
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, १७ चैत । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको स्कुटी चेकजाँच गर्दा तीन जना व्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–५ नरसिङ बगानमा आज साँझ ६ बजे चेकजाँच गर्दा प्र.१–०१–०१२ प ४७१५ नम्बरका स्कुटी चालक मेचीनगर–१२ बस्ने ३९ वर्षीय सन्तोष लिम्बु, भद्रपुर–११ बस्ने २४ वर्षीय ओम नरायण मण्डल र अर्जुनधारा–११ बस्ने २६ वर्षीय पुजन कुमार खनाललाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने ५ ग्राम २७० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामग्री तथा स्कुटी सहित उनीहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
झापा, १७ चैत । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित वैशाबारीमा रहेको त्र्यम्बक महाकारी दुर्गा मन्दिरको ११ औं वार्षिक साधारणसभाबाट सामाजसेवी लक्ष्मण खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । मन्दिर परिसरमा सोमबार भएको साधारणसभासहितको अधिवेशनले खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा उमाकान्त ढुङ्गेल, सचिवमा प्रेम खड्का, सह–सचिवमा टंक दाहाल, कोषाध्यक्षमा ध्यानबहादुर भारती सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा राजु गिरी, होमनाथ साह, भूपाल मगर, अर्जुन बस्नेत, मिना भट्टराई, सरस्वती बोहोरा, शिला प्रसाई, र तोपलाल राजवंशी निर्वाचित भएका छन् । श्यामकुमार प्रधानको संयोजकत्वमा गठीत निर्वाचन मण्डलीको सदस्यमा कपिल अधिकारी र दीपा भट्टराई रहेका थिए । निवर्तमान…
अर्जुनधारा, १७ चैत । झापा अर्जुनधारा नगरपालिकामा स्थानीय पाठ्यक्रमका लागि सुझाव संकलन गरिएको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय पाठ्यक्रम ‘हाम्रो अर्जुनधारा’ बारे सरोकारवालासँग सुझाव संकलन गरिएको हो । नगरले कक्षा १–८ मध्ये ६–८ को पाठयक्रम र पाठयपुस्तक प्रकाशन गरी विद्यार्थी शिक्षकहरुको हातमा शैक्षिकसत्र २०८२ मा पुगिसकेको उक्त अवधिमा भएको समस्याप्रति सहजीकरण गर्दै कक्षा १–५ को पाठयक्रम तयारी भई सोही अनुसार अध्यापन गराइरहेकाले पाठयपुस्तक प्रकाशन गर्न अघि सरोकारवाला नीजि तथा सामुदायिक विद्यालयका शिक्षक र पाठ्यक्रम विज्ञबीच छलफल तथा सुझाव संकलन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख हरिबहादुर कवरले बताए । नगरभित्र रहेको शिक्षा, स्वास्थ्य,…
झापा, १७ चैत । ‘नयाँ यूगमा नयाँ प्रविधिबाट डकैती गरी मेरो सबै चल सम्पत्ति चोरियो’— आवाजमा आक्रोश र पीडाको गहिरो कम्पन मिसाउँदै झापाको भद्रपुर १० का बासिन्दा अधिवक्ता पवन कार्कीले भन्नुभयो, “चैत १२ गते अपरान्ह ४ः३५ बजेको समयमा ईसेवा मार्फत् मेरा सबै एकाउन्ट ह्याक गरियो र ७–८ वटा बैंक तथा वित्तीय संस्थामा रहेको रकम खल्ती एपमा डाइभर्ट गरियो।” डिजिटल प्रविधिको तीव्र विस्तारसँगै सहजता बढे पनि झापामा घटेको यो घटनाले प्रयोगकर्ताको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रविधिको माध्यमबाट प्रयोगकर्तामाथि ‘अदृश्य डकैती’ हुन थालेको यो घटनाले पुष्टी गरेको छ। अधिवक्ता कार्कीको एकाउन्ट निल गर्दै ह्याकरले भएभरको रकम लुटेपछि अहिले उहाँ बिलखबन्दमा…
शिवसताक्षी, १७ चैत । झापाको शिवसताक्षी नगरपालिकामा मेयर कप प्रतियोगिता २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। नगरप्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले दुधे रंगशालामा उद्घाटन गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो। उद्घाटन खेलमा वडा नं. ८ ले प्रभावशाली प्रदर्शन गर्दै वडा नं. ५ लाई ८–० गोल अन्तरले पराजित गरेको छ। खेलको सुरुदेखि नै दबाब सिर्जना गरेको वडा नं. ८ ले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप ५ गोल गर्दै सहज जित दर्ता गरेको आयोजक शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ। उक्त खेलमा वडा नं. ८ का जर्सी नम्बर १७ का सोहन थापा म्यान अफ द म्याच…
झापा, १७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको…
झापा, १७ चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र…
झापा, १६ चैत । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उत्कृष्टलाई सम्मानसँगै भावी योजनाहरु सार्वजनिक गर्दै आज संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको अध्यक्षता एवम् जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका कर्मचारी पदमबहादुर गुरुङ नगद १० हजार रुपैयाँसहित सम्मानित हुनुभएको छ भने संस्थाको जेष्ठ सदस्यका रुपमा डिल्लीराम बस्नेत र चन्द्रमाया बिक नगदसहित सम्मानित हुनुभएको छ । हाल संस्थामा तीन वटा ओभरहेड ट्याङ्की, १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लाण्ट र ११ हजार…
झापा, १६ चैत । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव गर्दै एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज, केही गाभ्ने तथा केही प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको उक्त मार्गचित्रले दोहोरो काम गर्ने, निष्क्रिय वा कम प्रभावकारी निकायहरूलाई पुनः संरचना गरेर शासन प्रणालीलाई चुस्त, प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक रहेको उल्लेख गरेको छ । मार्गचित्रमा समान प्रकृतिका कार्य गर्ने संस्थाहरूलाई एकीकृत गर्दै स्रोत, साधन र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने उल्लेख छ । यसअन्तर्गत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन…
झापा, १६ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका अनलाइन सट्टेबाजी एप ९बेटिङ एप० तथा वेबसाइट बन्द गराएको छ। मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र सबै सट्टेबाजी एप र वेबसाइट बन्द गर्न निर्देशन दिएपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा पहिचान भएका सबै एप तथा साइट बन्द गरेको हो। सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा तत्कालै कारबाही गर्न निर्देशन दिएपछि प्रक्रिया सुरु भएको थियो। यसअघि चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७४ र विज्ञापन ९नियमन गर्ने० ऐन,…