jhapaonline add

झापा, १३ साउन । राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षमा बिशन लिम्बू चयन भएका छन्। मंगलबार बिर्तामोडमा सम्पन्न संघको पाँचौं विस्तारित बैठकले लिम्बूको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। निर्माण तथा कपडा व्यवसायमा संलग्न लिम्बू सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन्। उनी हाल नगर खेलकुद विकास समिति बिर्तामोडका सचिव तथा झापा गोल्डकपका कार्यसमिति सदस्यका रूपमा कार्यरत छन्। नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा उमेश मिश्र, सचिवमा सुलभ भण्डारी तथा सहसचिवमा सङ्गीता खतिवडा र एसके लिम्बू चयन भएका छन्। कोषाध्यक्ष पद भने पछि चयन गरिने जनाइएको छ। कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेको प्रमुख…

Read More

झापा, १४ साउन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बनेको छ। बुधबार युट्रेच्टमा सम्पन्न आफ्नो अन्तिम खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डसँग ५७ रनले पराजित भएको हो। नेदरल्यान्डले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो। नेपालको ब्याटिङ फेरि एकपटक अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली लगातार चौथो हार बेहोर्न बाध्य भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानले ठूलो इनिङ्स खेल्न नसक्दा नेपाल लक्ष्यभन्दा धेरै पछाडि रह्यो। नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट…

Read More

झापा, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको…

Read More

बिर्तामोड, १३ साउन । बिर्तामोड नगरपालिकाले ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई सचेतनामूलक पोस्टर वितरण गर्दै विद्यालय केन्द्रित अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पोस्टर हस्तान्तरण गर्नुभयो। त्यसपछि ती पोस्टर विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले लागुऔषधमुक्त समाज निर्माणका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सामाजिक संघसंस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले जिल्लाका १५ वटै स्थानीय तहले यस्ता अभियानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीले…

Read More

भद्रपुर, १३ साउन । नेपाल जेसीजको ५३ औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी पूस ८ देखि १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुने भएको छ । भद्रपुर जेसीजको आतिथ्यमा हुन लागेको महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको आज भद्रपुरस्थित प्रेस क्लबको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको हो । आयोजकका अनुसार, देशभरका करिब २०० शाखाबाट प्रति शाखा सात प्रतिनिधि र पाँच पर्यवेक्षकका दरले गरी करिब ३ हजार २०० जनाको सहभागिता रहने छ । तीमध्ये करिब १ हजार ९ सय जनाका लागि आवास सहितको व्यवस्था गरिएको छ । पूर्वराष्ट्रिय अध्यक्ष, पूर्वशाखा अध्यक्ष तथा वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरू…

Read More

झापा, १३ साउन । झापा, सुनसरी, तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार साउन १२ गते झापाको झापा गाउँपालिका–३ बाट प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको संयुक्त टोलीले भारतको किशनगञ्ज निवासी एमडी फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र BR 37AB 5859 नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। त्यसैगरी, सुनसरीको धरान–१५ बाट इलाका प्रहरी कार्यालय धरानले स्थानीय बासु बुढाथोकी र धरान–१० का युकेश मगरलाई इमाडोल र डिकोलिक गरी ४ हजार ६१५ पिस लागूऔषधसहित नियन्त्रणमा लिएको छ। तेह्रथुममा प्रहरी चौकी जिरीखिम्तीको…

Read More

कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमध्ये दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्।प्रहरीले…

Read More

झापा, १३ साउन । झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान भद्रपुर नगरपालिका–४ स्थित एग्रो कार्यालय नजिक मायालु वन क्षेत्रमा करेन्ट लागेर स्थानीय ६५ वर्षीया सन ज्योति लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बुले आफ्नै बारीमा हाती धपाउनका लागि लगाएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर उनी ढलेकी थिइन् । उनलाई लडिरहेको अवस्थामा उनकी बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे प्रहरी चौकी महेशपुरलाई जानकारी गराएकी थिइन् । सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा लिम्बुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले…

Read More

झापा, १३ साउन । झापाको भद्रपुरमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजे भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्कँदै गरेकी भद्रपुर–९ निवासी खड्कालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा बिहान ११:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय…

Read More

मेचीनगर, १३ साउन । झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बामा फ्रिजको तार सर्ट हुँदा आगलागी भई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ३ः५० बजे स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडाबर्तन, चामल, एउटा मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन । स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो बिहान ४ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप…

Read More