jhapaonline add

कचनकवल, २२ असार । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गरेको छ। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले वर्षभरिका गतिविधि र उपलब्धिबारे कार्यपत्र प्रस्तुत गरिन्। कार्यपत्र अनुसार पालिकाले अपाङ्गता रोकथामका लागि नवविवाहित दम्पतीलाई शुभकामना कार्ड वितरण, स्वास्थ्यकर्मी तालिम, नवजात शिशुमा स्क्रिनिङ, जन्मदोष पहिचान, फोलिक एसिड वितरण, र विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ। पुनर्स्थापनातर्फ अपाङ्गता भएका व्यक्तिहरूको प्रोफाइल तयार पार्ने, सहायक सामग्री वितरण, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि, सीपमूलक तालिमजस्ता कार्यक्रममार्फत सामाजिक–आर्थिक सशक्तिकरणमा योगदान पुगेको बताइएको छ। कोशी प्रदेश सरकार, कचनकवल गाउँपालिका…

Read More

अर्जुनधारा, २२ असार । झापाको अर्जुनधारा नगरपालिकाले अपाङ्गता भएका परिवारको जीविकोपार्जनका लागि ओभरकल मेसिन (सिलाई सम्बन्धी मेसिन) प्रदान गरेको छ । नगरपालिका परिसरमा आज एक संक्षिप्त कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाकी टिका तामाङ मिश्रको परिवारलाई ओभरलक मेसिन प्रदान गरिएको हो । नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, उपप्रमुख खड्ग माया पराजुली, अर्जुनधारा ६ का वडाध्यक्ष हरिश बास्तोला लगायतले मेसिन हस्तान्तरण गर्नुभयो । मेसिन हस्तान्तरण गर्नुहुँदै प्रमुख गोम्देनले प्राप्त मेसिनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । सरकारले मेसिन दियो भनेर थन्क्याएर राख्ने काम नगरी प्रयोग गरेर परिवारको जीविकोपार्जनमा योगदान पुर्‍याउन उहाँले जोड दिनुभयो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका तथा…

Read More

बुद्धशान्ति, २२ असार । झापाको बुद्धशान्ति वडा नं. १ लाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा आएको पोष्टप्रति वडा कार्यालले गम्भीर आपत्ति जनाएको छ । गत असार १९ गते झापाको बुद्धशान्ति गाउँपालिकाबाट सञ्चालित बुद्धशान्ति साप्ताहिक नामक फेसबुक पेजबाट ‘बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को कार्यालयले कीर्ते सर्जिमिनको कागजातमा हस्ताक्षर गरी प्रमाणित गरको, वडाध्यक्ष वाग्ले र सदस्य कँडेलले यत्तिकै गरे होला र कीर्ते कागजमा हस्ताक्षर ?’ लगायतका फेसबुक पोष्टप्रति वडा कार्यालयले गम्भीर आपत्ति जनाएको हो । आज वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विशुद्ध वडाबासीको सेवामा समर्पित वडा कार्यालय र जनप्रतिनिधिप्रति तथ्यहीन आरोप लगाएर एक पक्षीय रुपमा बद्नाम गर्ने कोसिस गरिएको वडाध्यक्ष अनिल वाग्लेले…

Read More

बिर्तामोड, २२ असार । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुल (वीपीएसएस) ले कक्षा-११ को अध्यापन सुरु गरेको छ। स्कुलले आज विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी यही शैक्षिक सत्र-२०८२ देखि व्यवस्थापन संकायमा कक्षा-११ को अध्यापन सुरु गरेको जनाएको हो । ‘सीपमूलक शिक्षा रोजगारीको आधार’ भन्ने नारालाई आत्मसात गर्दै स्कुलले अहिलेका जल्दाबल्दा विषयहरु होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, ट्राभल एन्ड टुरिजम जस्ता विषयहरु समेटेर व्यवस्थापन संकायमा अध्यापन सुरु गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल ताराप्रसाद नेपालले जानकारी दिनुभयो । अर्जुनधारा-६ (वडा कार्यालय छेउ) छाता चोकमा रहेको स्कुलले विगत १०-११ वर्षदेखि एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको उहाँले बताउनुभयो । अभिभावक…

Read More

बिगतका ४ वर्षमा नेपालमा डेंगी संक्रमण अत्याधिक भएको र यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने बताइएको छ । देशका सबै जिल्लामा डेंगी संक्रमण फैलिएकोले वर्षायामको समयमा डेंगी भाइरसबाट बच्न सबै नागरिकलाई सचेत र सजग हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । डेंगी भाइरसबाट लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको सहायताबाट सर्ने रोग हो । त्यसैले लामखुट्टेको वृद्धि तथा विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगी रोकथाम र नियन्त्रण गर्न गाह्रो हुन्छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्ने गर्नुपर्छ । डेंगीका लक्षणहरु – डेंगी…

Read More

काठमाडौं, २२ असार । आगामी शनिबार ‘नेसनल म्युजिक अवार्ड’ आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने अवार्डमा १४ प्रमुखसहित दीर्घ साधना सम्मान लगायतका विधा संलग्न छन् । सो अवसरमा हुने कन्सर्टमा गायक कुमा सागरदेखि दुर्गेश थापासहित १० कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा समारोह हुन लागेको हो । कुमा र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले सांगीतिक प्रस्तुति दिनेछन् । कमेडियन सुन्दर खनाल र सुजिता श्रेष्ठको पनि प्रस्तुति तय छ । कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले उक्त अवार्डले आफ्नो स्तर बढाउँदै…

Read More

टेक्सास, २२ असार। अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्खया ४३ पुगेको छ । यसमा १५ बालबालिका पनि समावेश छन्। सयौँ उद्धारकर्मीहरू बेपत्ता भएकाहरूको खोजीमा खटिएका छन्। केयर काउन्टीका सेरिफ ल्यारी लेइथाले ‘सबै जना नभेटिएसम्म खोजी कार्य जारी रहने’ प्रतिज्ञा गरेका छन्। दोस्रो रात पनि खोजी कार्य जारी रहँदा, काउन्टी अधिकारीहरूले नदी किनारमा रहेको एक युवा शिविरबाट २७ बालबालिका अझै बेपत्ता रहेको बताएका छन्। केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म करिब ८५० जनाको उद्धार गरिएको छ। मध्य टेक्सासका लागि सप्ताहन्तभरि बाढीको चेतावनी जारी गरिएको छ। शनिबार दिउँसो आयोजित पत्रकार…

Read More

विराटनगर, २२ असार । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले २० ग्राम ३७ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित काठमाडौँको काठमाडौँ महानगरपालिका–३ का २१ बर्षीय अनमोल भण्डारी र २० बर्षीय प्रज्वल बस्नेतलाई पक्राउ गरेको छ । असार २१ गते साँझ विराटनगर महानगरपालिका–१६ स्थितबाट उक्त परिणामको खैरो हिरोइनसहित पक्राउ गरीएका दुबैजनाको इलाका प्रहरी रानी मोरङबाट थप अनुसन्धान भई रहेको छ ।

Read More

विराटनगर, २२ असार । सुनसरीको इटहरी उप–महानगरपालिका–१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका–३ मेची खोलाको दोभानमा १ जना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । असार २१ गते मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी–१६ का रमेश खत्रीको ९ बर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्दी परियारको ११ बर्षीय छोरा हेम बहादुर परियार दहमा डुबेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुबै बालकको उद्दार गरी उपचारको लागि सान्बी सिटी अस्पताल इटहरी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । यसैगरी भद्रपुर–२ का अर्जुन लिम्बुको १३ बर्षीय छोरा अर्पण लिम्बु मेची खोलाको दोभानमा…

Read More

झापा, २२ असार । झापा र उदयपुरको छुट्टा छुट्टै स्थानहरुमा असार २१ गते सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१० स्थित भित्री सडक खण्डमा प्र.१ .०१.००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मेचीनगर–११ का ३२ बर्षीय राज कररिया र मेचिनगर–१२ स्थित मेचि हाईवेमा प्र.१.०१.००२ ह। ५५७१ नम्बरको अटो र मे. ८ प. ८०३ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक अर्जुनधारा–११ का ३४ बर्षीय भिम बहादुर सार्कीको उपचारको क्रममा B&C अस्पतालमा मृत्यु भएको हो । अटो चालक बुद्वशान्ति–१ का ४० बर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले…

Read More