
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, ३ जेठ । झापा उद्योग वाणिज्य संघले ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना गरेको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार बसेको पदाधिकारी–सदस्यहरुको बैठकले सो कोष स्थापना गरेको हो । संघमा आबद्ध उद्योगी–व्यवसायीहरुको क्षमता विकास एवम् विभिन्न सामाजिक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए । आज बैठकमा सहभागी कार्यसमिति सदस्य अरुणकुमार मित्रुका (महाबीर)–ले आफ्नो जन्मदिनको अवसर पारेर कोषका लागि रु. २५ हजार रुपैयाँ सहयोग गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको सुरुआत गरेका छन् । उनले संघले अत्यन्त उपयोगी कार्यक्रम सुरु गरेको भन्दै आफूले कोषका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका…
झापा, ३ जेठ । झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्करबाट कमल–१ का ७० वर्षीय शंखरप्रसाद ढुङ्गानाको मृत्यु भएको हो । घाइते उनलाई निम्स अस्पताल दमकमा ल्याएर सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गराएको थियो । उपचारकै क्रममा राति ११ः४५ बजे ढुङ्गनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कमल–१ का ३५ वर्षीय लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।
झापा, ३ जेठ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको…
झापा, १२ बैशाख । झापाको बिर्तामोड नगरपालिका–३ भाटभटेनीस्थित पूर्वपश्चिम राजमार्गमा बसले अटोलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो करिब ४ बजे बिर्तामोड–३ भाटभटेनी छेउमा विराटनगरदेखि बनियानीतर्फ आउँदै गरेको मे १ ख २६२६ नं.को यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्र.१–०१–००२ ह.५१९८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट अटोमा सवार सात जना घाइते भएका हुन् । घाइते हुनेमा अटो चालक बनियानीका ३८ वर्षीय अस्मुदिन अन्सारीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अटोमा सवार बिर्तामोड–५…
भद्रपुर, १२ बैशाख । कोशी प्रदेशस्तरीय बहुभाषिक सांस्कृतिक महोत्सव झापाको सदरमुकाम भद्रपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका ११ जिल्लाका सर्जक भेला भएको सम्मेलनमा बहुभाषाका स्रष्टाद्वारा कविता वाचन, तृत्य तथा गीत संगीत प्रस्तुत गर्दै महोत्सव सम्पन्न भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय र परम्परागत संगीत विभाग एवम् बहुभाषिक साहित्य संगीत कला केन्द्रको संयुक्त आयोजनामा सम्पन्न महोत्सवको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए । बहुभाषिक साहित्य संगीत कला केन्द्रको अध्यक्ष एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षचामा सम्पन्न कार्यक्रममा गायन, संगीत र गीत रचनामा विशिष्ठ योगदान गर्ने ८१ वर्षीय अग्रज स्रष्टा…
मेचीनगर, १२ बैशाख । साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति सन्देश आज धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय पुस्तकालयको ३१औं स्थापना दिवसको सन्दर्भ पारेर यहाँ आयोजित विशेष कार्यक्रमका बीचमा उक्त निवन्ध संग्रहको लोकार्पण गरिएको हो । त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष एवम् स्थापना दिवस कार्यक्रमका अध्यक्ष प्रेमप्रकाश फलाहारी, प्रमुख अतिथि शिक्षासेवी जयनारायण ढुंगाना, शिक्षासेवी हरिचरण बानियाँ, अञ्जना ढुंगाना तथा पुस्तकका लेखक नरेन्द्रप्रकाश सिटौलाले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । लोकार्पित पुस्तकमाथि साहित्यकार गोसा झापालीले संक्षिप्तमा टिप्पणी गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै झापालीले एउटा शीर्षक र अर्को शीर्षकमा कुनै कुरा नदोहोरिने गरी लेखकले फरक फरक ४२ वटा सन्देश दिनुभएको…
भद्रपुर, १२ बैशाख । झापाको भद्रपुरमा यही बैशाख १८ गते हुन लागेको ‘टुर दि भद्रपुर–२०८३’ साइकल यात्राको तयारी पूरा भएको छ । पर्यटन प्रबद्र्धनसँगै भद्रपुर नगरको पहिचान देश–विदेशमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको करिब ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्राको तयारी पूरा भएको हो । बैशाख १२ गते भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित ‘तयारी पूरा बैठक तथा पत्रकार भेटघाट कार्यक्रममा’ भद्रपुर साइकल समाज झापाका अध्यक्ष जीवनकुमार श्रेष्ठले टुर दि भद्रपुर–२०८३ साइकल यात्राको तयारी पूरा भएको जानकारी दिनुभयो । साइकल यात्रामार्फत् झापाका तीन वटा पालिका भद्रपुर, कचनकवल र हल्दिबारीका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरु प्रबर्धन र पहिचान देश–विदेशमा पु¥याउने…
इलाम, १२ बैशाख । इलामको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँबाट एसएलआरको राउण्डसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सो स्थानमा शंकास्पद तरिकाले बसिरहेको सूचनाका आधारमा प्रहरी चौकी बन्दुके इलामबाट खटिएको टोलीले इलाम नगरपालिका–५ बिब्ल्याटेका १८ वर्षीय विश्वास राईलाई चेकजाँच गर्दा उनको साथबाट विभिन्न सामग्री बरामद गरेको हो । प्रहरीले उनको साथबाट प्रहरीको निलो रुकस्याक झोला एक थान, एसएलआर राइफलको राउण्ड २५ थान, चार्चर ब्रिज ५ थान, बिन्दुलि १ थान, नगद १६ हजार ७२५,अलैँची टिप्न प्रयोग हुने घरेलु हतियार सिकल ४ थान, हँसिया १ थान, रेड्मि मोबाइल १ थान, भारतीय सिमकार्ड एक थान र ब्याट्री नभएको कालो मोबाइल १ थान बरामद…
झापा, १२ बैशाख । झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरिएको छ । वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–१० का राजुकुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाइली र बिर्तामोड–३का पारस प्रसाईंलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड–४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचीनगर–१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर–५ का कञ्चन राजवंशीलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । त्यस्तै, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका–३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउनसुगरसहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी–१ का सुदिप बिशुङ्खेलाई २१४…
झापा, १२ बैशाख । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली…