jhapaonline add

झापा, १ साउन । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रबार (२०८३ साउन १ गते) दिउँसो १२:३० बजे मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा चेकजाँचका क्रममा मेचीनगर–६ का ४५ वर्षीय अवित राईलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतको पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटी सफारीमा आउँदै गरेका राईमाथि शंका लागेपछि शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा पहेँलो प्लास्टिकको पोकाभित्र लुकाइराखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो । बरामद गरिएको पदार्थको तौल गर्दा प्लास्टिकसहित ४ ग्राम १२० मिलिग्राम र प्लास्टिकबाहेक…

Read More

झापा, १ साउन । पछिल्ला तीन महिनामा देशभर तीन हजार २९६ वटा विपद्का घटना हुँदा १६० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका विभिन्न विपद्का घटनामा दुई जना बेपत्ता, ९४५ जना घाइते तथा चार हजार ३७५ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी ८९७ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्। यस अवधिमा सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन्। त्यस्तै, ४७७ वटा हुरीका घटनामा १३ जनाको…

Read More

राजेन्द्र गौतम लाग्छ,निरो बाँसुरी बझाइरहकै छ । उसलाई न कसैको मतलब छ, न उ कसैको कुरा नै सुन्छ । उसलाई यति मात्रै थाहा छ, उ उसकै धुनमा छ । संसार बदलिएर कहाँ पुगिसक्यो, संसार बदल्ने सपना बोकेर राजनीतिमा आएको “निरो समूह” आफ्नो पद गुमेकोमा चिन्तित छ । किन्तुपरन्तु पद चाहियो, चाहियो । “गगनले हाइज्याक गरेर कांग्रेस कब्जा गर्‍यो । हामीलाई लात हानियो” यो कस्तो तर्क न जवाफ छ न औचित्य नै । हरेक तहमा रुपान्तरणको बेगले आँधीबेहरी ल्याइसक्यो । पुरानो कांग्रेस बडारिएर एउटा कुनामा हुत्तिएको छ । तर, कांग्रेसका पुराना अग्रजलाई सम्मान र पद चाहिएको छ । यो बालहठ किन…

Read More

झापा, १ साउन । झापाको कचनकवल गाउँपालिका–४ हरियाली झोडाबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायब निरीक्षक प्रकाशकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार राति ९ः४० बजे शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ संगीत चोकका ३२ वर्षीय विशाल गाईने र सोही स्थानका २३ वर्षीय सिद्धार्थ गाईने रहेका छन् । प्रहरीका अनुसार कालो प्लास्टिकमा लुकाई–छिपाई राखिएको दुई वटा सानो पोका बरामद गरिएको थियो । तौल गर्दा प्लास्टिकसहित ४०० मिलिग्राम र प्लास्टिक बाहेक १८० मिलिग्राम…

Read More

झापा, १ साउन । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही…

Read More

बिर्तामोड, ३२ असार । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ९काउन० झापाको आठौँ जिल्ला अधिवेशन बुधबार बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनले सिरतलाल राजवंशीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। निर्वाचन समिति संयोजक जयकुमार दाहालका अनुसार ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा राम राई, महिला उपाध्यक्षमा प्रमिला अधिकारी, सचिवमा सञ्जय शेख, सहसचिवमा सचिन धिमाल तथा कोषाध्यक्षमा मानिक राजवंशी सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा रामलाल राजवंशी, मोती चौधरी, विजय राजवंशी, राम राजवंशी र कार्तिकलाल राजवंशी चयन हुनुभएको छ। सिरतलाल राजवंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारीले…

Read More

कञ्चनपुर, ३२ असार । कञ्चनपुरमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ४२ वर्षीया पारु सुनारको आफ्नै श्रीमान् ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो। प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी पारु र रणबहादुर दुवैलाई बुधबार उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो। उपचारकै क्रममा पारुको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Read More

भैरहवा, ३२ असार । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलियाका ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको…

Read More

इलाम, ३२ असार । दुई वर्षअघि भीषण आगलागीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेको इलामको जस्बिरे चिया प्रशोधन उद्योग अहिले पुनः लयमा फर्किएको छ। उद्योगले उत्पादन क्षमता तीन गुणाले विस्तार गर्दै वार्षिक एक लाख केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्ने तयारी गरेको छ। इलाम नगरपालिका–४ जस्बिरेस्थित उद्योगका सञ्चालक गृष्म सुब्बाका अनुसार हाल उद्योगले स्थानीय १८५ घरपरिवारले उत्पादन गरेको हरियोपत्तीका साथै आफ्नै ६० रोपनी र भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने चियापत्ती प्रशोधन गर्दै आएको छ। उद्योगले उत्पादन गर्ने अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान, जर्मनी, फ्रान्स, चीन, नेदरल्याण्ड र डेनमार्कसम्म निर्यात हुँदै आएको छ। सञ्चालक सुब्बाका अनुसार यसअघि वार्षिक ३० हजार…

Read More

झापा, ३२ असार । जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याएका कप्तान लियोनल मेसी ‘गोल्डेन बुट’को दौडमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका छन्। गएराति इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा मेसीले दुई असिस्ट गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए। यससँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। अर्जेन्टिना सन् २०२२ को विश्वविजेता टोली पनि हो। मेसीले जारी विश्वकपमा हालसम्म ८ गोलसँगै ४ असिस्ट गरेका छन्। समान ८ गोल गरेका एम्बाप्पेको असिस्ट संख्या भने ३ मात्रै भएकाले ‘गोल्डेन बुट’को दौडमा मेसी अगाडि रहेका छन्। विश्वकप करियरमा मेसीले सर्वाधिक ३३ खेल खेल्दै २१ गोल र ११ असिस्ट गरेका छन्। यता २६ वर्षीय एम्बाप्पेले…

Read More