा अत्यधिक निर्भरता: स्पेनले लियोनेल मेस्सीलाई प्रभावहीन बनायो। अर्जेन्टिनाले वैकल्पिक आक्रमणको योजना देखाउन सकेन।रक्षात्मक रणनीति: अर्जेन्टिनाले आक्रमणभन्दा रक्षा प्राथमिकतामा राख्दा स्पेनले खेल नियन्त्रण गरिरह्यो।स्पेनको मिडफिल्ड वर्चस्व: रोड्री, पेड्रीलगायत खेलाडीले बल कब्जा र खेलको गति नियन्त्रण गर्दै अर्जेन्टिनालाई दबाबमा राखे।रातो कार्डको प्रभाव: एन्जो फर्नान्डेजको निष्कासनपछि अर्जेन्टिना अतिरिक्त समयमा कमजोर…
झापा, ४ साउन । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २७० वटा मुद्दा फछ्र्योट भएका छन् भने १०३ वटा मुद्दा अझै अनुसन्धानकै क्रममा छन्। यी घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना फरार रहेका छन्। फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले ले जानकारी दिनुभयो। उहाँका अनुसार प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई…
झापा, ४ साउन । काठमाडौँ। फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे ले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रोपटक गोल्डेन बुट जितेका छन्। यससँगै एम्बाप्पे विश्वकप इतिहासमा लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका छन्। उनले विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेका छन्। उनले ८ गोल गरेका अर्जेन्टिनाका लियोनेल मेस्सी लाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा पारे। यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इङ्ग्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गर्दै आफ्नो कुल गोल संख्या…
झापा, ४ साउन । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो। अमेरिकाको न्युयोर्क महानगर क्षेत्रस्थित न्युजर्सीको स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका फेर्रान टोरेज ले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई १–० को ऐतिहासिक जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन विश्वविजेता बन्न सफल भयो। अर्जेन्टिनाले खेलको निर्धारित समयमा एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा…
झापा, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको…
बिर्तामोड, ३ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा शिवाकोटीले पार्टीको केन्द्रीय समितिले १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा महिलालाई प्राथमिकतामा राखेर अवसर दिने ऐतिहासिक निर्णय गरेको बताउनुभएको छ।नेपाल महिला संघ झापाको आयोजनामा आज बिर्तामोडमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले जनप्रतिनिधि तथा पार्टीका विभिन्न जिम्मेवारीमा पुग्न महिलाले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने र आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो।उहाँले पार्टीमा निरन्तर संघर्ष, सक्रियता र जनतासँगको सम्बन्धका आधारमा मात्रै अवसर प्राप्त हुने उल्लेख गर्दै नेतृत्वको चाकडीभन्दा क्रियाशील सदस्य र जनताको मन जित्ने कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो। पार्टीको नीति नै जनताको विश्वास जित्नेलाई नेतृत्वमा पुर्याउने भएकाले जनमुखी…
भद्रपुर, ३ साउन । जिल्ला प्रशासन कार्यालय झापाले लगातार भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कोशी प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। झापा पनि उच्च जोखिममा रहेकाले बाढी, डुबान र पहिरोजस्ता मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो। प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा भारी वर्षाका बेला सवारीसाधन सञ्चालन वा यात्रा गर्नुपरे सुरक्षा निकायसँग समन्वय गरेर मात्रै आवागमन…
झापा, ३ साउन । झापाको शिवसताक्षी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्षमा अग्निप्रसाद दुलाल सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोधकुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्रकुमार शाह तथा कोषाध्यक्षमा खनिमाया श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, खुला सदस्यमा मनबहादुर श्रेष्ठ, युवराज थापा, अशोक बस्नेत, लीलाबहादुर जोशी, प्रेमध्वज जबेगु र धनकुमार ढकाल तथा महिला सदस्यमा सीता बास्कोटा र सरस्वता श्रेष्ठ निर्विरोध चयन भएका छन्। निर्वाचन समितिका संयोजक सुमन काफ्लेले विधान र स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा…
विराटनगर, ३ साउन । मोरङको कानेपोखरी गाउँपालिकास्थित सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्। प्रहरीका अनुसार साउन १ गते राति करिब ११ बजे कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले चेकजाँचका क्रममा को ३४ प ५७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंकाको आधारमा रोकेको थियो। सोधपुछ र खानतलासीका क्रममा चोरीका सामग्री फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले उक्त सामग्री सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको…