jhapaonline add

शिवसताक्षी, ७ जेठ । झापाको शिवसताक्षीमा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बिहीबार सम्पन्न दुवै खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका छन्। दुधे रंगशालामा भएको पहिलो खेलमा दमक लखनपुर भेट्रानले मेची भेट्रानलाई ४–३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ। गोल वर्षा भएको खेलमा दमकले पहिलो हाफमै खेलमा स्पष्ट दबाब बनाएको थियो भने दोस्रो हाफमा मेचीले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। दमक लखनपुरका सुभाष लिम्बू खेलका नायक बने। उनले खेलको २, २१ र २६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। दमकका लागि अर्को गोल तुला मगरले १७ औं मिनेटमा थपेका थिए। मेची…

Read More

झापा, ७ जेठ । कोशी प्रदेशको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२–८३ मा ३.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरले बुधबार आयोजना गरेको ‘प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया’ कार्यक्रममा यस्तो जानकारी दिइएको हो। कार्यक्रममा प्रस्तुत विवरणअनुसार प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.१ प्रतिशत र आधारभूत मूल्यमा २.९ प्रतिशत रहने अनुमान गरिएको छ । राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराई ले पहिलो छदेखि आठ महिनासम्मको तथ्याङ्कका आधारमा अनुमान तयार गरिएको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको अर्थतन्त्रको आकार करिब १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कोशी प्रदेशका…

Read More

झापा, ७ जेठ । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् । केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको…

Read More

झापा, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा…

Read More

झापा, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो । आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी…

Read More

शिवसताक्षी, ६ जेठ । झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बुधबार भएको खेलमा बिर्तामोड भेट्रानले पथरी शनिश्चरे भेट्रानलाई ट्राइब्रेकरमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बिर्तामोड भेट्रान भाग्यमानी सावित भयो । ट्राइब्रेकरमा बिर्तामोडका गोलकिपर मीन बस्नेत नायक बने । उनले विपक्षी टोलीका दुई महत्वपूर्ण प्रहार बचाउँदै टोलीलाई जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका बस्नेत खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । यता दोस्रो खेल दुधे भेट्रान रातो र कनकाई…

Read More

भद्रपुर, ६ जेठ । झापाको भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो करिब २ः२० बजे प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र गौरीगञ्ज गाउँपालिका–२ का ३५ वर्षीय असन राईले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाइ ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा ६ ग्राम १४० मिलिग्राम तथा प्लास्टिक बाहेक ६ ग्राम ०७० मिलिग्राम रहेको बताइएको छ…

Read More

झापा, ६ जेठ । झापाको कचनकवल गाउँपालिका–५ डागाँबारीमा आगलागी हुँदा दुईवटा घर तथा भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय मैरदिन मियाँको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट टिनको छाना र प्लास्टिकले बनाइएको भान्सा घर पूर्ण रूपमा जलेको छ । भान्सा घरमा रहेको अन्नपात, भाडाकुँडा, दाउरा लगायतका सामग्री जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो फैलिँदा मैरदिन मियाँका दाजु मैनुदिन मियाँको मूल घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त घरभित्र रहेको अन्नपात, चामल, लत्ताकपडा, नगद, जिन्सी सामान, सुनचाँदी, भाडाकुँडा तथा काठसमेत…

Read More

झापा, ६ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।

Read More

झापा, ६ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईँको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो । आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”

Read More