jhapaonline add

झापा, १७ असार । पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई साउनी सरकारले आममाफी दिएको छ । नेपाल सरकारले नेपालीलाई आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आभार व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबिच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात् प्रदान गरिएको हो। उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

Read More

झापा, १७ असार । सिरहामा पत्रकार दिलीप सहनीलाई दुर्व्यवहार र गोविन्द यादवमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। यही असार १३ गते पत्रकार सहनीलाई इलाका प्रहरी कार्यालय गोलबजारमा प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएको थियो भने कर्जनहा नगरपालिका—७ का वडा अध्यक्षका छोराको आक्रमणबाट पत्रकार यादव घाइते भएको महासंघको सिरहा शाखाले जनाएको छ। पेशागत धर्म निर्वाह गर्दा पत्रकारमाथि भएको यी घटना अत्यन्तै निन्दनीय र प्रेसविरोधी भएका महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।

Read More

झापा, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ । नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य…

Read More

झापा, १७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको…

Read More

झापा, १६ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा सहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय…

Read More

झापा, १६ असार । धान उत्पादनमा अग्रणी जिल्ला झापामा यस वर्ष असार १५ गतेसम्ममा ७ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टका अनुसार मनसुन सुरु भएयता असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भएकोमा असार १५ सम्ममा ७ प्रतिशत रोपाइँ भएको हो । जिल्लामा असार २० देखि साउन १५ सम्ममा ७५ प्रतिशत रोपाइँ भइसक्छ । एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेको छ । गत वर्ष ७२ हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको…

Read More

झापा, १६ असार । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

झापा, १६ असार । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा मनसुनी गतिविधि तीव्र भई मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, अकस्मात् बाढी आउन सक्ने खोला तथा खहरेको बाटो प्रयोग नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन आग्रह गरिएको छ। झापाका प्रमुख नदी कनकाई, बिरिङ, रतुवा,…

Read More

झापा, १६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । आज र भोलि मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । बङ्गालको खाडीमा…

Read More

सन्तोष शर्माझापा, १६ असार । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ । कृषकले उचित मूल्य नपाउँदा जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो । झापामा चालू आर्थिक वर्ष २०८२÷०८३ मा १६ हजार सात सय ५८ हेक्टर क्षेत्रफलमा ८९ हजार छ सय ५५.३ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जुन परिमाण गत वर्षको तुलनमा सात हजार चार सय ७८.७ मेट्रिकटन कम हो । आर्थिक वर्ष २०८१÷०८२ मा १९ हजार नौ सय ५० हेक्टरमा एक लाख छ हजार एक सय ३४ मेट्रिक…

Read More