jhapaonline add

झापा, ३ असार । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। प्रहरी निरीक्षक न्यौपानेले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको नेतृत्व सम्हाल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध तथा मादक पदार्थ सेवन जाँचलाई प्रभावकारी बनाउनुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउन विशेष पहल गरेका थिए। त्यसैगरी, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन…

Read More

झापा, ३ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

शिवसताक्षी, २ असार । झापाको शिवसताक्षी नगरपालिकाले माइधार बजार क्षेत्रमा छड्के बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ। नगरपालिकाका अनुसार खाद्य सामग्री बिक्री–वितरण गर्ने पसल तथा दुग्ध डेरी गरी १० वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकारी किराना पसलबाट केही म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको थियो । बरामद गरिएका सामग्रीमा फ्रुटी, लेज, खुल्ला पापड, मिट मसला, खाने ट्याङ्क लगायतका उपभोग्य वस्तु रहेका थिए। ती सामग्रीलाई अनुगमन टोलीले तत्काल डिस्पोज गरेको नगरपालिकाले जनाएको छ। त्यसैगरी सन्तोषी होटल, विन्दाबासिनी देवी किराना, श्रेष्ठ किराना पसल, शिव सप्लायर्स, नवीन कोल्ड सेन्टर, सिटौला ट्रेडर्स, मुना किराना तथा लक्ष्मी…

Read More

बिर्तामोड, २ असार । झापाको बिर्तामोडमा पत्रकारितामा प्रविधिको प्रयोग बिषयक तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । प्रविधिले मारेको फड्कोसँगसँगै पत्रकारितामा आफुलाई हिँड्न सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पुष्प खड्काले जानकारी दिए । कृतिम बुद्धिमताले पत्रकारितामा समेत धेरै सहज बनाउँदै लगेको र सो बारे स्थानीय पत्रकारहरुलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पत्रकारले खोजमुलक र तथ्यपरक समाचार लेखनमा जोड दिनुपर्ने बताए । नराम्रा टिकाटिप्पणी र भ्युज बढाउने भन्दा पनि…

Read More

झापा, २ असार । देशभरका १३८ भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा कुल रु ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ राजस्व सङ्कलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उक्त राजस्वमध्ये रजिष्ट्रेसन दस्तुरबाट रु २ अर्ब ७८ करोड, पुँजीगत लाभकरबाट रु २ अर्ब १२ करोड र सेवा करबाट रु २८ करोड ६६ लाख सङ्कलन भएको छ । उपत्यकाका कार्यालयहरूमध्ये डिल्लीबजारले रु ३४ करोड, चाबहिलले रु ३१ करोड ४२ लाख र टोखाले रु १० करोड ९९ लाख राजस्व उठाएका छन् । जेठ महिनाको यो राजस्व अघिल्ला महिनाहरूको तुलनामा केही घटेको देखिन्छ । गत वैशाखमा रु ६…

Read More

बिर्तामोड, २ असार । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा एक राजवंशी समुदायकी महिलामाथि भएको अमानवीय व्यवहार र सार्वजनिक अपमानजनक घटनाप्रति मानव अधिकार सञ्जाल झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका अध्यक्ष डा. रुपकप्रसाद खनाल र सचिव दिपक दासद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा उक्त घटनामा महिलामाथि कालो मोसो दल्ने, सार्वजनिक रूपमा अपमानित गर्ने तथा भीडको बीचमा दुर्व्यवहार गरिएको उल्लेख गर्दै यसले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको जनाइएको छ । संविधानको धारा १६ मा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २२ अन्तर्गत यातनाविरुद्धको हक तथा धारा ३८ मा सुनिश्चित महिलाको अधिकारमाथि गम्भीर आघात पुगेको…

Read More

झापा, २ असार । भारतले नेपाली चियाको आयातमा नयाँ प्रावधान लागू गर्दै निर्यात प्रक्रियामा अवरोध सिर्जना गरेपछि पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन्। यसको प्रत्यक्ष असरस्वरूप इलामका ५३ वटा चिया उद्योग बन्द भइसकेका छन् भने झापाका ३० वटा उद्योग पनि बुधबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन्। भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार चिया बोकेको प्रत्येक गाडीको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने तथा नतिजा प्राप्त नभएसम्म चिया बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने…

Read More

झापा, २ असार । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तरत लागू औषध मुक्त समाज निर्माण गर्ने उद्धेश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा मनोपरामर्स/ जनचेतना प्रदान गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले लागूऔषधमा संलग्न २२ जनालाई १८ ग्राम १५० मिलिग्राम बाउन सुगर, ५०२ चक्की प्रतिवन्धित औषधी, मोटरसाईकल १ थान, स्कुटर १ थान, सिटि सफारी १ थान सहित पक्राउ गरेको छ । चेकजाँचको क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले विर्तामोड-६ का देबेन्द्र बि.क.लाई १ ग्राम ४२० मिलिग्राम, झापा दमक ३ का बिकास भुजेल, भद्रपुर ७ की सरिता…

Read More

झापा, २ असार । दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयपछि अमेरिकी वायुसेना बी–५२ बमवर्षक विमान दुर्घटना भएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ११स्२० बजे विमान नियमित परीक्षण अभियानमा रहेका बेला दुर्घटना भएको हो । दुर्घटनापछि आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडेको थियो, जुन माइल टाढाबाट पनि देखिन्थ्यो । कर्नेल जेम्स हेयसले पत्रकारहरूसँग भनेका छन्, ‘आज एडवर्ड्स एयर फोर्स बेसले एउटा भयानक त्रासदी देखेको छ र हामीले आठ महान् अमेरिकी गुमायौँ ।’ उनका अनुसार मृतकहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी र सरकारी ठेकेदार छन् । यसअघि एयर बेसले प्रारम्भिक संकेतले…

Read More

झापा, २ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा सस्तिएका थिए भने अस्ट्रेलियन डलर, कुवेती दिनारहित कतिपय मुद्राको मूल्य भने बढेको थियो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा थियो। गएको जेठ ७ गते…

Read More